थारु कल्याणकारिणी सभा (थाकस)ले समावेशी समानुपातिकको सिद्धान्तअनुसार विज्ञापन नखुलाएको भन्दै सरकारी निकायहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ। थाकसले नेपाल प्रहरी, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकविरुद्ध रिट दर्ता गराएको हो। थाकसको तर्फबाट अधिवक्ता श्रवण चौधरीले रिट दर्ता गरेको हो। Continue reading “नेपाल प्रहरीसहित चार वटा सरकारी निकायविरुद्ध थाकसद्वारा सर्वोच्चमा रिट दायर”
Author: Madan Kumar
मेलम्चीको पानी काठमाडौं ल्याउने काम भइरहेको छ: मन्त्री चौधरी
खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन सरकारले काम गरिरहेको बताएका छन्। मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनको उद्घाटनमा उनले काठमाडौँबासीलाई मेलम्चीको पानी खुवाउन चाँडोभन्दा चाँडो काम गर्न आफूले गृहकार्य गरिरहेको बताए। Continue reading “मेलम्चीको पानी काठमाडौं ल्याउने काम भइरहेको छ: मन्त्री चौधरी”
चितवनमा पुस ३० गतेदेखि खिचरा महोत्सव
थारु समुदायको कला संस्कृतिलाई संरक्षण गर्न प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचरा महोत्सव यसवर्ष पुस ३० गतेबाट हुने भएको छ। खैरहनीस्थित गौचरनमा महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ। महोत्सवको तयारी भइरहेको आयोजक थारु कल्याणकारिणीसभा क्षेत्र नं ७ ले जनाएको छ। Continue reading “चितवनमा पुस ३० गतेदेखि खिचरा महोत्सव”
कांग्रेस प्रदेश २ अधिवेशनमा सात जना थारु नेताहरुको उम्मेदवारी
नेपाली कांग्रेस प्रदेश-२ को पहिलो अधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ। कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ। जसका लागि १८० जनाको उम्मेदवारी परेको छ। Continue reading “कांग्रेस प्रदेश २ अधिवेशनमा सात जना थारु नेताहरुको उम्मेदवारी”
कांग्रेसको १४औं महाधिवेशनमा थारु समुदायका एक पदाधिकारीसहित ७ जना निर्वाचित
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट एक पदाधिकारीसहित ७ जना थारु नेता केन्द्रीय कमिटीमा निर्वाचित भएका छन्। खानेपानी मन्त्रीसमेत रहेका बाराका उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। उनले सप्तरीका सांसद तेजुलाल चौधरीलाई पराजित गरेका थिए। Continue reading “कांग्रेसको १४औं महाधिवेशनमा थारु समुदायका एक पदाधिकारीसहित ७ जना निर्वाचित”
थारु कोटामा रामजनम, योगेन्द्र, कल्पना र जीवन राना निर्वाचित
नेपाली कांग्रेसको थारुतर्फको खुल्ला तथा महिला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। थारुतर्फका दुईजना खुल्ला केन्द्रीय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी विजयी भएका छन्। उनीहरुले क्रमश: २५०३ र २१९८ मत प्राप्त गरेका छन्।
कूल दुई पदका लागि आठ जनाको उम्मेदवारी परेको थियो। जसमा बद्रीनारायण चौधरीले १६०४, साजनकुमार चौधरीले १४१२, पार्वता डीसी चौधरीले ५६३, भोटनीदेवी खवासले २९९, देवराज चौधरीले २१७ र यज्ञराज चौधरीले १८४ मत ल्याएका छन्।
त्यस्तै थारुतर्फकै महिलाको दुई केन्द्रीय सदस्य पदमा कल्पना चौधरी र जीवन राना निर्वाचित भएका छन्। उनीहरुले क्रमश: २५२४ र २३४९ मत प्राप्त गरेका छन्।

तीन हजार मत गन्दा थारु कोटातर्फ कसले कति मत पाए?
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत थारु कोटातर्फको खुला केन्द्रीय सदस्यको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा भइरहेको पछिल्लो मतपरिणाम अनुसार रामजन चौधरी र योगेन्द्र चौधरीले अग्रता लिएका छन्। Continue reading “तीन हजार मत गन्दा थारु कोटातर्फ कसले कति मत पाए?”
भारोत्तोलनमा युवायुवतीको आकर्षण खिच्दै स्वर्ण पदकधारी सन्जु चौधरी
भारोत्तोलनको स्वर्ण पदकधारी सन्जु चौधरीले युवा पुस्तालाई यो खेलप्रति आकर्षित गर्न अभियान थालेकी छन्। उनले बर्दियाको बारबर्दियामा पुगेर १६ जनाालाई पोशाकसहित सामग्री वितरण गरेकी छन्। उनले भरोत्तोलनको ‘प्री कम्पिटिसन’समेत गराएकी छन्। Continue reading “भारोत्तोलनमा युवायुवतीको आकर्षण खिच्दै स्वर्ण पदकधारी सन्जु चौधरी”
पत्रकार सन्तोष दहितलाई मदन स्मृति पत्रकारिता पुरस्कार
प्रेस चौतारी दाङको ९औं जिल्ला अधिवेशनमा अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई पुरस्कृत एवं सम्मान गरिएको छ। दहितलाई मदन स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको हो। Continue reading “पत्रकार सन्तोष दहितलाई मदन स्मृति पत्रकारिता पुरस्कार”
बढैयाताल गाउँपालिकामा थारु समुदायको बरघर ऐन बन्ने
बढैयातालमा थारु समुदायको प्रथाजनित कानुनलाई मान्यता दिनेगरी स्थानीय समावेशी विकासका लागि बरघर ऐनको मस्यौदा तयार भएको छ। ऐनको मस्यौदा बरघर भेलाले तयार गरी गाउँपालिकामा बुझाएको छ। Continue reading “बढैयाताल गाउँपालिकामा थारु समुदायको बरघर ऐन बन्ने”