सर्वोच्चमा आज टीकापुर घटनाको पेसी, छुट्लान् रेशम चौधरी?

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको पेसी आज तोकिएको छ। उक्त मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको हो। यसअघि ८ पटकसम्म साधारण तारिख र ६ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुने जनाइएको छ। Continue reading “सर्वोच्चमा आज टीकापुर घटनाको पेसी, छुट्लान् रेशम चौधरी?”

थारू साहित्य सम्मेलन : विकासमा बरघरको खोजी

बाँकेको राप्ती सोनारी गाउँपालिकामा जारी थारू राष्ट्रिय साहित्य सम्मेलनमा विकासमा बरघरको भूमिका खोजी गरिएको छ। सहरदेखि टाढा राप्ती सोनारीको फत्तेपुर गाउँमा शुक्रबारदेखि सुरु भएको साहित्य सम्मेलनमा आज विकासमा बरघरको भूमिकामा छलफल गरिएको हो। Continue reading “थारू साहित्य सम्मेलन : विकासमा बरघरको खोजी”

सांसद अरुण चौधरी पक्राउ प्रकरण : जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी

लखन चौधरी

प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले गरेको फैसला बदरको मागसहित उच्च अदालत दिपायलमा पुनरावेदन दिइने भएको छ।कारागार चलान गरिएका सांसद चौधरी विरुद्ध जिल्ला अदालतले गरेको मुद्दा नै त्रुटिपूर्ण रहेको दाबीसहित उच्च अदालत दिपायलमा मुद्दा पुनरावेदनको तयारी गरिएको हो। Continue reading “सांसद अरुण चौधरी पक्राउ प्रकरण : जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी”

सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि नागरिक उन्मुक्तिले भन्यो- सुदूरपश्चिममा विश्वासको मत दिने वातावरण छैन

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ। सत्ता गठबन्धनमा निर्णायक शक्तिको रूपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो। Continue reading “सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि नागरिक उन्मुक्तिले भन्यो- सुदूरपश्चिममा विश्वासको मत दिने वातावरण छैन”

पूर्वन्यायाधीश गिरिशचन्द्र लालको खुलासा : टीकापुर घटना अर्कै समूहले घटाए, बालकको मृत्यु प्रहरीको गोलीबाट

पूर्वन्यायाधीश गिरिशचन्द्र लालले टीकापुर घटना अर्कै समूहको प्रवेशबाट भएको खुलासा गरेका छन्। कान्तिपुर टिभीसँग कुराकानी गर्दै लाल आयोगका संयोजकसमेत रहेका उनले अर्कै समूहले टीकापुर घटना घटाएको बताए। उनले आन्दोलनकारीबाट मारिएका दुई वर्षीय बालकको मृत्यु प्रहरीको गोलीबाट भएको बताए। Continue reading “पूर्वन्यायाधीश गिरिशचन्द्र लालको खुलासा : टीकापुर घटना अर्कै समूहले घटाए, बालकको मृत्यु प्रहरीको गोलीबाट”

टीकापुर घटनामा जेल परेका थारूहरूलाई जेलमुक्त गराएरै छाड्छु : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले टीकापुर घटनामा पक्राउ परी जेल सजाय भोगिरहेका थारूहरूलाई जेलमुक्त गराएरै छाड्ने बताएका छन्। उनले रेशम चौधरीसहित थारूहरूलाई रिहाइ गरिछाड्ने बताए। Continue reading “टीकापुर घटनामा जेल परेका थारूहरूलाई जेलमुक्त गराएरै छाड्छु : मन्त्री मोदी”

सुशील चौधरीलाई थाकस कोरियाद्वारा ६५ हजार सहयोग

थारू कल्याणकारिणी सभा दक्षिण कोरियाले ब्रेन ह्यम्रेज भई उपचाररत अधिकारकर्मी सुशील चौधरीलाई आर्थिक सहयोग गरेको छ। थाकस दक्षिण कोरियाले चौधरीलाई ६४ हजार ९८८ रुपैयाँ सहयोग गरेको छ। थारू राष्ट्रिय साहित्य सम्मेलनमा थाकस दक्षिण कोरियाको तर्फबाट नेपालमा रहेका राजु चौधरीले उक्त रकम शेखर दहितलाई हस्तान्तरण गरेका थिए। Continue reading “सुशील चौधरीलाई थाकस कोरियाद्वारा ६५ हजार सहयोग”

बाँकेमा सुरु भयो थारु राष्ट्रिय साहित्य सम्मेलन (फोटो फिचर)

बाँकेको राप्ती सोनारी गाउँपालिकामा थारु राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भाषा संस्कृतिको जगेर्ना गर्न साहित्य सम्मेलनले ठूलो भूमिका खेल्ने बताए। मन्त्री मोदीले सरकारले सबै जातजातिको भाषा र संस्कृति संरक्षणमा चासो दिएको उल्लेख गरे। Continue reading “बाँकेमा सुरु भयो थारु राष्ट्रिय साहित्य सम्मेलन (फोटो फिचर)”

राजकुमार लेखी बने कानुन न्याया तथा प्रदेश मामिला मन्त्री

एमाले नेता एवं मधेस प्रदेश सांसद राजकुमार लेखी मन्त्री बनेका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसमा लेखी कानुन न्याया तथा प्रदेश मामिला मन्त्री बनेका छन्। Continue reading “राजकुमार लेखी बने कानुन न्याया तथा प्रदेश मामिला मन्त्री”

सांसद अरुण चौधरी जेल चलान, रिहाइको माग गर्दै कैलालीमा राँके जुलुस प्रदर्शन

१३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली-२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन्। बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेस गरेको थियो। अदालतबाट कैदी पूर्जी बुझेर चौधरी कारागार चलान भएका छन्। Continue reading “सांसद अरुण चौधरी जेल चलान, रिहाइको माग गर्दै कैलालीमा राँके जुलुस प्रदर्शन”