नेपाल इन्जिनियर्स एशोसियसनको ३३औं कार्यकारिणी समितिको निर्वाचनमा सप्तरीका श्याम नारायण चौधरीले उम्मेदवारी दिएका छन्। एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट उनले केन्द्रीय कोषाध्यक्षको पदमा उम्मेदवारी दिएका हुन्। Continue reading “इन्जिनियर्स एशोसियसनको कोषाध्यक्षमा श्याम नारायण चौधरीको उम्मेदवारी”
Author: Madan Kumar
राष्ट्रिय रेफ्री विष्णु चौधरीको परिवार नै भलिबलमा, दुई छोरी राष्ट्रिय टिममा, छोरा प्रदेश टिममा
नेपालको वातावरण अनुसार जुनसुकै ठाउँमा पनि सहजै खेल्न सकिने भएकोले भलिबललाई निकै लोकप्रिय खेल मानिन्छ। नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता पाएको भलिबल युवा पुस्तादेखि पाकापुस्तासम्म निकै रुचाइएको खेल हो।
केही वर्ष पहिले भलिबलभन्दा अरु खेल देख्न पनि निकै कम पाइन्थ्यो। स्थानीय क्षेत्रबाटै भलिबल खेल्न सुरु गरेका विष्णुप्रसाद चौधरीको खेल जीवन निकै रोचक छ। भलिबललाई नजिकबाट नियालेका कैलारी गाउँपालिका-७ का चौधरीसँग २० वर्ष राष्ट्रिय भलिबल खेलाडीको रुपमा काम गरेको अनुभव छ। विद्यालय पढ्दै गर्दा खेल क्षेत्रमा लागेका विष्णुको सरकारी जागिरले पनि खेल खेल्ने सपनालाई मार्न सकेन।
उनले स्थानीय क्षेत्रमा भलिबल खेलमा उत्कृष्ट भएकै कारण राष्ट्रिय रुपमा आफ्नौ छुट्टै पहिचान बनाउन सफल भए। विसं २०४२ देखि राष्ट्रिय भलिबल टिममा रहेका विष्णुले २० वर्षसम्म राष्ट्रिय भलिबल टिममा रहेर खेले। नेपाल विद्युत् प्राधिकरणमा जागिर हुँदा पनि उनले जागिरकै कारणले कुनै खेल छुटाउनु परेन।
“मैले भलिबल खेललाई नजिकबाट नियालेको छु। खेलकुदभन्दा ठूलो कुरा मेरा लागि जीवनमा केही पनि हुन सकेन। जागिर पनि यस्तो पाएँ, जति बाहिर हुँदा पनि कुनै अप्ठ्यारो महसुस नै नहुने”, उनले भने, “विद्युत् प्राधिकरणभित्रबाट पनि हामीले खेल्ने अवसर पाउने भएकाले मलाई अझै सहज भएको थियो। त्यसैले पनि मेरो खेलप्रतिको लगाव कहिल्यै कम भएन।”
राष्ट्रिय भलिबल टिममा रहँदै विष्णुको छोरीले पनि महिला तर्फको राष्ट्रिय भलिबल टिममा अवसर प्राप्त गरे । विष्णुका तीन छोरी र एक छोरा खेल क्षेत्रमै छन्। त्यो पनि भलिबल मै। साफ च्याम्पेन्सिममा दुई पटक बुबा र जेठी छोरी नेबिका चौधरीलेसँगै सहभागिताको अवसर पाए।
विष्णुकी जेठी छोरी नेविका र सङ्गिता चौधरी भलिबलको राष्ट्रिय महिला टिममा छन्। नेबिका अहिले पारिवारिक समस्याका कारण घरमा आराम गर्दै आएको बताउँदै विष्णुको माइली छोरी भने अहिले पनि महिला राष्ट्रिय टिमबाट भलिबल खेल्दै आएको विष्णुको भनाइ छ।
‘नेविका र मैले दुईपटकसँगै साफ चेम्पेन्सिपमा सहभागी भएका थियौं। म पुरुषबाट थिए भने छोरी महिला टिमबाट,’ उनले, ‘त्यो अवसर सम्भव कसैलाई पनि जुर्दैन होला। जुन मलाई जुर्यो।’
विष्णुका छोराले पनि प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेल्ने अवसर पाएका छन्। अहिले पनि उनका छोरा आरिष चौधरी प्रदेश टिममा सहभागी छन्।
विष्णुकी कान्छी छोरी बक्सिङमा राम्रो भए पनि परिवारका अन्य सदस्य भलिबल क्षेत्रमै भएका कारण उनले पनि बक्सिङ खेल छोडेर भलिबलमै केन्द्रित भएको विष्णुले बताए।
कान्छी छोरीले बक्सिङमा राष्ट्रियस्तरको प्रतियोगितामासम्म खेलेकी छिन्।
गाउँपालिकामा अहिले भलिबल प्रशिक्षण केन्द्र खोलेर युवालाई भलिबल सिकाउँदै आएका चौधरीले यो खेलका लागि आफ्नो क्षमताले भ्याएसम्म लागिरहने बताए।
आफ्नो खेलप्रतिको लगावले छोराछोरीलाई पनि खेल क्षेत्रमा लाग्न प्रेरित गरेको उल्लेख गर्दै विष्णुले खेलाडीको भविष्य भने अझै सुनिश्चित् हुन नसकेको बताए।
“खेलाडी उत्पादन नभएको भने होइन। नेपालमा पनि थुप्रै खेलाडी उत्पादन भएका छन्”, उनले भने, “खेलाडीको संरक्षण भने हुनसकेको छैन। जसका कारण खेलाडीको सुनिश्चितता हुनसकेको छैन।”
स्थानीय सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको भन्दै विष्णुले खेलाडी उत्पादनको मुख्य आधार नै स्थानीय सरकार भएको बताए। उनले नेपालमा पुरुष भलिबल टिमभन्दा पनि महिला भलिबल टिमसँग बढी सम्भावना देखिएको बताए। पुरुष भलिबल टिमको प्रशिक्षणमा पनि निकै कमजोरी रहेको उनको भनाइ छ ।
“पुरुष भलिबल टिम पनि कमजोर छ भन्न मिल्दैन तर उनीहरुले प्रशिक्षण राम्रो पाइरहेको अवस्था छैन”, उनले भने, “वर्षभरि बन्द प्रशिक्षणमा राष्ट्रिय टिमलाई राख्न सक्नुपर्छ। प्रतियोगिता हुँदा मात्रै प्रशिक्षण बोलाएर खेलाडी खेलमा पोख्त हुनसक्दैन।”
अहिले विष्णु राष्ट्रिय रेफ्रीको भूमिकामा छन्। सुदूरपश्चिममा हुने अधिकांश भलिबल खेलमा उनले मुख्य रेफ्रीको भूमिकासमेत निर्वाह गर्दै आएका छन्।
गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : गच्छदार
नेपाली कांगेसका केन्दीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यक्ता भएको प्रष्ट पारे। Continue reading “गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : गच्छदार”
तरकारीखेतीबाट आत्मनिर्भर बन्दै थारु महिला
तुलसीपुर उपमहानगरपालिका-१५ स्थित धम्कापुरका थारू महिला व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । तीमध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी । उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई सफल महिला किसानको रुपमा चिनाएकी छन् । Continue reading “तरकारीखेतीबाट आत्मनिर्भर बन्दै थारु महिला”
२१ वर्षमा पनि मल्हम नलागेको थारु मुक्त कमैयाको घाउ
उन्नती चौधरी | खाेज पत्रकारिता केन्द्र
पश्चिम तराईमा दास प्रथाकै अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको घोषणा भएको आउँदो साउन २ गते २१ वर्ष पूरा हुँदैछ। २ साउन २०५७ मा सरकारले कमैया मुक्तिको घोषणा गरेपछि त्यसअघि मुक्तिको माग गर्दै ठप्प पारिएका राजमार्ग र सडक विजयोत्सव मनाउने थलोमा रूपान्तरित भएका थिए। Continue reading “२१ वर्षमा पनि मल्हम नलागेको थारु मुक्त कमैयाको घाउ”
दुई महिनादेखि महिला वनमै क्षेत्रमा अलपत्र छिन् उमा चौधरी
शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित बसन्त सामुदायिक वन क्षेत्रमा २ महिनादेखि २८ वर्षीय उमा चौधरी झोपडी बनाएर बस्दै आएकी छन्। सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आएकी हुन्। Continue reading “दुई महिनादेखि महिला वनमै क्षेत्रमा अलपत्र छिन् उमा चौधरी”
थारुहरुले ‘टीकापुर घटना’ बिर्सिँदै गएको मोर्चाका नेताहरुको आरोप
थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका राजबन्दी थारुहरुको तत्काल रिहाइ गर्नुपर्ने माग फेरि अघि सारेको छ। मोर्चाले बिहीबार कैलालीको टीकापुरमा विचार गोष्ठी आयोजना गर्दै रिहाइ माग गरेको हो। Continue reading “थारुहरुले ‘टीकापुर घटना’ बिर्सिँदै गएको मोर्चाका नेताहरुको आरोप”
भारतीय सहयोगमा प्रहरीको विद्यालय भवन उद्घाटन
भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमारले भवन उद्घाटन गरेका हुन् । Continue reading “भारतीय सहयोगमा प्रहरीको विद्यालय भवन उद्घाटन”
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ। बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ। खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन। Continue reading “पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि”
माओवादी मोरङ संयोजकमा सांसद विजयकुमार विश्वास
नेकपा (माओवादी केन्द्र) मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन भएका छन्। पार्टीको प्रदेश कमिटीले प्रदेशसभाका सदस्यसमेत रहेका विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो। विश्वास पूर्वराज्यमन्त्री पनि हुन्। Continue reading “माओवादी मोरङ संयोजकमा सांसद विजयकुमार विश्वास”