नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खुशीराम चौधरी (भिमसेन) रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन्। शनिबार कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ सुखडमा आयोजित सो पार्टीको कार्यकर्ता भेटघाट, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन्। Continue reading “कैलालीमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नेको लहर, विभिन्न पार्टीका प्रदेश स्तरीय नेताले गरे प्रवेश”
Author: Madan Kumar
थरुहट थारुवान राष्ट्रिय मोर्चाले साउनभित्रै राष्ट्रिय सम्मेलन गर्ने
थरुहट थारुवान राष्ट्रिय मोर्चाले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। ललितपुरमा बसेको मोर्चाको बैठकले साउनभित्रै राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो। त्यसअघि मोर्चाले साउन १५ गतेभित्र केन्द्रीय कमिटीको बैठक बस्ने जनाएको छ। Continue reading “थरुहट थारुवान राष्ट्रिय मोर्चाले साउनभित्रै राष्ट्रिय सम्मेलन गर्ने”
रुपन्देहीको थारु बाहुल्य क्षेत्रमा सिकलसेलका बिरामी बढे
थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या रुपन्देहीमा बढ्दै गएको छ। जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो। Continue reading “रुपन्देहीको थारु बाहुल्य क्षेत्रमा सिकलसेलका बिरामी बढे”
थारु कोटासम्बन्धी मुद्दामा सर्वोच्चले भन्यो- चाँडै किनारा लाग्छ
सर्वोच्च अदालतका कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीले लोकसेवा आयोगको परीक्षासम्बन्धी मुद्दा चाँडै निष्कर्षमा पुग्ने बताएका छन्। Continue reading “थारु कोटासम्बन्धी मुद्दामा सर्वोच्चले भन्यो- चाँडै किनारा लाग्छ”
दुबईमा खेम नारायण महतोको दुःखद अवसान, पहिचान नखुल्दा सात महिना बाकसमै शव
नवलपरासी मध्यविन्दु-२ कोल्हुवाका खेम नारायण महतो भिजिट भिसामा युएई गएका थिए। सन् २०१७ मा उनले उनले अवैधरुपमा एक जना नेपालीको कम्पनीमा काम गर्न थाले। त्यहाँको आजाद भिसा लिएर बस्ने उनको मनसाय पनि थियो। Continue reading “दुबईमा खेम नारायण महतोको दुःखद अवसान, पहिचान नखुल्दा सात महिना बाकसमै शव”
घोराहीको सामुदायिक विद्यालयमा थारु भाषा पढाइ हुने
दाङको घोराही उपमहानगरपालिकाको सामुदायिक विद्यालयमा थारू भाषाको पढाइ हुने भएको छ। उपमहानगरपालिकाले पठनपाठनका लागि पाठ्यपुस्तक तयार गरिसकेको छ। Continue reading “घोराहीको सामुदायिक विद्यालयमा थारु भाषा पढाइ हुने”
अन्नु र नरेश जाेगीको थारु गीत करोड क्लबमा
अन्नु चौधरी र नरेश जोगीले गाएको थारु गीत ‘दिन गिन गिन’ करोड क्लबमा प्रवेश गरेको छ। योसँगै ‘मन लागेन’पछि करोड क्लबमा पुग्ने दोस्रो थारु गीत बनेको छ। यसअघि अन्नु चौधरी र आरके थारुको गीतले इतिहास रच्दै करोड क्लबमा पुग्न सफल भएको थियो। Continue reading “अन्नु र नरेश जाेगीको थारु गीत करोड क्लबमा”
सभापतिको निर्णयमा असहमति जनाउँदा कांग्रेस बाँकेका सहसचिव विनोद थारुलाई सोधियो स्पष्टीकरण
नेपाली कांग्रेस बाँकेको अनुशासन समितिले सहसचिव विनोद थारुलाई स्पष्टीकरण सोधेको छ। स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्।
स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउन आफूले कुनै कसर बाँकी नराखेको उनले बताएका छन्। ‘पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन म पार्टीकै निर्देशनअनुसार क्षेत्र नम्बर ३ मा निरन्तर खटेको थिएँ। आफ्ना उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी राखिन पनि। क्षेत्र ३ अन्तर्गत जानकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बैजनाथ गाउँपालिकामा पनि अध्यक्ष र उपाध्य दुबै पद जित्न सफल भयो। खजुरा गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेस उपाध्यक्ष पदमा विजयी भयो। दिनरात नभेर पुर्याएको योगदानको अवमूल्यन गर्दै मलाई पूर्वाग्रही ढंगले स्पष्टीकरण सोध्ने भनि गरेको निर्णप्रति दुःखी छु,’ उनले भनेका छन्।
उनले जिल्ला सभापति नारायणप्रसाद गौडेर्लले निर्वाचनको मुखमा विधान विपरित गरेका निर्णयप्रति असन्तुष्टि जनाएकै कारण आफूलाई स्पष्टीकरण सोधेको उल्लेख गरेका छन्। सभापतिको अवैधानिक निर्णयविरुद्ध केन्द्रीय समितिले छानबिन गरिरहेको भन्दै उनले आफूमाथि लगाइएको आरोपको सत्य तथ्य छानबिन गर्न आग्रह गरेका छन्।

थारु कोटा माग गरिएको थाकसको रिटमा पूर्ण सुनुवाई तोकियो, आउला त अन्तरिम आदेश?
थारु कल्याणकारिणी सभा (थाकस) द्वारा सरकारी विज्ञापनमा संविधानको व्यवस्थाअनुसार थारु आरक्षण कोटाको माग गर्दै सरकारलाई विपक्षी बनाएर दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आगामी साउन १८ गतेका लागि अर्को पूर्ण सुनुवाई तोकेको छ । Continue reading “थारु कोटा माग गरिएको थाकसको रिटमा पूर्ण सुनुवाई तोकियो, आउला त अन्तरिम आदेश?”
सञ्चारकर्मी एवं गायक संजय चौधरीलाई पितृशोक
थारू पत्रकार संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा चर्चित गायक संजय चौधरी पितृशोकमा परेका छन्। गायक चौधरीका पिता लक्ष्मीप्रसाद चौधरीको ६१ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो। Continue reading “सञ्चारकर्मी एवं गायक संजय चौधरीलाई पितृशोक”