थारु कल्याणकारिणी सभा (थाकस)ले नेपालमा जारी राष्ट्रिय जनगणनामा थारुहरुले धर्ममा बौद्ध लेख्न परिपत्र गरेपछि सामाजिक सञ्जालमा विरोध सुरु भएको छ। कतिपयले धर्म स्वेच्छिक हुनुपर्ने बताइरहेका छन् भने धेरैले थारुहरु प्रकृतिक पूजक हो भनी थाकसको विरोध गरिरहेका छन्। आखिर किन थाकसले थारुहरु बौद्ध धर्म मान्छन् भनी परिपत्र गर्यो? Continue reading “थाकसले १३ वर्षअघि गरेको निर्णय- थारु समुदाय बुद्ध धर्मावलम्बी भएको घोषणा गर्दछौं”
Author: Madan Kumar
थारुहरुको धर्म ‘बौद्ध’ लेख्न थाकसलले पठायो प्रत्येक जिल्लालाई परिपत्र
नेपालमा बिहीबारदेखि सुरु भएको १२औं राष्ट्रिय जनगणनामा थारु कल्याणकारिणी सभा (थाकस)ले थारुहरुको धर्ममा बौद्ध लेख्न आह्वान गरेको छ। उसले गत मंगलबार परिपत्र जारी गर्दै बौद्ध धर्म लेख्न आह्वान गरेको हो। Continue reading “थारुहरुको धर्म ‘बौद्ध’ लेख्न थाकसलले पठायो प्रत्येक जिल्लालाई परिपत्र”
सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता हुने
सप्तरीमा सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता हुने भएको छ। सप्तरीको सप्तकोशी नगरपालिका-५ गंगाजलीको खेलमैदानमा कात्तिक २१ गतेदेखि प्रतियोगिता हुने आयोजकले जनाएको छ। Continue reading “सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता हुने”
पश्चिम नवलपरासीमा पूर्वमन्त्री डा. दहितद्वारा थारु संग्रहालयको उद्घाटन
पश्चिम नवलपरासीमा थारु संग्रहालय बनाउनको लागि थारु मिलन केन्द्र भवन निमार्ण गरिएको छ। जिल्लाको सरावल गाउँपालिकाको वडा नं १ स्थित तुलसीनगरमा थारु संग्रहालय बनाउनको लागि थारु मिलन केन्द्र भवन निमार्ण गरिएको हो। Continue reading “पश्चिम नवलपरासीमा पूर्वमन्त्री डा. दहितद्वारा थारु संग्रहालयको उद्घाटन”
लोकतन्त्र खतरामा परेपछि एमालेबाट विद्रोह : चौधरी
नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीले संविधानको रक्षाको लागि प्रतिगमनको विरोधमा विद्रोह गरेको बताएका छन् । शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपा एमालेमा व्यक्तिवादी हाबी हुँदै गाएको Continue reading “लोकतन्त्र खतरामा परेपछि एमालेबाट विद्रोह : चौधरी”
पूर्ण चौधरीका संघर्षका कथा
सुर्खेत वीरेन्द्रनगरमा रहेको गाटिकाँडा थारु होमस्टे। सहरको कोलाहल वातावरणबाट केही पर। खेतका हरिया आली गह्राहरु। निकै सुन्दर र मनमोहक देखिने ठाउँहरुमा एकैछिन सहरको कोलाहल वातावरणबाट शान्त ठाउँमा बस्नलाई पनि आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। Continue reading “पूर्ण चौधरीका संघर्षका कथा”
काठमाडौंबासीलाई मेरै कार्यकालमा मेलम्चीको पानी खुवाउँछु : मन्त्री उमाकान्त चौधरी
खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गरेका छन्। काठमाडौंमा मन्त्री चौधरीद्वारा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन्। Continue reading “काठमाडौंबासीलाई मेरै कार्यकालमा मेलम्चीको पानी खुवाउँछु : मन्त्री उमाकान्त चौधरी”
पीडित किसानलाई ३० हजार रुपैयाँ र एक महिनाको खाद्यान्न उपलब्ध गराउन माग
नेपाली कांग्रेसको राजापुर नगर समितिले बाढीबाट पीडित भएका किसानलाई ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ। शुक्रबार बसेको नगर कार्यसमितिको बैठकले बाढीबाट पीडित भएका किसानहरुलाई प्रत्येक घरधुरीलाई ३० हजार रुपैयाँ राहत दिनुपर्ने र एक महिना पुगग्नेगरी खाद्यान्न उपलब्ध गराउनुपर्ने माग गरेको नगर सचिव सिताराम थारुले जानकारी दिए। Continue reading “पीडित किसानलाई ३० हजार रुपैयाँ र एक महिनाको खाद्यान्न उपलब्ध गराउन माग”
एमाले महाधिवेशनमा थारु कोटाबाट पनि प्रतिनिधि छानिने, यस्तो बनाइँदैछ प्रावधान
नेकपा एमालेले देशभरका ७ लाख २१ हजार पार्टी सदस्यबाट दशौं राष्ट्रिय महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि छान्ने भएको छ। तीमध्ये ५१ प्रतिशत समावेशी कोटाबाट आउनेछन् भने ३९ प्रतिशत खुला प्रतिस्पर्धाबाट आउने प्रवक्ता प्रदिप ज्ञवालीले बताए। Continue reading “एमाले महाधिवेशनमा थारु कोटाबाट पनि प्रतिनिधि छानिने, यस्तो बनाइँदैछ प्रावधान”
फेसबुकले गर्यो नाम परिवर्तन
फेसबुकले आफ्नो कर्पोरट नाम परिवर्तन गर्दै ‘मेटा’ राखेको छ। पछिल्लो समय भर्चुअल रियालिटी (भीआर) प्रविधिको प्रयोग बढाउने योजनामा रहेको कम्पनीले आफ्नो नाम परिवर्तन गरेको हो। यद्यपि अहिले फेसबुकले गरेको आफ्नो नामको परिवर्तन भने व्यक्तिगत प्लेटफर्ममा भने देखिँदैन। Continue reading “फेसबुकले गर्यो नाम परिवर्तन”