प्रदर्शन गर्न नेपाल-भारत सीमामा चीनको करोडौं लगानी

नेपालमा कम्युनिष्ट पार्टी सत्तामा आएपछि चिनियाँ गतिविधि असामान्य रूपमा बढेको जनताले महसुस गर्न थालेका छन् । नेपाली नेताहरुको भान्छामा चीनको पहुँच छ भन्ने कुरा लुकेको छैन । चीनले आफ्ना नेताहरुको घरमा आक्रमण गरेपछि देशमा भारत विरोधी भावना सुरु भएको छ । Continue reading “प्रदर्शन गर्न नेपाल-भारत सीमामा चीनको करोडौं लगानी”

‘गोरी मोटी’मा मुस्कान चौधरी र चक्र बमको जबर्जस्त ठुम्का

मुस्कान चौधरी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यसपटक उनी गायक चक्र बमसँग ठुम्का लगाएकी छन्। चक्र बमकै नेपाली भोजपुरी मिश्रित रहेको गोरी मोटी बोलमा उनले ठुम्का लगाएकी हुन्। चक्र बमकै शब्द संगीत रहेको गीतमा चक्र बम र भोजपुरीमा पुनिता प्रियाको स्वर रहेको छ। गीतमा केशव बडुको संगीत संयोजन रहेको छ। Continue reading “‘गोरी मोटी’मा मुस्कान चौधरी र चक्र बमको जबर्जस्त ठुम्का”

मेटमणी चौधरी भन्छन्- अब एमाले र विजयीको भेट हुँदैन

नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले नेकपा एमालेले अब कहिल्यै चुनाव नजित्ने दावी गरेका छन् । नेता चौधरीले बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा एमाले, लोसपा र राप्रपा बीचको गठबन्धनलाई प्रतिगामी गठबन्धनको संज्ञा दिँदै उक्त गठबन्धनको शर्मनाक हार भएको बताएका छन् । Continue reading “मेटमणी चौधरी भन्छन्- अब एमाले र विजयीको भेट हुँदैन”

क्रिकेट खेलाडी सरस्वती चौधरी ‘बी’ र ममता चौधरी ‘सी’ ग्रेडमा

नेपाल क्रिकेट संघ (क्यान) ले सोमपाल कामीसहित ५ खेलाडीलाई सन् २०२२ को लागि ग्रेड ए मा राखेको छ। क्यानको बिहीबार बसेको बोर्ड बैठकले पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीलाई केन्द्रीय सम्झौतामा नराख्ने यसअघिको निर्णय फिर्ता गर्दै उनीहरुसहित पाँच खेलाडीलाई ग्रेडिङमा समावेश गरेको छ।

यसअघि कारवाही स्वरुप सम्झौतामा नराखिएका खेलाडीमा ज्ञानेन्द्र, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी ग्रेडिङमा समावेश थिएनन्। त्यस्तै क्यानले कप्तान सन्दीप लामिछाने र करण केसीलाई पनि ए ग्रेडमा राखेको छ। त्यस्तै ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी रहेका छन्।

त्यसैगरी ग्रेड ‘सी’ तर्फ कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन्। ‘अनुशासन उल्लङ्घन सम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता लिने निर्णय गरिएको छ’ क्यानले विज्ञप्तिमा जनाएको छ।

त्यसैगरी ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप रु १ लाख जनही र महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ।

महिलातर्फ भने ग्रेड ‘ए’ मा कप्तान रुविना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन्। ग्रेड ‘बी’तर्फ सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहेका छन्।

त्यसैगरी ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल रहेका छन्। त्यसैगरी बैठकले राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि एक लाख पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बैठकले नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा आगामी २०७८, फाल्गुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको छ।

क्यानको छनोट समिति संयोजकमा दीपेन्द्र चौधरी नियुक्त

नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिको संयोजकमा दिपेन्द्र चौधरी नियुक्त भएका छन्। बिहीबार भैरहवामा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय टीमका पूर्व खेलाडी दीपेन्द्र चौधरीलाई छनोट समितिको संयोजक नियुक्त गर्ने निर्णय गरेको क्यानले विज्ञप्ति मार्फत जनाएको छ। Continue reading “क्यानको छनोट समिति संयोजकमा दीपेन्द्र चौधरी नियुक्त”

भारतको गणतन्त्र दिवसमा नेपाललाई ७५ एम्बुलेन्स प्रदान

भारतले ७३ औ गणतन्त्र दिवसको अवसरमा नेपाललाई ७५ एम्बुलेन्स प्रदान गरेको छ। काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। Continue reading “भारतको गणतन्त्र दिवसमा नेपाललाई ७५ एम्बुलेन्स प्रदान”

भारतीय सेनाका नेपाली सैनिकका आफन्तलाई दूतावासले बाँड्यो ६ दशमलव ३५ करोड

काठमाडौं स्थित भारतीय राजदूतावासमा बुधवार ७३औं गणतन्त्र दिवस मनाएको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरे। Continue reading “भारतीय सेनाका नेपाली सैनिकका आफन्तलाई दूतावासले बाँड्यो ६ दशमलव ३५ करोड”

चीनको अघोषित नाकाबन्दीविरुद्ध बोले कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले चीनको अघोषित नाकाबन्दीले नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको भन्दै कडा आपत्ति जनाएका छन् । मंगलबार थापाले ट्वीटरमार्फत चीनको अघोषित नाकाबन्दी आपत्तिजनक रहेको उल्लेख गरेका छन् । Continue reading “चीनको अघोषित नाकाबन्दीविरुद्ध बोले कमल थापा”

सत्ता गठबन्धन भत्काउने माओवादीको तयारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ सालमा कांग्रेससँग गठबन्धन सरकार बनाएर एमालेसँग एकता गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई सुइकोसमेत नदिई प्रचण्डले एमालेसँग एकता गरेर धोका दिएका थिए । Continue reading “सत्ता गठबन्धन भत्काउने माओवादीको तयारी”

एमसीसी रोक्न चीनद्वारा नेपालमाथि अघोषित ‘नाकाबन्दी’ !

दुई शक्तिराष्ट्रहरुको टकरावले नेपालले ठूलै आर्थिक मूल्य चुकाउनुपर्ने देखिएको छ । अमेरिका र चीनको टकरावले नेपालको राजनीति मात्र प्रभावित छैन अर्थतन्त्र समेत प्रभावित भएको छ । चीनले नेपालमा ‘द बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) सञ्चालनमा ल्याइसकेको छ । Continue reading “एमसीसी रोक्न चीनद्वारा नेपालमाथि अघोषित ‘नाकाबन्दी’ !”