यस्तो छ रेशम चौधरीको मन्जुरिनामा पत्र

जसपाका निलम्बित सांसद रेशम चौधरी अन्ततः तटस्थता तोडेका छन्। जसपाको आधिकारिक हेडकाउन्टमा उनी तटस्थ बसेका थिए। तर उपेन्द्र यादव नेतृत्वको जसपाले रेशम चौधरीलाई पनि कार्यकारिणी सदस्यमा राखेको थियो। Continue reading “यस्तो छ रेशम चौधरीको मन्जुरिनामा पत्र”

यस्तो बन्यो थारु वर्णमाला, १२ बुँदे निर्देशिका जारी

थारु भाषाको मानकीकरणका लागि थारु भाषाको मानक लेखन निर्देशिका तयार भएको छ। थारु आयोगले भक्तपुरको बोडेमा आयोजना गरेको चार दिने गोष्ठीले १२ बुँदे निष्कर्ष निकाल्दै निर्देशिका तयार पारेको हो। त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका भाषा विशेषज्ञ प्राडा. दानराज रेग्मी र डा. नेत्रमणि दुमी राईको निगरानीमा निर्देशिका तयार भएको हो। Continue reading “यस्तो बन्यो थारु वर्णमाला, १२ बुँदे निर्देशिका जारी”

जसपा पनि फुट्यो, तटस्थता तोड्दै रेशम चौधरी महन्थ पक्षमा खुले

महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। ठाकुर अध्यक्ष रहने गरी बुधबार आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गरिएको छ। उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ। Continue reading “जसपा पनि फुट्यो, तटस्थता तोड्दै रेशम चौधरी महन्थ पक्षमा खुले”

अन्ततः फुट्यो एमाले, माधव नेपालको पार्टीमा जम्मा तीन जना थारु नेता

केपी ओली नेतृत्वको नेकपा एमाले अन्ततः विभाजित भएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन्। Continue reading “अन्ततः फुट्यो एमाले, माधव नेपालको पार्टीमा जम्मा तीन जना थारु नेता”

रेशम चौधरीले ‘तटस्थ’ता तोड्दै, कुन समूहमा लाग्लान्?

निर्वाचन आयोगमा तटस्थ बसेका जसपाका निलम्बित सांसद रेशम चौधरीले आज अन्तिम निर्णय गर्नुपर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नामक नयाँ दल दर्ता गर्ने भएको छ। जसको पूर्ण तयारीमसते भइसकेको छ। Continue reading “रेशम चौधरीले ‘तटस्थ’ता तोड्दै, कुन समूहमा लाग्लान्?”

जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गर्ने महन्थ समूहको निर्णय

महन्थ ठाकुर समूहले नयाँ दल दर्ता गर्ने भएको छ। राष्ट्रपतिबाट दल विभाजन सम्बन्धी अध्यदेश जारी हुनेवितिकै नयाँ दल दर्ताका लागि महन्थ समूह आजै निर्वाचन आयोग जाने भएको छ। नयाँ दल गठनका लागि यतिबेला बबरमहलस्थित पार्टी कार्यालयमा छलफल चलिरहेको उनी निकट एक नेताले जानकारी दिए। Continue reading “जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गर्ने महन्थ समूहको निर्णय”

रेशम चौधरीको रिहाइ माग गर्दै थारुहरुले घेरे माइतीघर [फोटो फिचर]

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चाले आयोजना गरेको विरोध प्रदर्शनमा नागरिक समाजका अगुवाहरु समेत सहभागी थिए।

नागरिक समाजका अगुवा नारायण वाग्ले, युग पाठक, श्रवण मुकारुङ, भास्कर गौतमलगायत सहभागगी थिए। नेता राजकुमार लेखीसहितका थारु नेताहरु पनि सहभागी थिए।

उनीहरुले टीकापुर घटनाको झुठो मुद्दा खारेज गर्न, लाल आयोग छानविन प्रतिवेदन सार्वजनिक गर्न, देवीराज शर्माको छानविन आयोग प्रतिवेदन सार्वजनिक गर्न, टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाइ गर्न, माननीय रेशम चौधरीलाई ससम्मान रिहाईलगायतका माग राखेका थिए। उनीहरुले विभिन्न नारा लेखिएका पम्पलेट बोकेर प्रदर्शन गरेका थिए।

दुई थारु सांसदसहित १४ जनालाई पदमुक्त गर्न एमालेको पत्र

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ। सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो। Continue reading “दुई थारु सांसदसहित १४ जनालाई पदमुक्त गर्न एमालेको पत्र”

यी हुन् कृशला चौधरी हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्त

दुई हप्ताअघि मृत अवस्थामा भेटिएकी कृशला चौधरीको हत्यामा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत साउन १९ गते मृत भेटिएकी त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको हत्यामा संलग्न सप्तरीका दुई जना युवक पक्राउ परेका हुन्। Continue reading “यी हुन् कृशला चौधरी हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्त”

२० प्रतिशतमै दल विभाजन हुनेगरी अध्यादेश जारी, माधव र महन्थलाई पार्टी फुटाउन सजिलो

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको बुहमत टिकाइराख्न थोरै संख्यामा पनि दल विभाजन गर्न सक्ने प्रावधान सहितको अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट गराएका हुन्। Continue reading “२० प्रतिशतमै दल विभाजन हुनेगरी अध्यादेश जारी, माधव र महन्थलाई पार्टी फुटाउन सजिलो”