एमाले प्रवेश गरेको भन्दै प्रदेशमन्त्री चौधरी बर्खास्त

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदबाट बर्खास्त गरेका हुन्। एकीकृत समाजवादीबाट मन्त्री बनेका उनी एमाले प्रवेश गरेको थाहा पाएपछि मुख्यमन्त्री भट्टले Continue reading “एमाले प्रवेश गरेको भन्दै प्रदेशमन्त्री चौधरी बर्खास्त”

सुदूरपश्चिमका १७ प्रतिशत थारूमाथि विभेद्, समितिमा थारू सांसदको बहुमत हुँदा पनि घट्यो आरक्षण प्रतिशत

सुदूरपश्चिम प्रदेशसभाले ल्याएको ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’मा थारुहरुलाई विभेद् गरिएको छ। संविधानले नै दिएको समानुपातिक समावेशिताको अधिकारलाई कुल्चदै प्रदेश सरकारले थारु आरक्षणमा विभेद् गरेको हो। Continue reading “सुदूरपश्चिमका १७ प्रतिशत थारूमाथि विभेद्, समितिमा थारू सांसदको बहुमत हुँदा पनि घट्यो आरक्षण प्रतिशत”

बौद्ध टुसालमा सञ्चालनमा आउँदै बरघर रेस्टुरेन्ट

युवा नेता सीताराम चौधरीले बरघर रेस्टुरेन्टको नयाँ ब्रान्च बौद्धको टुसालमा सञ्चालनमा ल्याएका छन्। कीर्तिपुरको पाँगामा रहेको बरघर रेस्टुरेन्ट थारु खानाका पारखीहरुमाझ लोकप्रिय छ। Continue reading “बौद्ध टुसालमा सञ्चालनमा आउँदै बरघर रेस्टुरेन्ट”

रुपन्देहीमा थारू बौद्ध समाज गठन, राज चौधरी बने अध्यक्ष

थारु बौद्ध समाज केन्द्रीय समितिले मंगलबार रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. २, पडसरीमा अवस्थित थारु कल्याणकारिणी सभाको जिल्ला सभाहलमा सो भेला सम्पन्न भएको हो। Continue reading “रुपन्देहीमा थारू बौद्ध समाज गठन, राज चौधरी बने अध्यक्ष”

भानुराम थारुको पार्टीले लगायो कैलालीका उम्‍मेदवारको टुंगो

नेपाल लोकतान्त्रिक पार्टीले कैलालीका पाँच वटै क्षेत्रमा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको टुंगो लगाएको छ। रेशम चौधरीको क्षेत्रसमेत रहेको कैलाली १ मा प्रेम चौधरीको नाम टुंगो लगाएको छ। उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी घोषणा गरेकी छन्। Continue reading “भानुराम थारुको पार्टीले लगायो कैलालीका उम्‍मेदवारको टुंगो”

नागरिक उन्मुक्तिले प्रत्यक्ष र समानुपातिकतर्फ संघसहित सातै प्रदेशमा गरायो दल दर्ता

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन्। Continue reading “नागरिक उन्मुक्तिले प्रत्यक्ष र समानुपातिकतर्फ संघसहित सातै प्रदेशमा गरायो दल दर्ता”

सुदूरपश्चिम प्रदेशको निजामतीमा थारुलाई २० प्रतिशत आरक्षणको व्यवस्था

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ। सोमबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। Continue reading “सुदूरपश्चिम प्रदेशको निजामतीमा थारुलाई २० प्रतिशत आरक्षणको व्यवस्था”

महाभारतका भीम र थारु जातिको अट्‍वारी पर्व

छविलाल कोपिला
अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा पनि मानेको पाइन्छ । Continue reading “महाभारतका भीम र थारु जातिको अट्‍वारी पर्व”

रेशम चौधरीले जेलबाटै रोजे भरपर्दो सारथी

जेलबाटै पार्टी हाँकिरहेका रेशम चौधरीले भरपर्दो सारथीको रुपमा थारु अभियन्तासमेत रहेका सुरेन्द्र चौधरीलाई अघि सारेका छन‍्। नागरिक उन्मुक्त पार्टीले उनलाई केन्द्रीय राजनीतिक संयोजन गर्न संयोजकको जिम्मेवारी दिएको छ। Continue reading “रेशम चौधरीले जेलबाटै रोजे भरपर्दो सारथी”

भारतमा सन्थाल जातिले गरेको विद्रोहबाट थारुले सिक्नुपर्ने पाठ

सुरेन्द्र चौधरी

भारतमा हालै आदिवासी महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भइन्। आदिवासी महिला मुर्मू राष्ट्रपति निर्वाचित हुनुले थारुलाई ठूलो सन्देश दिएको छ। टीकापुर घटनाबारे बोल्न थारु नेताहरु डराउँछन्। खासमा टीकापुर विद्रोह इतिहासमा स्वर्णिम अक्षरले लेखिनुपर्छ। थारुहरुले उक्त विद्रोहलाई गौरव गर्नुपर्छ। Continue reading “भारतमा सन्थाल जातिले गरेको विद्रोहबाट थारुले सिक्नुपर्ने पाठ”