रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले टीकापुर क्षेत्रमा संगठन विस्तारको काम सुरु गरेको छ। पार्टीले टीकापुर वडा ५ मा वडा समिति गठन गरेको छ। वडामा आयोजित प्रथम भेलाबाट फुलराम चौधरीको संयोजकत्वमा ५१ सदस्यीय वडा समिति गठन भएको छ। Continue reading “नागरिक उन्मुक्ति पार्टीले टिकापुर क्षेत्रमा संगठन विस्तार गर्दै”
Author: Madan Kumar
थारु फ्रेन्ड्स अमेरिकाद्वारा स्वास्थ्य सामाग्री सहयोग
अमेरिकामा बस्ने थारुहरुले न्युयोर्कमा बस्ने नेपालीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर माघी मनाएका छन्। थारु समुदायको महान पर्व माघी र थारु सम्वत २६४५ को अवसरमा अमेरिकाको न्युयोर्क राज्यको रिजिङ सहरमा बस्ने नेपाली तथा त्यहाँ बस्ने समुदायलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो। Continue reading “थारु फ्रेन्ड्स अमेरिकाद्वारा स्वास्थ्य सामाग्री सहयोग”
खेसरीलालले भने- विध्वंसका जिम्मेवार महोत्सव आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ
सुनसरीमा आयोजित बुर्जु महोत्सवमा हिजो भोजपुरी स्टार खेसरीलाल यादव नआएको भन्दै दर्शकले विध्वंस मच्चाए ।महोत्सवस्थलमै चारवटा स्करर्पिओ गाडीमा तोडफोड र आगजनी भएको थियो । कलाकार यादवले यस विषयमा मुख खोल्दै सबै दोष आयोजकलाई दिएका छन् । Continue reading “खेसरीलालले भने- विध्वंसका जिम्मेवार महोत्सव आयोजक, मलाई क्षतिपूर्ति दिनुपर्छ”
बन्दरगाहसहितको पूर्वाधार निर्माणका लागि श्रीलंकाद्वारा भारतीयलाई आह्वान
श्रीलंकाको अर्थ मन्त्री बसिल राजापाक्षेले देशको बन्दरगाह, पुर्वाधार, उर्जा, उर्जा उत्पादनको क्षेत्रमा भारतीय लगानीको लागि आह्वान गरेका छन्। चिनियाँ ऋणबाट थलापर्दै गएको श्रीलंकाले त्यसबाट मुक्ति पाउनका निमित्त बन्दरगाह सहितका पुर्वाधारहरुको निर्माणमा भारतीय लगानी कर्ताको सहयोग अपरिहार्य रहेको हुँदा यहाँ लगानी गरेर सहयोग गर्न अपिल गरेका हुन्। Continue reading “बन्दरगाहसहितको पूर्वाधार निर्माणका लागि श्रीलंकाद्वारा भारतीयलाई आह्वान”
भोजपुरी कलाकार खेसारीलाल नआएपछि बर्जु महोत्सवमा ताण्डव, मञ्च जलाइयो
भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन्। सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा महोत्सव आयोजना भएको थियो। Continue reading “भोजपुरी कलाकार खेसारीलाल नआएपछि बर्जु महोत्सवमा ताण्डव, मञ्च जलाइयो”
खोप अभियान सञ्चालन गर्न चार दिन विद्यालय खुल्ने
खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ। कोभिड-१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले बताए।
Continue reading “खोप अभियान सञ्चालन गर्न चार दिन विद्यालय खुल्ने”
स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने सहमति
सत्तारुढ गठबन्धनबीच स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ। बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो सहमति गरेको हो। संवैधानिक व्यवस्था अंगीकार गरेर अगाडि बढ्न सबै सहमत भएको एक नेताले बताए । यसबारे थप छलफल गर्न विहीबार फेरि बैठक बस्ने बताइएको छ। Continue reading “स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने सहमति”
प्रदेश २ को नाम मधेस, राजधानी जनकपुर कायम
प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ। प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो। प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको छ। Continue reading “प्रदेश २ को नाम मधेस, राजधानी जनकपुर कायम”
चीनमा एमबीबीएस अध्ययन पूरा गर्न नपाएका विद्यार्थीद्वारा तालाबन्दी
चीनमा एमबिबिएस अध्ययन पूरा गर्न नपाएका विद्यार्थीद्वारा तालाबन्दी
कोभिड–१९ को महामारीका कारण चीनमा एमबिबिएस अध्ययन पूरा गर्न नपाएकालाई नेपालमै इन्टर्न गर्न पाउने सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा ताला लगाएका छन् । त्यसअघि विद्यार्थीहरूले साढे दुई घन्टा आयोगमा धर्नासमेत दिएका थिए ।
मन्त्रिपरिषद्ले निर्णय गरी शिक्षा मन्त्रालयले इन्टर्नसिपको व्यवस्था गर्न आयोगमा पत्राचार गरेको १० दिनसम्म पनि कार्यान्वयन नगरेको भन्दै विद्यार्थीले उपाध्यक्षलगायतको कार्यकक्ष जाने भवनमा ताला लगाएका हुन् । विद्यार्थीले लगाएको ताला प्रहरीले तत्काल फोडेको छ । ताला फोडेपछि विद्यार्थीहरूले गिरीविरुद्ध नाराबाजी गरेका थिए । विद्यार्थी र आायोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीबीचको विवाद बढ्न थालेपछि गिरी प्रहरीको सुरक्षा घेरामा भागेका थिए ।
सरकारले सन् २०१५ को (चाइनिज मिडियम) र २०१६ का विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था गर्ने निर्णय गरेको थियो । चीनको विश्वविद्यालयमा एमबिबिएस अध्ययन सकेर इन्टर्नसिपको पर्खाइमा रहेका इमरान खानले छिटो इन्टर्नसिपको व्यवस्था गर्न दबाब दिन आयोगमा ताला लगाएको बताए । ‘सरकारले इन्टर्नसिपको व्यवस्था गर्ने निर्णय गरेको छ, चिठी आयोगमा पुगिसकेको छ, तर आयोगले किन अलमल गरेको हो थाहा छैन,’ उनले भने, ‘हाम्रो आठ महिना ढिलाइ भएको छ । अब थप ढिलो नहोस् भन्न खोजेका हौँ ।’
कोभिडका कारण चीनको सीमा नखुल्दा विद्यार्थी फर्किन नपाएपछि विश्वविद्यालयले जुन देशमा रहेका छन् त्यही देशमै इन्टर्नसिप गर्न विद्यार्थीलाई आग्रह गरेका छन् । अहिले इन्टर्नसिपको पर्खाइमा डेढ सयजना विद्यार्थी रहेको खानको भनाइ छ ।
कोभिडले एकपछि अर्को समस्या
चीनमा चिकित्सा शिक्षा अध्ययनका लागि गएका विद्यार्थी कोभिडको समयमा नेपाल फर्केका थिए । उनीहरू अहिलेसम्म अध्ययन पूरा गर्न जान पाएका छैनन् । कहिले जान पाउने भन्नेसमेत यकिन छैन ।
चीनमा चिकित्सा शिक्षा (एमबिबिएस/बिडिएस) अध्ययन गर्न गएका विद्यार्थीको पढाइ सकेर इन्टर्नसिप सक्नसमेत केही महिना मात्र बाँकी हुँदा कोभिडका कारण नेपाल आएका विद्यार्थी वर्ष दिनसम्म पनि फर्कन नपाएपछि समस्यामा परेका थिए ।
लामो समयसम्म धेरै ठाउँमा भौँतारिएपछि सरकारले सन् २०१४ र २०१५ को ब्याचका मर्कामा परेका विद्यार्थीलाई नेपालमै इन्टर्नको व्यवस्था गरेको थियो । चिकित्सा शिक्षा आयोगले आवेदन माग गर्दा एक सय ३६ जनाले आवेदन दिएका थिए । कोभिडको उच्च जोखिम रहेका वेला इन्टर्न गर्दै गरेका विद्यार्थीलाई समेत नेपाल ल्याइएको थियो । आयोगले टोली बनाएर २०१४ ब्याचको समस्या समाधान गरेको थियो । त्यतिवेला विश्वविद्यालयले नेपालमा इन्टर्न गरेकालाई पनि मान्यता दिने भएको थियो । त्यसपछि चीनका विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै दबाब दिँदै आएका छन् ।
को हुन् नेपालको असल मित्र ?
नेपालीमा एउटा बहुत सुन्दर उखान प्रसिद्ध छ, “नजिकको तिर्थ हेला” भनेझैं हामिलाई चीनमाथी जागेको भरोसा र भारत प्रतिको ईर्ष्याभावले कुभलो हुने आफ्नै हो । समयमा सत्यलाई स्विकार नगरि मित्रसंग बैरभाव राख्नु स्वयंलाई सिध्याउने सबभन्दा सरल उपाय हो । किनकी त्यहीवेला हो शत्रुले नजर लाउने र आफ्नाजनसंग टाढा बनाउने । नेपालका लागि भारत नै सबैभन्दा राम्रो र सच्चा साथि हो, कमिकमजोरीहरु अनेक हुन सक्छन । Continue reading “को हुन् नेपालको असल मित्र ?”