वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ। बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो। Continue reading “वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा”

आइपीएल अक्सनमा नेपालबाट १५ जना खेलाडीको नाम दर्ता

इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता गराएका १५ नेपाली क्रिकेटरको नाम सार्वजनिक गरेको छ । क्यानका अनुसार कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, पवन शर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीको नाम दर्ता गरिएको छ ।

आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कूल एक हजार २१४ खेलाडीले नाम दर्ता भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ । खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसीमा तोकिएको थियो, जसमा भारतीय ८९६ र ३१८ विदेशी खेलाडीले नाम दर्ता गराएका हुन् । मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुनेछ ।

विश्वव्यापी नेताहरुको रेटिङमा मोदी शीर्ष स्थानमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नेताहरुको मूल्यांकन रेटिङ चार्टमा शीर्ष स्थानमा परेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पछि पार्दै भारतीय प्रधानमन्त्री मोदीले शीर्ष स्थान हासिल गरेका हुन्। Continue reading “विश्वव्यापी नेताहरुको रेटिङमा मोदी शीर्ष स्थानमा”

भारतले १६ हजार मेगावाट नवीकरणीय ऊर्जा प्रणालीमा थप्ने

दक्षिणको छिमेकी भारतले सन् २०२३ मा मात्रै नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुने १६ हजार मेगावाट विद्युत आफ्नो प्रसारण प्रणालीमा थप्ने भएको छ । अहिले नवीकरणीय ऊर्जाका ५५ हजार मेगावाट जडित क्षमता भएका विद्युत आयोजना पाइप लाइनमा रहेकाले यो १ वर्षमा प्रणालीमा अहिलेसम्मकै बढी नवीकरणीय ऊर्जा थप्ने महत्त्वकांक्षी लक्ष्य निर्धारण गरिएको हो । Continue reading “भारतले १६ हजार मेगावाट नवीकरणीय ऊर्जा प्रणालीमा थप्ने”

पाकिस्तानमा अल्पसंख्कमाथि भइरहेको विभेदविरुद्ध युरोपेली संसदको आलोचना

पाकिस्तानमा अल्पसंख्यकको रुपमा बर्षौ बर्ष देखि बस्दै आएका इसाई, सिख, हिन्दु वा अहमवादी जस्ता धार्मिक समुदाय माथि भईरहेका यातना एवं प्रडातना विरुद्ध युरोपेली युनियनको संसदका सदस्य इमानुएल फ्रेग्कोसले कडा आलोचना गरेका छन् ।

युरोपेली संसदका सदस्य इमानुएल फ्राग्कोसले भने कि पाकिस्तानमा अल्पसंख्यकहरू राज्यद्वारा विभिन्न तरिकाबाट गरिरहेको भेदभाव एवं यातना दिइरहेका हुन् । पाकिस्तानमा धार्मिक अल्पसंख्यकहरू सामाजिक–आर्थिक, राजनीतिक वा सांस्कृतिक रूपमा सीमान्तकृत भएकाले यस्तो यातनाको शिकार भएको उनले दाबी गरे ।

उनले थपे कि सुन्नी मुस्लिम बहुल पाकिस्तानी समुदायले यी अल्पसंख्यकहरू विरुद्ध संगठित हिंसा, नरसंहार, गैरन्यायिक हत्या, अपहरण, बलात्कार वा जबरजस्ती इस्लाम धर्म परिवर्तन गर्न अन्धाधुन्ध सहारा लिएको छ । उनले यो पनि टिप्पणी गरे कि पाकिस्तानमा निन्दा कानूनको घोर दुरुपयोग भइरहेको छ ।

मोरिससमा भारतीय सहयोगमा बनेको मेट्रो स्टेशनको नाम ‘महात्मा गान्धी’

भारतीय सहयोगमा मोरिससमा निर्माण भएको मेट्रो स्टेशनहरुमध्ये एक स्टेशनको नाम ‘महात्मा गान्धी’ राखिएको छ। मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथले बिहीबार उक्त घोषणा गरेका हुन्। Continue reading “मोरिससमा भारतीय सहयोगमा बनेको मेट्रो स्टेशनको नाम ‘महात्मा गान्धी’”

नेपाललाई गम्भीर आर्थिक संकटमा धकेल्दै चीन, सीमामा लगायो ‘नाकाबन्दी’

चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको चीनले नेपाललाई गम्भीर आर्थिक संकटमा धकेल्न सक्ने संकेत गरेको छ । विगत २ वर्षयतादेखि चीनले नेपाली सीमामा अघोषित नाकाबन्दी लगाएको छ । अघोषित नाकाबन्दीकै कारण नेपाली व्यापारीहरुले करोडौंको घाटा व्यहोरेका छन्, भने देशलाई नै ठूलो आर्थिक ठेस लागेको छ । Continue reading “नेपाललाई गम्भीर आर्थिक संकटमा धकेल्दै चीन, सीमामा लगायो ‘नाकाबन्दी’”

ब्राउन सुगरसहित वडाध्यक्ष थारु पक्राउ

बाँकेमा एक जना वडाध्यक्ष र बाँकी तीन जना ब्राउन सुगरसहित पक्राउ परेका छन्। जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष ६४ वर्षीय रामचरण थारु तीन सय दश मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। Continue reading “ब्राउन सुगरसहित वडाध्यक्ष थारु पक्राउ”

श्रीलंकालाई बाह्य ऋण तिर्न भारतले सहयोग गर्ने

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई भारतले दुई अर्ब ४१ करोड १५ लाख अमेरिकी डलर उपलब्ध गराउने इच्छा राखेको छ। बाह्य ऋणका कारण अर्थतन्त्र संकटमा परेको श्रीलंकालाई भारतले सहयोग गर्ने इच्छा व्यक्त गरेको हो। भारतले तत्कालै श्रीलंकालाई ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने घोषणा गरेको छ। Continue reading “श्रीलंकालाई बाह्य ऋण तिर्न भारतले सहयोग गर्ने”

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो। Continue reading “पेट्रोलियम पदार्थको मूल्य बढ्यो”