प्रहरीले बिहीबार पक्राउ गरेको प्रतिनिधिसभा सदस्य अरुण चौधरीको मुद्दा १० वर्ष पहिले नै फिर्ता लिने सहमति भइसकेको थियो। २०६९ जेठ १० गते नेपाल सरकारको वार्ता टोली र तत्कालीन थरुहट संघर्ष समितिबीच शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिमा आन्दोलनमा क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो। Continue reading “१० वर्षअघि सरकारसँग यसरी भएको थियो थरुहट आन्दोलनको मुद्दा लिने सहमति (पत्रसहित)”
Author: Madan Kumar
सांसद अरुण चौधरीलाई धनगढी लगिँदै, अध्यक्ष रञ्जिता पनि साथमै
बाँकेबाट बिहीबार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदैछ। कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चौधरीलाई २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतबाट दोषी ठहर गर्दै दिएको सजाय भुक्तानका लागि पक्राउ गरिएको थियो। Continue reading “सांसद अरुण चौधरीलाई धनगढी लगिँदै, अध्यक्ष रञ्जिता पनि साथमै”
सांसद अरुण चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेटम
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन्।
थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएको छ।
‘उनी २०६६ देखि आजसम्म कहीँ कतै फरार नरहेको यो बीचमा उनी ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन्। त्योबीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो? आज नागरिक उन्मुक्ति पार्टीबाट संघमा विजयपश्चात् यो मुद्दा किन उठ्यो पूर्वाग्रही आँखाले किन हेरियो?,’ विज्ञप्तिमा भनिएको छ।
सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको ऐन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गरेको छ। ‘त्यसपछिका घटनाको परिणामको दोषी सरकार र सम्बन्धित निकाय हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।
राज्यले जबरजस्ती आन्दोलनमा धकेल्ने प्रयास नगरोस् भन्दै नागरिक उन्मुक्ति पार्टीलाई आन्दोलनका निम्ति तयार रहन नेता-कार्यकर्तालाई निर्देशन दिएको छ।
पहिचान आन्दोलनको मुद्दामा थारू सांसदलाई पक्राउ गरेको भन्दै विरोध (फैसलासहित)
थरुहट आन्दोलनको मुद्दामा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ परेका छन्। ट्याक्टर जलाइएको आरोपमा कैलाली जिल्ला अदालतले ६ महिना सजाय तोकेको थियो। उनीमाथि ८ लाख बढी पैसा बिगो तिराउने फैसलासमेत भएको थियो। Continue reading “पहिचान आन्दोलनको मुद्दामा थारू सांसदलाई पक्राउ गरेको भन्दै विरोध (फैसलासहित)”
नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी पक्राउ
प्रहरीले कैलाली-२ बाट निर्वाचित सांसद अरुण चौधरीलाई पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो। प्रहरीले चौधरीलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो। Continue reading “नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी पक्राउ”
मञ्जिता चौधरी र लक्ष्मी राना थारू साहित्य सम्मेलनमा सम्मानित हुँदै
राना थारू भाषाको लोक कथा ‘सोरठ’की लेखिका लक्ष्मी रानालाई ‘थारू साहित्य पुरस्कार २०७९’ बाट सम्मान गरिने भएको छ। थारू लेखक संघ नेपाल धनगढी कैलालीले रानालाई सम्मान गर्ने भएको हो । उनलाई यही माघ २० गते देखि २२ गतेसम्म राप्तीसोनारीको सिढन्वामा हुने ७औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा सम्मान गर्ने संघका सचिव अनिल कुश्मीले जानकारी दिए। Continue reading “मञ्जिता चौधरी र लक्ष्मी राना थारू साहित्य सम्मेलनमा सम्मानित हुँदै”
पत्रकार पूर्णकुमार चौधरीको निधन
नेपाल पत्रकार महासंघ धनकुटाका सह-सचिव पूर्णकुमार चौधरीको निधन भएको छ। उपचारको क्रममा गएराती करिव १ बजे धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो। Continue reading “पत्रकार पूर्णकुमार चौधरीको निधन”
मन्त्री अमनलाल मोदीसँग तीन देशका राजदूतको भेट : संघीय निजामति ऐनबारे चासो
संघीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएको संघीय निजामति ऐनबारे कुटनीतिक वृत्तबाट समेत चासो व्यक्त भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँगको शिष्टाचार भेटका क्रममा विभिन्न ३ देशका राजदूतहरुले संघीय निजामत ऐनबारे चासो व्यक्त गरेका हुन्। Continue reading “मन्त्री अमनलाल मोदीसँग तीन देशका राजदूतको भेट : संघीय निजामति ऐनबारे चासो”
संसदमा फेरि उठ्यो लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग
प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठ चौधरीले थारु राजबन्दीको बारेमा छानबिन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले अनाहकमा थुनेको आरोप लगाउँदै रेशम चौधरीलाई रिहा गर्न माग गर्नसमेत माग गरेकी छन्। Continue reading “संसदमा फेरि उठ्यो लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग”
राप्रपाका सांसदले राजा फर्काउँछौं भनेपछि मेटमणि चौधरीले दिए कडा प्रतिक्रिया
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रतिनिधिसभा बैठकमा देखिएको प्रस्तुतिले लोकतन्त्रिक व्यवस्थामाथि खतरा महसुस देखिएको बताएका छन्। तर, उनले राजतन्त्र र हिन्दू राज्य पुनःस्थापना नहुने जिकिर गरे। Continue reading “राप्रपाका सांसदले राजा फर्काउँछौं भनेपछि मेटमणि चौधरीले दिए कडा प्रतिक्रिया”