थारु कल्याणकारिणी सभाको उपत्यका सभापतिमाथि कुटपिट

थारु कल्याणकारिणी सभा उपत्यका समितिका सभापति सत्यनारायण चौधरीमाथि कुटपिट भएको छ। जग्गाको विषयलाई लिएर उनीमाथि महालक्ष्मी नगरपालिका वडँ ५ मा कुटपिट भएको पीडित चौधरीले बताए। Continue reading “थारु कल्याणकारिणी सभाको उपत्यका सभापतिमाथि कुटपिट”

सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी घोषित

कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले शुक्रबार आयोजना गरेको अवार्ड कार्यक्रममा पार्की वर्ष पुरुष र सिंह वर्ष महिला खेलाडी चयन भएका हुन् ।

त्यस्तै भलिबलकी सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी घोषित भएकी छिन् । चौधरीलाई बनदेवी क्लव पिपुल च्वाइस अवार्ड प्रदान गरिएको हो । उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पारिन् । चौधरीले ४५ दशमलव ९ प्रतिशत भोट पाइन् भने सिंहले ४४ दशमलव ८५ र चन्दले ९ दशमलव २५ प्रतिशत भोट पाइन् । नेपालको महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टीमकी महत्वपूर्ण खेलाडी थिईन् चौधरी । उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई भलिबलमा ऐतिहासिक रजत पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

कुस्तीका राजेन्द्र चन्द वर्ष प्रशिक्षक घोषित भएका छन् । दिनेश सोप बर्ष प्रशिक्षक अवार्ड चन्दलाई प्रदान गरिएको हो । कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई सारथी अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । तीन दशक अघि चार पटक नेपाल च्याम्पीयन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माउने कैलालीको गेटा निवासी भट्टलाई नेपाल खेलकुद पत्रकार सञ्च कैलालीले लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।

तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्दलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित गरेको छ । दुबै खेलाडीलाई न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड प्रदान गरिएको हो । त्यस्तै कुस्तीकी संगीता धामी निसर्ग अस्पताल बर्ष युवा खेलाडी घोषित भएकी छिन् ।ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन् । माया मेट्रो अस्पताल सुदूरपश्चिम आइकन (पुरुष) र दुवेलाई तिवारी मेडिसियन सुदूरपश्चिम आइकन (महिला) बाट पुरस्कृत गरिएको हो ।

जसपाले भन्यो- रेशम चौधरीको रिहाइ लेनदेनको विषय होइन

जनता समाजवादी पार्टी (जेसपा)का नेता राजकिशोर यादवले रेशम चौधरीको रिहाईलाई लेनदेनको विषय नबनाउन आग्रह गरेका छन् । Continue reading “जसपाले भन्यो- रेशम चौधरीको रिहाइ लेनदेनको विषय होइन”

थाकस एक दुई जना व्यक्तिको कठपुतली बनेको छ : राजकुमार लेखी

सर्वोच्च अदालतले नकपा एमाले र माओवादी केन्द्रलाई व्युँताएपछि नेपालको राजनीतिमा सत्ता समीकरणलाई लिएर नयाँ कोर्स सुरु भएको छ। हुनतः माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिए पनि ओली गठबन्धन वा कांग्रेस-माओवादी गठबन्धनका लागि राजनीतिक दलहरुबीच बृहत् छलफल भइरहेको छ। दुबै गठबन्धको केन्द्रविन्दुमा रहेको छ, जनता समाजवादी पार्टी (जसपा) नेपाल। Continue reading “थाकस एक दुई जना व्यक्तिको कठपुतली बनेको छ : राजकुमार लेखी”

थाकसको भातृसंस्था, युवा, विद्यार्थी र महिलाको राष्ट्रिय भेला चैत २८ र २९ गते हुने

थारु कल्याणकारिणी सभाको भातृसंस्थाहरु युवा सभा, विद्यार्थी सभा र महिला सभाको राष्ट्रिय भेला चैतमा हुने भएको छ। महामन्त्री प्रमीलाल चौधरीद्वारा जारी विज्ञप्तिअनुसार तीन वटै भातृसंस्थाको राष्ट्रिय भेला चैत २८ र २९ गते हुने भएको हो।
यसअघि चैत ७ र ८ गते भेला गर्ने निर्णय गरिएको थियो। त्यस्तै चैत १० गते कैलाली र कञ्चनपुर र ११ गते बर्दियादेखि मकवानपुरसम्म भेला तथा अन्तर्क्रिया गर्न निर्देशन दिइएको छ।

थारु राष्ट्रिय साहित्य सम्मेलन सुर्खेतमा हुने

थारु राष्ट्रिय साहित्य सम्मेलन २०७७ सुर्खेतमा हुने भएको छ। थारू लेखक संघको आयोजना, थारु पत्रकार संघ नेपाल, जंग्रार साहित्यक बखेरी, थारु कल्याणकारिणी सभा सुर्खेतलगायतको सहआयोजनामा सम्मेलन गर्न लागिएको हो। Continue reading “थारु राष्ट्रिय साहित्य सम्मेलन सुर्खेतमा हुने”

रेशम चौधरी छुटाउने जसपा र सरकारी कार्यदल कहाँ हरायो?

जसपाले संविधान संशोधन, निलम्बित सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक र मधेस र थरुहट आन्दोलनका झुटा मुद्दाहरु फिर्तालगायत माग अघि सारेर सरकारसँग वार्ता गर्न कार्यदल बनाएको थियो। Continue reading “रेशम चौधरी छुटाउने जसपा र सरकारी कार्यदल कहाँ हरायो?”

प्रचण्डलाई एमाले सचेतक शान्ता चौधरीको आरोपै आरोप

एमाले सचेतक शान्ता चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै एमाले फुटाउन लागिपरेको बताएकी छन्। उनले सामाजिक सञ्जालमा प्रचण्डको कुरामा नबहिकन एमाले नेताहरुलाई आग्रह गरेका छन्। Continue reading “प्रचण्डलाई एमाले सचेतक शान्ता चौधरीको आरोपै आरोप”

‘प्रवासमा थारु’ म्यागजिन नयाँ वर्षको अवसरमा विमोचन गरिने

थारू कल्याणकारिणी सभा युएईले नयाँ वर्षको अवसर पारेर ‘प्रवासमा थारू’ नामक म्यागजिन प्रकाशन गर्दैछ। म्यागजिनका लागि चाहिने सामग्रीहरु अहिले तयार भइरहेको सचिव धर्मराज महतोले जानकारी दिए। Continue reading “‘प्रवासमा थारु’ म्यागजिन नयाँ वर्षको अवसरमा विमोचन गरिने”

थारु चेलीले जितिन् स्वर्ण पदक

भारोत्तोलनका राष्ट्रिय खेलाडी देवसुन्दर यादवको स्मृतिमा राजविराजमा राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिता शनिबार सुरु भएको छ। पहिलो दिन महिला ४५ केजी सिनियर समूहमा नेपाल प्रहरीकी हीरामोती थारूले स्वर्ण जितेकी छिन्। Continue reading “थारु चेलीले जितिन् स्वर्ण पदक”