थारू कोटासम्बन्धी मुद्दाको बहस सकियो, सर्वोच्चले माघ २४ गते फैसला सुनाउने

थारू आरक्षणसम्बन्धी मुद्दाको बहस सकिएको छ। सर्वोच्च अदालतमा सोमबारदेखि सुरु भएको बहस आज सकिएको हो। सर्वोच्च अदालतले माघ २४ गते फैसला सुनाउने भएको छ। थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले बहस सकिएको भन्दै सर्वोच्च अदालतले माघ २४ गते फैसला सुनाउने जानकारी दिए। Continue reading “थारू कोटासम्बन्धी मुद्दाको बहस सकियो, सर्वोच्चले माघ २४ गते फैसला सुनाउने”

टीकापुर घटनाको सुनुवाई स्थगित भएपछि नागरिक उन्मुक्तिका नेताहरू सशंकित

टीकापुर घटनासम्बन्धी मुद्दाको पेसी स्थगित भएपछि नागरिक उन्मुक्ति पार्टीका नेताहरू सशंकित बनेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ महिनाभित्रै रेशम चौधरीलाई रिहाइ गर्ने वाचा गरेका थिए। Continue reading “टीकापुर घटनाको सुनुवाई स्थगित भएपछि नागरिक उन्मुक्तिका नेताहरू सशंकित”

जसपासँग पार्टी एकता गर्न रेशम चौधरीलाई प्रस्ताव

पार्टी एकताका विषयमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच छलफल भएको छ। वार्ता समितिको संयोजकसमेत रहेका श्रेष्ठले मंगलबार डिल्ली बजार जेलमै गएर रेशमसँग छलफल गरेका हुन्। Continue reading “जसपासँग पार्टी एकता गर्न रेशम चौधरीलाई प्रस्ताव”

टीकापुर घटनाको मुद्दाको सुनुवाइ स्थगित

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ। सर्वोच्चमा यसअघि ८ पटकसम्म साधारण तारिख र ५ पटक पेसी स्थगित भइसकेको थियो। Continue reading “टीकापुर घटनाको मुद्दाको सुनुवाइ स्थगित”

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा भागीराम थारूको मृत्यु

बर्दियाको बाँसगढी नगरपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भे ४ प ५१७६ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भई पल्टिंदा बाँकेको बैजनाथ गाउँपालिका-२ का ५६ वर्षीय भागिराम थारुको मृत्यु भएको हो। Continue reading “बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा भागीराम थारूको मृत्यु”

टीकापुर घटनाको सर्वोच्चमा आज पेसी, थारूहरूले पाउलान् ‘सर्प्राइज’

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको पेसी आजका लागि तोकिएको छ । सर्वोच्च अदालतमा पटक-पटक तोकिएको यसअघिका पेसी सारिएको थियो। सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालतले आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए। Continue reading “टीकापुर घटनाको सर्वोच्चमा आज पेसी, थारूहरूले पाउलान् ‘सर्प्राइज’”

बगरखेतीबाट जीविका चलाउँदै थारु समुदाय

कञ्चनपुरको लालझाडी गाउँपालिका-६ चान्देउका सुदराम चौधरीले दोदा नदीको बगरमा तरकारी खेती गर्न लागेको १४ वर्ष भयो। भारतको दिल्लीदेखि मुलुकका धेरै ठाउँमा ज्यालादारी गर्दै हिँडेका चौधरीले अहिले भने दोदा नदी बगरको कमाइले धनगढीमा घडेरी खरिद गरेका छन्। Continue reading “बगरखेतीबाट जीविका चलाउँदै थारु समुदाय”

राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम नामावली प्रकाशन, नागरिक उन्मुक्तिले फिर्ता लिएन उम्मेदवारी

लुम्बिनी प्रदेशमा माघ २५ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। Continue reading “राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम नामावली प्रकाशन, नागरिक उन्मुक्तिले फिर्ता लिएन उम्मेदवारी”

सर्वोच्चमा थारू आरक्षणसम्बन्धी ४० वटा मुद्दामा बहस हुँदै

थारू आरक्षणको माग गर्दै दायर भएका ४० वटा मुद्दाको बहस सर्वोच्च अदालतमा सुरु भएको छ। उक्त मुद्दाहरूको बहस सर्वोच्चका न्यायाधीशद्वय विश्म्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको बेन्चमा सुरु भएको हो। Continue reading “सर्वोच्चमा थारू आरक्षणसम्बन्धी ४० वटा मुद्दामा बहस हुँदै”

मंगलबार टीकापुर घटनाको पेसी तोकियो, रिहाइ होलान् रेशम चौधरी?

टीकापुर घटनासम्बन्धी मुद्दाको पेसी मंगलबार तोकिएको छ। सर्वोच्च अदालतले माघ १७ गतेका लागि पेसी तोकेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ महिनाभित्रै थारूहरूलाई उपहार दिने वाचा गरेका छन्। सोही कारण १७ गते रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरू छुट्ने कुरामा थारूहरू आशावादी रहेका छन्। Continue reading “मंगलबार टीकापुर घटनाको पेसी तोकियो, रिहाइ होलान् रेशम चौधरी?”