दिलीप स्मृति प्रतिष्ठानद्वारा पुरस्कार छनौट समिति गठन, ३० गते तयारी भेला हुने

दिलीप स्मृति प्रतिष्ठानले तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको छ। पत्रकार कृष्ण मल्लको संयोजकत्वमा गठित समितिमा अधिवक्ता बाबुराम राई र राजेन्द्र चौधरी सदस्य रहेका छन्। Continue reading “दिलीप स्मृति प्रतिष्ठानद्वारा पुरस्कार छनौट समिति गठन, ३० गते तयारी भेला हुने”

अनि कठोर निर्णय गरेँ, आफ्नै बाटो लाग्ने : रेशम चौधरी

टीकापुर घटनाले गुमाउन केही बाँकी रहेन । घर, गाडी सञ्चालन गरेको रिसोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा स्वाहा भयो । मेरो भौतिक सम्पत्ति जल्यो । कतिका अस्मिता लुटिए । इश्र्याले बाबु-आमा समानकालाई दुश्मन देख्यो । विचरा भोका वस्तुलाई चराउने, पानी पियाउनेलाई पनि डिउटीवालले दुई चार झापड लगाए । Continue reading “अनि कठोर निर्णय गरेँ, आफ्नै बाटो लाग्ने : रेशम चौधरी”

प्रचण्डले यसपटक पनि थारुलाई बनाएनन् मन्त्री

नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो। यसपटक पनि थारु समुदायबाट कसैलाई मन्त्री बनाइएन। Continue reading “प्रचण्डले यसपटक पनि थारुलाई बनाएनन् मन्त्री”

आज चितोनिया र ललपुरिया थारुको यमोसा पर्व, खैरहनीका विद्यालयमा विदा

असोज २०, चितोनिया र ललपुरिया थारु समुदायले आज यमोसा पर्व मनाइरहेका छन् । आज सबेरै दाभी (सिरु) काटेर मुठा पारी घरको मूल ढोका अगाडि पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ । पहुनीलाई विभिन्न थरीका फूलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । Continue reading “आज चितोनिया र ललपुरिया थारुको यमोसा पर्व, खैरहनीका विद्यालयमा विदा”

लोसपा छाड्ने रेशम चौधरीको संकेत

जेलमा रहेका रेशम चौधरीले जन्मदिनको अवसरमा नयाँ कुराको खुलासा गर्ने भएका छन्। उनले असोज २१ गते जन्मदिनको अवसरमा नयाँ खुलासा गर्ने भएका हुन्। स्रोतका अनुसार उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाड्ने र नयाँ पार्टी स्थापनाको घोषणा गर्दैछन्। Continue reading “लोसपा छाड्ने रेशम चौधरीको संकेत”

थारु आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन, यस्तो छ प्रतिवेदन

थारु आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरेको छ। थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले राष्ट्रपति समक्ष आयोगको प्रतिवेदन पेश गरेका हुन्। प्रतिवेदनमा थारु आयोगले वर्षभरि गरेका कार्यहरु र सरकारलाई गरेका विभिन्न सिफारिसहरु उल्लेख छ। Continue reading “थारु आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिवेदन, यस्तो छ प्रतिवेदन”

थारु संघसंस्थाहरुले सामूहिक रुपमा यमोसा पर्व मनाउने

कारी महतो

चितवन र नवलपुरका थारु समुदायले मनाउने यमोसा पर्व यस वर्ष चितवनको विभिन्न थारु संघसंस्थाहरुले सामूहिक रुपमा मनाउने भएका छन् । थारु कल्याणकारिणी सभा चितवन, थारु पत्रकार संघ चितवन, थारु महिला सभा चितवन, थारु बुद्धिजीवी सभा, थारु युवा सभा, थारु कलाकार सभा, थारु विद्यार्थी समाज लगायत संघसंस्थाहरुले सामूहिक रुपमा यमोसा विशेष कार्यक्रम गरी पर्व मनाउने जनाइएको हो । Continue reading “थारु संघसंस्थाहरुले सामूहिक रुपमा यमोसा पर्व मनाउने”

लेखीलाई एमालेमा फर्काउन ओलीको के भूमिका थियो? एक विश्लेषण

नेता राजकुमार लेखी एमालेमा प्रवेश गरेका छन्। एमाले परित्याग गरेको एक दसकपछि उनी फेरि आफ्नै घर फर्किएका हुन्। आन्तरिक द्वन्दवमा अल्झेको एमालेभित्र भने लेखीलाई पहिलेको जस्तो सहजता पक्कै मिल्ने छैन। Continue reading “लेखीलाई एमालेमा फर्काउन ओलीको के भूमिका थियो? एक विश्लेषण”

राजकुमार लेखी एमालेमा प्रवेश

नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन्। ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहितका ५५ जनालाई पार्टी प्रवेश गराएका हुन्। Continue reading “राजकुमार लेखी एमालेमा प्रवेश”

थाकस युएईले मनायो जितिया विशेष कार्यक्रम

थारु कल्याणकारिणी सभाले युएईले जितिया विशेष कार्यक्रम आयोजना गरेको छ। गत शुक्रबार डटकट (दर खाने) कार्यक्रम भब्यताका साथ सम्पन्न भएको कार्यक्रम संयोजक लालबहादुर चौधरी र भागरथी कुमार भगतले जानकारी दिएका छन्। Continue reading “थाकस युएईले मनायो जितिया विशेष कार्यक्रम”