राष्ट्रपति र प्रधानमन्त्रीले ‘कू’ गरेर संसद विघटन गरे : गोपाल दहित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहितले राष्ट्रपति र प्रधानमन्त्री मिलेर कू गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको बर्दियाको राजापुरमा आयोजित विरोधसभामा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धज्जी उडाउँदै कू गरेको आरोप लगाए। Continue reading “राष्ट्रपति र प्रधानमन्त्रीले ‘कू’ गरेर संसद विघटन गरे : गोपाल दहित”

गौरीशंकर चौधरी मन्त्री बनेपछि उनकै क्षेत्रमा पुतला दहन, मेयरले दिए चुनौती

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सपथ ग्रहण गरेको २४ घण्टा बित्न नपाउँदै उनकै निर्वाचन क्षेत्रमा पुतला दहन भएको छ। कैलाली निर्वाचन क्षेत्र नं. ३ स्थित उनकै घर रहेको कैलारी गाउँपालिकाका हसुलियामा उनकै समर्थकहरुले शनिबार दिउँसो पुतला दहन गरेका हुन्। Continue reading “गौरीशंकर चौधरी मन्त्री बनेपछि उनकै क्षेत्रमा पुतला दहन, मेयरले दिए चुनौती”

थाकस युएईमा नयाँ नेतृत्व चयन, खोर बहादुर चौधरी बने नयाँ अध्यक्ष

थारु कल्याणकारिणी सभा (थाकस) युएईको पाँचौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। शुक्रबार दुबईको जाबिल पार्कमा सम्पन्न अधिवेशनले खोर बहादुर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। Continue reading “थाकस युएईमा नयाँ नेतृत्व चयन, खोर बहादुर चौधरी बने नयाँ अध्यक्ष”

प्रचण्डको साथ छाडेर गौरीशंकर चौधरी ओलीतिर, श्रममन्त्री नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिपरिषदमा अधिकांश नयाँ अनुहार समेटिएको छ। केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। Continue reading “प्रचण्डको साथ छाडेर गौरीशंकर चौधरी ओलीतिर, श्रममन्त्री नियुक्त”

नेकपाको दुवै गुटको छुट्टाछुट्टै भेला, ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड-नेपाल समूहको निर्णय

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । Continue reading “नेकपाको दुवै गुटको छुट्टाछुट्टै भेला, ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड-नेपाल समूहको निर्णय”

टीकापुर घटनाबारे बोलेन जसपा, संसद् विघटनविरुद्ध भने राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने

जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो। Continue reading “टीकापुर घटनाबारे बोलेन जसपा, संसद् विघटनविरुद्ध भने राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने”

बर्दियाको ठाकुरद्धारामा थारु साहित्यिक सम्मेलन, दस जना स्रष्टा सम्मानित

जंग्रार साहित्यिक बखेरीको दशवा वर्षगाँठको अवसरमा बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्धारामा थारु साहित्यिक बखेरी भव्य रुपमा सम्पन्न भएको छ। Continue reading “बर्दियाको ठाकुरद्धारामा थारु साहित्यिक सम्मेलन, दस जना स्रष्टा सम्मानित”

थारु आयोगको सदस्यमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस

संवैधानिक परिषद्ले रिक्त विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्ले नियुक्तिका लागि सिफारिस गरेको पत्र आइतबार संसद सचिवालयमा पुगेको छ। Continue reading “थारु आयोगको सदस्यमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस”

अदालतको फैसलामाथि जनजाति महासंघले भन्यो- मुलुकमा अब द्वन्द्व बढ्छ

नेपाल आदिवासी जनजाति महासंघले टीकापुर घटनाको सम्बन्धमा उच्च अदालत दिपायलले गरेको फैसलाले मुलुकमा द्वन्द्व बढ्ने निश्चित भएको जनाएको छ। Continue reading “अदालतको फैसलामाथि जनजाति महासंघले भन्यो- मुलुकमा अब द्वन्द्व बढ्छ”

राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनावकाे घाेषणा

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ । Continue reading “राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनावकाे घाेषणा”