एमाले महाधिवेशन: कुन ‘पोर्टफोलियो’मा आउँदैछन‍् राजकुमार लेखी?

एमालेको दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। महाधिवेशनको पूर्सन्ध्यामा थारु नेता राजकुमार लेखीको चर्चा हुन थालिएको छ। गत असोज १४ गते लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका लेखीले एमाले विधान महाधिवेशनमै गत १७ असोजमा एमाले प्रवेश गरेका थिए। Continue reading “एमाले महाधिवेशन: कुन ‘पोर्टफोलियो’मा आउँदैछन‍् राजकुमार लेखी?”

राजकुमार लेखीसहित तीन जना थारु एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत

नेकपा एमालेले १०औँ महाधिवेशनका लागि १०६ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ। बुधबार बसेको बैठकले हालै एमाले प्रवेश गरेका राजकुमार लेखी महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन्। उनीबाहेक उदयपुरका महेश्नवरी चौधरी र कैलालीका ममता प्रसाद चौधरीलाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरिएको छ। Continue reading “राजकुमार लेखीसहित तीन जना थारु एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत”

महाधिवेशन प्रतिनिधिमा डिल्लीबहादुर चौधरी निर्विरोध चयन

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा डिल्लीबहादुर चौधरी निर्विरोध चयन भएका छन्। लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्रीसमेत रहेका उनी दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्। Continue reading “महाधिवेशन प्रतिनिधिमा डिल्लीबहादुर चौधरी निर्विरोध चयन”

गच्छदारको विरासत थाम्न छोरा राजनीतिमा, महाधिवेश प्रतिनिधि चयन

नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदार कांग्रेसको राजनीतिमा प्रवेश गरेका छन्। युकेबाट इलेक्ट्रिल इलेक्ट्रोनिक्समा इन्जिनियरिङ गरेका गच्छदार मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। Continue reading “गच्छदारको विरासत थाम्न छोरा राजनीतिमा, महाधिवेश प्रतिनिधि चयन”

एमालेको दसौं महाधिवेशन: विदेशी पाहुनालाई चितवनको थारु नाच देखाइने

नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न देशका ६० वटा पार्टीका प्रतिनिधि आउने भएका छन्। दसौं महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले ६० वटा अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा दिएको जानकारी दिएका छन्। Continue reading “एमालेको दसौं महाधिवेशन: विदेशी पाहुनालाई चितवनको थारु नाच देखाइने”

रेशम चौधरी समर्थित नेता कार्यकर्ताको मंसिर ११ र १२ गते राष्ट्रिय भेला हुँदै

निलम्बित सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको भेला काठमाडौंमा हुने भएको छ। मंसिर ११ र १२ गते उक्त भेला ठमेलको एक होटलमा आयोजना हुने बताइएको छ। Continue reading “रेशम चौधरी समर्थित नेता कार्यकर्ताको मंसिर ११ र १२ गते राष्ट्रिय भेला हुँदै”

मेयर मंगल थारू कांग्रेस क्षेत्रीय सभापतिमा पराजित

नेपाली कांग्रेसको कपिलवस्तु क्षेत्र नं. १ (क) को प्रदेश क्षेत्रीय सभापतिमा वाणगङ्गा नगरपालिकाका मेयर मंगल थारू पराजित भएका छन्। मेयर थारूलाई दुर्गा केसीले ४० मतको अन्तरले पराजित गरेका हुन्। निवर्तमान नगर सभापतिसमेत रहेका थारूलाई रामचन्द्र पौडेल समूहको समर्थन रहेको थियो। Continue reading “मेयर मंगल थारू कांग्रेस क्षेत्रीय सभापतिमा पराजित”

प्रभावशाली नेता बलदेव चौधरीको छोराको निधन

उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीका छोराको खोलामा डुबेर शनिबार दिउँसो ज्यान गएको छ। साथीसँग पिकनिक खान चौदन्डीगढी नगरपालिका-१० पुगेका ३० वर्षीय मनोज चौधरीको स्थानीय देबधार खोलामा डुबेर ज्यान गयको हो। Continue reading “प्रभावशाली नेता बलदेव चौधरीको छोराको निधन”

कांग्रेस महाधिवेशन: कैलालीको १३ पालिकामध्ये दुई पालिकाको सभापतिमा थारु विजयी

नेपाली कांग्रेस कैलालीले जिल्लाका सबै १३ स्थानीय तहको नेतृत्व चयन गरेको छ । ८ स्थानीय तहमा निर्वाचनमार्फत् र ५ मा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो। Continue reading “कांग्रेस महाधिवेशन: कैलालीको १३ पालिकामध्ये दुई पालिकाको सभापतिमा थारु विजयी”

थारु समुदायमा समा चकेवाको रौनक

उदयपुरमा दाजुबहिनीको प्रेमको प्रतीकका रूपमा मनाइने मौलिक पर्व समा चकेवाको रौनक छाएको छ । अहिले गाउँ–गाउँमा किशोरी समूह/समूह बनाएर समा चकेवा खेल्न थालेका छन् । उनीहरूले गोवद्र्धन पूजादेखि सामा चकेवा खेल्न थालेका हुन् । Continue reading “थारु समुदायमा समा चकेवाको रौनक”