खराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरू काठमाडौंबाट गएको खुलेको छ। मृतकहरू काठमाडौंको गोंगबुबाट घुम्न गएकाहरू रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। Continue reading “घान्द्रुक घुम्न गएका सुजा चौधरी, लिजा चौधरी, सुमन चौधरीसहित ८ जनाको दुर्घटनामा मृत्यु”
Author: Madan Kumar
स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजीत थारु, जो थारुवान प्रदेशका लागि माओवादी बने
माओवादीका सांसद इन्द्रजीत थारू स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका छन्। उनी लुम्बिनी प्रदेशको मन्त्रीमा चयन भएका हुन्। मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। Continue reading “स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजीत थारु, जो थारुवान प्रदेशका लागि माओवादी बने”
हात्तीको आक्रमणबाट बेचन दहितको मृत्यु
हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ। राजापुर १० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ एक किमी टाढा बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षका बेचन दहितको मृत्यु भएको हो। घर फर्किंदै गर्दा गए राति उनलाई हात्तीले सुँड र खुट्टाले कुल्चिएको अनुमान गरिएको छ। Continue reading “हात्तीको आक्रमणबाट बेचन दहितको मृत्यु”
चिनियाँ सेनालाई भारतीय सेनाप्रमुखको चेतावनी
भारतीय सेना प्रमुख एमएम नरावाणेले लद्दाखस्थित ‘एलएसी'(लाइन अफ एक्चुअल कन्ट्रोल)मा चिनियाँ सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिकहरु पनि त्यस क्षेत्रमै रहने चेतावनी दिएका छन्। Continue reading “चिनियाँ सेनालाई भारतीय सेनाप्रमुखको चेतावनी”
को हुन् नवनियुक्त खानेपानी मन्त्री उमाकान्त चौधरी
नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी खानेपानी मन्त्री नियुक्त भएका छन्। उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी छन्। चौधरीसँगै नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका थिए। Continue reading “को हुन् नवनियुक्त खानेपानी मन्त्री उमाकान्त चौधरी”
शक्ति केन्द्रले माधव नेपाललाई दबाब दिएपछि काटियो मेटमणि चौधरीको नाम
तीन दिनअघि नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने ठोकुवा गरेका थिए। उनले आफू पनि मन्त्री बन्ने र शपथ लिने ठोकुवा गरेका थिए। उनी निकट नेताहरुका अनुसार मेटमणि चौधरी पर्यटनमन्त्री बन्ने निश्चितजस्तै थियो। Continue reading “शक्ति केन्द्रले माधव नेपाललाई दबाब दिएपछि काटियो मेटमणि चौधरीको नाम”
उमाकान्त चौधरी बने खानेपानी मन्त्री (सूचीसहित)
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८८ दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् । Continue reading “उमाकान्त चौधरी बने खानेपानी मन्त्री (सूचीसहित)”
माओवादी सांसद इन्द्रजीत चौधरी मन्त्री बन्दै
आठ महिनाका लागि मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । १६ महिना कार्यकाल बाँकी रहेका एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन पाँच दलीय गठबन्धनले माओवादीबाट केसी ८ महिना र कांग्रेसबाट वीरेन्द्र कनौडिया ८ महिना मुख्यमन्त्री बन्ने सहमति गरेका थिए। Continue reading “माओवादी सांसद इन्द्रजीत चौधरी मन्त्री बन्दै”
मन्त्रीको लिस्टबाट हटाइयो मेटमणि चौधरीको नाम
सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ। शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको बताए। Continue reading “मन्त्रीको लिस्टबाट हटाइयो मेटमणि चौधरीको नाम”
‘प्यारके जादू’ थारु म्युजिक भिडियोमा पल शाह र अनुभूतिको रोमान्स
पल शाहको अर्को थारु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्यारके जादु बोलको गीतमा पलको जोडीको रुपमा अनुभूति श्रेष्ठले अभिनय गरेकी छन्। नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको गीतमा नरेशकै शब्द रहेको छ भने संगीत संयोजन गणेश चौधरीले गरेका छन्। Continue reading “‘प्यारके जादू’ थारु म्युजिक भिडियोमा पल शाह र अनुभूतिको रोमान्स”