नेकपा एमालेकी सांसद गंगा थारु सत्गौंवाले रेशम चौधरीलाई रिहाइ गर्न माग गरेकी छन्। संसदको शून्य समयमा बोल्दै उनले आफ्नो समुदायको हकहितको लागि आवाज उठाउने रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका हुन्। Continue reading “गंगा थारुको प्रश्न- २३ जनालाई जीउँदै जलाउने लोकतन्त्रवादी, रेशम चौधरीचाहिँ अपराधि?”
Author: Madan Kumar
पूर्व राजदूत विजयकान्त कर्णको दाबी, रेशम चौधरीलाई छाड्दैनन्
पूर्व राजदूत विजयकान्त कर्णले रेशम चौधरीलाई कुनै हालत नछाड्ने बताएका छन्। राजधानीमा आयोजित थरुहट थारुवान राष्ट्रिय मोर्चाको अन्तर्क्रियामा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले थारुहरुले आन्दोलन नगरेसम्म रेशम चौधरीको रिहाइ नहुने दाबी गरे। Continue reading “पूर्व राजदूत विजयकान्त कर्णको दाबी, रेशम चौधरीलाई छाड्दैनन्”
प्रदेश २ लोकसेवा आयोगले थारु महिलाको लागि छुट्यायो कोटा
प्रदेश दुईको लोक सेवा आयोगले पाँचौं र चौथो तहअन्तर्गत पदको बढुवाको सूचना निकालेको छ। जसमा थारु महिलाहरुको कोटा छुट्याएको छ। प्रदेश लोक सेवा आयोगले पहिलोपटक थारु महिलाको लागि कोटा छुट्याएको हो। आयोगले पाँचौ तहअन्तर्गत सामान्य प्रशासनमा एक जना थारु महिला, रेन्जर, वन, जनरल फरेस्ट्रीतर्फ एक जना थारु महिलालाई कोटा छुट्याएको हो। Continue reading “प्रदेश २ लोकसेवा आयोगले थारु महिलाको लागि छुट्यायो कोटा”
आन्दोलन गरौं र माग पूरा नभएसम्म शासकसँग वार्ता नगरौं : सुरेन्द्र चौधरी
टीकापुर राजबन्दी रिहाई राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले निलम्बित एवं जेलका रहेका सांसद रेशम चौधरीले स्पष्टरुपमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। उनले रिहाइको अन्तिम विकल्प आन्दोलनमात्र रहेको बताए। Continue reading “आन्दोलन गरौं र माग पूरा नभएसम्म शासकसँग वार्ता नगरौं : सुरेन्द्र चौधरी”
अख्तियार लगाएर थारुको छोरालाई फँसाइयो : विजय गच्छदार
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि सांसद पदबाट निलम्बनमा रहेको कांग्रेस उपसभापति विजयकुमार गच्छदारले आफ्नो ५० वर्षको राजनीति सिध्याउन ललिता निवासका विषयमा अख्तियारले मुद्दा चलाएको दावी गरेका छन्। Continue reading “अख्तियार लगाएर थारुको छोरालाई फँसाइयो : विजय गच्छदार”
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको पुष्टि गरे । Continue reading “लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दिए राजीनामा”
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो। २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। Continue reading “विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त”
क्रिष्टिला चौधरीको हत्या आशंकामा तीन जना पक्राउ
त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया किशोरी क्रिष्टिला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ। यही साउन १३ गतेदेखि बेपत्ता भएकी क्रिष्टिलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ। Continue reading “क्रिष्टिला चौधरीको हत्या आशंकामा तीन जना पक्राउ”
थरुहट थारुवान राष्ट्रिय मोर्चाको कार्यक्रममा आउँछु भनेर पनि आएनन् थारु सांसदहरु
थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंमा वृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। टीकापुर थरुहट थारुवान विद्रोहको ६ वर्ष पुगेको भन्दै मोर्चाले अन्तर्क्रिया गरेको हो। ७ भदौ २०७२ मा कैलालीको टीकापुर घटेको घटनालाई थारुहरुले विद्रोहको रुपमा लिँदै आएको छ। Continue reading “थरुहट थारुवान राष्ट्रिय मोर्चाको कार्यक्रममा आउँछु भनेर पनि आएनन् थारु सांसदहरु”
वडाध्यक्ष खेमराज चौधरी हतियारसहित पक्राउ
लाली जिल्लाको कैलारी गाउँपालिका-९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना हतियारसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गौरीगंगा नगरपालिका-९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको अवस्थामा सोमवार राति पक्राउ गरेको हो । Continue reading “वडाध्यक्ष खेमराज चौधरी हतियारसहित पक्राउ”