नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवर बन्ने मापदण्ड खुकुलो बनाएको छ। एकपटक जितिसकेका व्यक्ति फेरि पनि प्रत्यक्षतर्फको चुनाव लड्नसक्ने निर्णय एमाले बैठकले गरेको छ। Continue reading “शान्ता चौधरी र गंगा चौधरी समानुपातिकबाट सांसद बन्न नपाउने !”
Author: Madan Kumar
दाङ १ मा मेटमणि कि योगेन्द्र चौधरी?
चुनाव मिति घोषणा भएसँगै कुन क्षेत्रबाट कसले उम्मेदवारी दिने भन्ने विषय रोचक बन्दै गएको छ। सत्ता गठबन्धन दलले चुनावी गठबन्धन गर्ने तयारी गर्दै गर्दा कुन क्षेत्रबाट कसले उम्मेदवारी दिने भन्ने कुराको टुंगो लगाउन सकस भएको छ। Continue reading “दाङ १ मा मेटमणि कि योगेन्द्र चौधरी?”
दाङको लमहीमा नागरिक उन्मुक्तिको भेला, नेताहरुले के भने?
नागरिक उन्मुक्ति पार्टीका बरिष्ठ नेता सुरेन्द्र चौधरीले देउखुरीबाट चुनाव लड्ने घोषणा गरेका छन्। लमहीमा आयोजित भेलामा उनले देउखुरी क्षेत्रबाट उम्मेदवार भन्ने ठूला दलका नेताहरु थारुविरोधी भएको आरोप लगाए। Continue reading “दाङको लमहीमा नागरिक उन्मुक्तिको भेला, नेताहरुले के भने?”
आइतबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थारुलाई सार्वजनिक बिदा
लुम्बिनी प्रदेश र सुदूरपश्चि प्रदेशले थारु बाहुल्य जिल्लामा अट्वारी पर्वको विदा दिएका छन्। भदौ १२ गतेका दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अट्वारी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। Continue reading “आइतबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थारुलाई सार्वजनिक बिदा”
पद्मनारायण चौधरीसहित तीन जना थारु नेता समानुपातिकबाट सांसद बन्न नपाउने
नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई नदोहोर्याउने निर्णय गरेको छ। महामन्त्री गगन थापाले चार तहलाई गरेको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न निर्देशन दिएका हुन्। Continue reading “पद्मनारायण चौधरीसहित तीन जना थारु नेता समानुपातिकबाट सांसद बन्न नपाउने”
बर्दिया २ मा रेशम चौधरीको उम्मेदवारी घोषणा, किन रोजे बर्दिया २?
टीकापुर घटनामा जेलबन्दी जीवन बिताइरहेका रेशम चौधरीले बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका छन्। बर्दियामा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीको तर्फबाट उम्मदवारी घोषणा गरेकी हुन्। उनी रेशम पत्नीसमेत हुन्। Continue reading “बर्दिया २ मा रेशम चौधरीको उम्मेदवारी घोषणा, किन रोजे बर्दिया २?”
कैलाली १ मा रञ्जिताको परीक्षा सुरु, सासु-ससुरासँग आशिर्वाद लिँदै उम्मेदवारी घोषणा
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। टीकापुर विद्रोह दिवसको अवसरमा कैलालीको लम्कीमा आयोजित कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेकी हुन्। Continue reading “कैलाली १ मा रञ्जिताको परीक्षा सुरु, सासु-ससुरासँग आशिर्वाद लिँदै उम्मेदवारी घोषणा”
एमालेका थारु नेतालाई उम्मेदवार बन्न यस्ता छन् मापदण्ड
नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने चार वटा मापदण्ड बनाएको बताए।
उनका अनुसार पहिलो पार्टी, नीति र सिद्धान्तप्रतिको प्रतिबद्धता, दोस्रो कुनै पनि नेताले पार्टीले सञ्चालन गरेको आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा, तेस्रो लोकप्रियता र विजयको सुनिश्चितता तथा चौथो मापदण्ड संविधानअनुरुप सन्तुलन, समावेशीको सिद्धान्तलाई आधार मानेर पनि उम्मेदवार चयन गरिने छ।
भोलि बस्ने बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस हुने छ। त्यसमाथि समूहगतरूपमा छलफल भएर आवश्यक निर्णय लिने उनले बताए।
बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लीलाबहादुर थापा, रामदयाल मण्डल, निरु पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आआफ्ना सुझाव दिएका थिए।
गृहमन्त्रीसँगको भेटमा जब बेलायती राजदूतले थारु मुद्दाको सबाल उठाइन्…
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले बिहीबार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो। Continue reading “गृहमन्त्रीसँगको भेटमा जब बेलायती राजदूतले थारु मुद्दाको सबाल उठाइन्…”
भदौ ७ को कार्यक्रममा एक्यबद्धता जनाउन थारु नेताहरुलाई अध्यक्ष रञ्जिताको अपील
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुरमा भदौ ७ र ८ गते हुने कार्यक्रममा एक्यबद्धता जनाइदिन आग्रह गरेकी छन्। एकै ठाउँमा दुई वटा कार्यक्रम हुने भएपछि सामाजिक सञ्जालमा विरोध भइरहेको छ। रेशम चौधरीको नेतृत्व रहेको नागरिक उन्मुक्ति पार्टीले विज्ञप्ति जारी गर्दै भदौ ७ गते कार्यक्रम आयोजना गर्ने जनाएको थियो। Continue reading “भदौ ७ को कार्यक्रममा एक्यबद्धता जनाउन थारु नेताहरुलाई अध्यक्ष रञ्जिताको अपील”