रेशम चौधरीलाई भेट्न जेलमै पुगे महेश बस्नेत, मन्त्रिपरिषद्ले रिहाइ प्रक्रिया सुरू गरेको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एक्सन प्लान’कार्यान्वयन गर्ने जिम्मेवारीमा रहँदा सधैँ चर्चामा आउने युवा नेता महेश बस्नेत र अहिले राष्ट्रिय चर्चाको शिखरमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशमलाल चौधरीबीच आज बिहान छलफल भएको छ । Continue reading “रेशम चौधरीलाई भेट्न जेलमै पुगे महेश बस्नेत, मन्त्रिपरिषद्ले रिहाइ प्रक्रिया सुरू गरेको दाबी”

स्वर्ण विजेता सन्जु चौधरी उज्वेकिस्तान प्रस्थान

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको तास्कान्द प्रस्थान गरेको छ । Continue reading “स्वर्ण विजेता सन्जु चौधरी उज्वेकिस्तान प्रस्थान”

नियात्रा : कैलाली गोरपासुमा टेंस

जोगेठ्वा सोम डेमनडौरा
फागुन मसान्तको समय । बसन्त ऋतुको आगमनसँगै हाम्रो यात्रा बर्दिया देखि कैलाली कन्चनपुर र बाँके सम्मको लागि तय भएको हुन्छ । रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं. ११ शंकरपुर बाट आभुषण बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्यहरुको अध्ययन भ्रमणलाई सहजीकरण गर्ने मेरो जिम्मेवारी थियो । यो जिम्मेवारी मेरा लागि खास बन्न पुग्यो । Continue reading “नियात्रा : कैलाली गोरपासुमा टेंस”

प्रधानमन्त्रीको प्रतिनिधि बनेर जब गृहमन्त्री थापा थाकसको धर्नामा पुगे…

गृहमन्‍त्री रामबहादुर थापा रेशम चौधरीको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन्। टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशमको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा गृहमन्त्री थापा पनि सहभागी भएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए। Continue reading “प्रधानमन्त्रीको प्रतिनिधि बनेर जब गृहमन्त्री थापा थाकसको धर्नामा पुगे…”

जेलबाट रेशम चौधरीको विज्ञप्ति, भने- जेलमा रहे पनि म सांसद हुँ, मेरो मर्यादा मलाई थाहा छ

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले जेलबाटै विज्ञप्ति निकालेका छन्। उनले केही मिडिया र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रामक तथा कपोकल्पित अभिव्यक्ति सार्वजनिक गरेको भन्दै ध्यानार्षण जनाएका छन्।

उनले आफू जेलमा रहेपनि सांसद भएको र आफूलाई सांसदको मर्यादा थाहा भएको उल्लेख गरेका छन्। ‘ जेलमा रहे पनि म सांसद हुँ। मेरो मर्यादा मलाई थाहा छ, म गलत शब्दले कसैलाई प्रहार गर्न परिकल्पना पनि गर्न सक्दैनँ,’ उनले भनेका छन्।

केही दिनअघि उनको नामबाट केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य गर्न नहुने अभिव्यक्ति सार्वजनिक भएको थियो। उक्त अभिव्यक्ति जसपाकै विद्यार्थी नेताहरुले सार्वजनिक गरेको बताइएको छ।

हेर्नुस् उनले जारी गरेको विज्ञप्ति।

म जेलमा छु। जेलमा रहेको व्यक्तिको बारेमा बाहिर जथाभाबी भ्रामक र कपोल्पित कुराहरु ल्याउनु विल्कुलै गलत हो।

बाहिर केही मिडियाहरुले गरेको गलत प्रचारप्रति मेरो ध्यान आकृष्ट भएको छ। जेलमा रहे पनि म सांसद हुँ। मेरो मर्यादा मलाई थाहा छ, म गलत शब्दले कसैलाई प्रहार गर्न परिकल्पना पनि गर्न सक्दैनँ।

पार्टीको विधि, पद्धति प्रक्रियाअनुसार अध्यक्ष महन्थ ठाकुरले काम गरी नै रहनुभएको छ। मेरो दलको अन्य नेताले मप्रति देखाएको सदासेयताप्रति म खुसी छु। सरकारमा सहभागी हुने, नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होइन, त्यो पार्टीको निर्णय होला।

पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कुराको कल्पनासमेत गर्न सकिँदैन। क्रिपया जथाभाबी, कपोल्पित र भ्रामक समाचार लेखेर मलाई दुःखि नबनाइदिनुहोला।

धनिराम चौधरीको बालुवाटार एक्सेस, कसरी भेटे प्रधानमन्त्रीलाई?

टीकापुर घटनामा अझै फरार अभियुक्तका रुपमा रहेका थारु कल्याणकारिणी सभाका सभापति धनिराम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्। चैतको पहिलो हप्ता उनले प्रधानमन्त्री निवास बालुवाटारमै गएर ओलीलाई भेटेका थिए। Continue reading “धनिराम चौधरीको बालुवाटार एक्सेस, कसरी भेटे प्रधानमन्त्रीलाई?”

‘प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीच के वार्ता भयो? सार्वजनिक गर’

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले प्रधानमन्त्री र भारतीय खुफिया एजेन्सी रअ प्रमुखबीच भएको भेटवार्ताको कुरा बाहिर ल्याउन माग गरेका छन्। Continue reading “‘प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीच के वार्ता भयो? सार्वजनिक गर’”

स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु, किरण चौधरी गम्भीर घाइते

दाङको तुलसीपुर ६ स्थित पब्लिक ज्ञान ज्योति माध्यामिक विद्यालयको मंगलबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार तुलसीपुर १६ गणेशपुर निवासी १८ वर्षीया सम्झना केसीको मृत्यु भएको हो। उनी कक्षा ११ मा पढ्थिन।

त्यस्तै यसअघि प्रहरीले मृत्यु भइसकेको बताएका किरण चौधरी गम्भिर घाइते भएका छन्। उनलाई कोहलपुरबाट थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। उनको प्लाष्टिक सर्जरीका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरुको सबै डिसार्ज भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए।

नोट: यसअघि प्रहरीले  गराएको जानकारीअनुसार किरण चौधरी र अस्मिता डाँगीको मृत्यु भएको खबर प्रकाशित भएकोमा क्षमायाचनासहित सच्याइएको छ।

राष्ट्रपतिसँग रेशम चौधरीको रिहाइ माग, दिइन् यस्तो आश्वासन

राष्ट्रपति विद्या देवी भण्डारीले रेशम चौधरीलगायत टीकापुर राजबन्दीहरुलाई रिहाइका लागि सम्बन्धित निकायहरुसँग समन्वय गर्ने बताएकी छन्। Continue reading “राष्ट्रपतिसँग रेशम चौधरीको रिहाइ माग, दिइन् यस्तो आश्वासन”

‘प्रधानमन्त्रीज्यु तपाइँ कता? हामी यता’ भन्दै थारुहरुको माइतीघरमा धर्ना

थारु कल्याणकारिणी सभाले रेशम चौधरीको रिहाइ माग गर्दै माइती घर मण्डलामा नियमित धर्ना सुरु गरेको छ। Continue reading “‘प्रधानमन्त्रीज्यु तपाइँ कता? हामी यता’ भन्दै थारुहरुको माइतीघरमा धर्ना”