थारु फिल्म सङ्हातिको शुभमुहुर्त

थारु भाषाको कथानक चलचित्र सङ्हातिको आज एक कार्यक्रम बीच शुभमुहुर्त सम्पन्न भएको छ । खैरहनीमा रहेको डिज्नी पार्क रिसोर्टमा वडा नं. ७ का वडाध्यक्ष मनेजर चौधरीको प्रमुख आतिथ्यमा शुभमुहुर्त सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मनेजर चौधरी लगायत अतिथिहरु वडा नं. ९ का वडाध्यक्ष होम कुमार पुन, वडा नं. ६ का वडाध्यक्ष रामशरण पाण्डे, थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरी, थारु पत्रकार संघ नेपाल चितवन शाखाका निवर्तमान अध्यक्ष कारी महतो लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अतिथिहरुले थारु भाषाको फिल्मले मनोरञ्जन दिनुका साथै सकारात्मक सन्देश दिने र थारु भाषा संस्कृतिलाई जगेर्ना गरेर जिवन्त तुल्याउने अपेक्षा गरेका छन्।

डियर लव फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता हरिशरण चौधरी र थन बहादुर महतो रहेका छन् । फिल्मको लेखन तथा निर्देशन किशोर चौधरीले गर्दैछन् । फिल्ममा गीतको शब्द, संगीत पनि किशोर चौधरीकै रहेको छ । सुमधुर स्वरका धनी सुरेश लामा, अन्नु चौधरी र आदेशको गायन, किशोर र हिरा चौधरीको नृत्य, मनोज चौधरीको द्वन्द, संजय लामाको श्रृंगार, रवि कोइराला र लक्ष्मण घिमिरेको छायाङ्कन रहेको छ ।

चितवन, कैलाली, जनकपुर, राजस्थान लगायत क्षेत्रमा छायाङ्कन गरिने फिल्मको मुख्य भूमिकामा जितेन्द्र चौधरी र शोभा चौधरी नायक÷नायिकाको रुपमा देखिनेछन् । अन्य कलाकारहरुमा भुलन चौधरी, हरिशरण चौधरी, सरिता महतो, विनिता चौधरी साथै विशेष अतिथि कलाकारमा सुरेश चौधरीको भूमिका रहने जनाइएको छ ।

युवाजगतले आफ्ना बुबाआमासमक्ष अभिव्यक्त गर्न नसक्ने सुखदुखका हरेकक्षण साथी वा सङ्हातिलाई कसरी प्रस्तुत गर्छन् ? साथीका लागि के कस्तो काम गर्न तयार हुन्छन् ? र जीवनसाथीलाई सङ्हातिको रुपमा कसरी प्रस्तुत गरिएको छ ? यो सबै मुल्यांकन गर्नका लागि फिल्म नै हेर्नुपर्ने निर्देशक किशोर चौधरीले बताएका छन् ।

शुभमुहुर्त कार्यक्रम निर्माता हरिशरण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । यो फिल्म खिचरा र फागुको बीचमा रिलिज गर्ने लक्ष्य रहेको निर्माता चौधरीले बताए ।

परम्परागत ज्ञान-सीप संरक्षणका लागि थारु आयोगद्वारा गुरौहरुसँग अन्तरक्रिया

थारु समुदायको परम्परागत ज्ञान, सीप तथा प्रविधिहरु संरक्षण गर्ने उद्देश्यले आज थारु आयोगले चितवनको सौराहामा थारु गुरौहरु र स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न गरेको छ। थारु आयोगका अध्यक्ष विष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चितवन लगायत पूर्वी नवलपुर र मकवानपुर जिल्लाका थारु गुरौहरुको सहभागिता रहेको थियो।

सदियौंदेखि विभिन्न महामारी, रोगव्याधि, जंगली जनावरहरुबाट बच्न र बचाउन थारु गुरौहरुको परम्परागत ज्ञानकै सहारा लिदैं आएको सहभागीहरुले बताए। ‘नेपाल सरकारले गरेको लकडाउन र क्वारेन्टिन हामीले विभिन्न महामारीको समयमा सयौं वर्ष अगाडिदेखि बरनाको रुपमा प्रयोग गर्दै आएका थियौं,’ सहभागी गुरौहरुले बताए।

परिवार नियोजनका लागि थारु गुरौहरुले सयौं वर्ष अगाडिदेखि जडीबुटीबाटै सफलता हासिल गरी हालसम्म सफल प्रयोग गरिरहेको बताए। सामान्य रोगव्याधिदेखि हाडजोर्नी, सरुवा रोग नियन्त्रणलगायत थुप्रै रोगहरुको उपचार अहिले पनि गुरौहरुले गर्ने गरेका छन्।

थारु परम्परागत ज्ञानसीप र प्रविधिहरु व्यावसायीकरण र पुस्ताहस्तान्तरण हुन नसकी लोपोन्मुख अवस्थामा रहेकोले यस्ता ज्ञानसीप र प्रविधिहरु संरक्षण गर्नुका साथै पेटेन्ट राइट स्थापित गर्नका लागि थारु आयोगले पहल गरेको आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले बताए।
अर्को एक प्रसंगमा थारु आयोगको सिफारिस बिना नै नेपाल सरकारले राना थारुलाई थारु समुदायबाट अलग गरेकोमा आयोगका अध्यक्ष चौधरीले आपत्ति जनाएका छन्। ‘राना थारुहरु अलग हुनुपर्ने जरुरी थिएन,’ अध्यक्ष चौधरीले बताए।

राना थारुहरु अलग भए पनि आयोगले राना थारुलगायत सम्पूर्ण थारु समुदायको संवैधानिक हकअधिकार, पहिचान र सशक्तिकरणसम्बन्धि कार्यक्रमहरु तीब्रताका साथ अगाडि सारेको अध्यक्ष चौधरीले बताए।

थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले थारु आयोगले थारु समुदायको राजनैतिक पँहुच वृद्धि गर्ने कार्यक्रमलाई सबैभन्दा प्राथमिकताकासाथ अगाडि लैजानुपर्ने बताएका छन्।

थारु कल्याणकारिणी सभा नवलपरासीका जिल्ला सभापति रामप्रसाद महतोले थारु समुदायको पराम्परागत ज्ञान, सीप वैज्ञानिक र व्यवहारिक भएता पनि नेपाल सरकारले कानूनी मान्यता दिन नसकेकोले लोप हुन लागेको बताए।

कार्यक्रममा थारु आयोगका उपसचिव अन्जुसिंह के।सी।ले कार्यक्रमको औचित्य बारे र उपसचिव पद्मनिधि सोतीले थारु आयोगबारे संक्षिप्त जानकारी प्रस्तुत रेकी थिइन३।
त्यस्तै पत्रकार तथा साहित्यकार डा। कृष्णराज सर्वहारीले थारु गुरौहरुमा भएको ज्ञान, सीप सम्बन्धि र हरिमाया थनेतले थारु समुदायको थर सम्बन्धि जानकारी प्रस्तुत गरेका थिए।

 

श्रीनिवास र अन्नुको गीतमा निर्देशक दम्पतिको अभिनय

निर्देशक हीरा चौधरी र उनकी धर्मपत्नी कल्पना चौधरीले अभिनय गरेको नयाँ थारु म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको साँस से साँस मिलाके बोलको गीत यसअघि नै टिकटकमा भाइरल बनेको थियो। भिडियो दूई आत्माको प्रेम कहानीमा आधारित छ।

गीतमा केशव राजवंशीको शब्द, श्याम चौधरीको संगीत र गणेश चौधरीको संगीत संयोजन रहेको छ।

हीरा चौधरीले नै निर्देशन गरेको भिडियोलाई लक्ष्मण घिमिरेले खिचेका हुन् भने सुरेश चौधरीले सम्पादन गरेका छन्। कल्पनाले यसअघि नै विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

गायकद्वय श्रीनिवास र अन्नु चौधरी जोडी यसअघि पनि थुप्रै हिट गीत गाइसकेका छन्। गायक श्रीनिवासका अनुसार उनै अन्नुसँग धक धक करे मोरे जिया बोलको गीत छिट्टै सार्वजनिक गरिनेछ। त्यस्तै निकिता थारुसँग श्रीनिवासको अर्को गीत रि सौरीको छायाँकन सकिएर पोस्टप्रोडक्‍सनको काम भइरहेको छ। चितोनिया भाषाको यो गीतको भिडियो पनि छिट्टै सार्वजनिक गरिने गायक चौधरीले बताए।

कांग्रेसले देशव्यापी आन्दोलन गर्ने, विभिन्न सहरमा खटाइए केन्द्रीय नेता

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहारको विरोधमा कांग्रेसले साेमबार गर्ने विरोध प्रदर्शनमा शीर्ष नेतालाई जिल्लामा पठाइने भएको छ । देशका मुख्य स्थानमा हुने कार्यक्रममा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । Continue reading “कांग्रेसले देशव्यापी आन्दोलन गर्ने, विभिन्न सहरमा खटाइए केन्द्रीय नेता”

विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद‍्को निर्णय

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ। Continue reading “विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद‍्को निर्णय”

विकृति हटाउन थारू समुदायमा दिउँसै बिहे

थारू समुदायमा रात्रिकालीन विवाह कार्यक्रम गर्दा विकृति बढेपछि अहिले दिवाकालीन विवाह गर्ने क्रम बढेको छ। पर्सा जीराभवानी गाउँपालिका–७ शङ्करसरैया निवासी देवराज राउतले राति हुने विवाहमा मदिरासेवन गरेर होहल्ला हुने गरेकाले आफ्नो छोराको बिहे दिउँसो गरेको बताए। Continue reading “विकृति हटाउन थारू समुदायमा दिउँसै बिहे”

प्रदेश २ लोकसेवा आयोगद्वारा २४ पदमा विज्ञापन आह्वान

प्रदेश २ को लोकसेवा आयोगले पहिलो पटक प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी/सातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो । Continue reading “प्रदेश २ लोकसेवा आयोगद्वारा २४ पदमा विज्ञापन आह्वान”

थाकस युएईको अधिवेशन डिसेम्बर २५ मा, यसवर्ष माघी साँस्कृतिक कार्यक्रम नहुने

थारु कल्याणकारिणी सभा (थाकस) युएईले माघी अगावै आफ्नो वार्षिक साधारणसभा गर्ने भएको छ। युएई सरकारले कोरोना महामारीका कारण सार्वजनिकरुपमा कार्यक्रम गर्न बन्देज लगाएपछि माघी अगावै अधिवेशन गर्न लागेको थाकस युएईले जानकारी दिएको छ। Continue reading “थाकस युएईको अधिवेशन डिसेम्बर २५ मा, यसवर्ष माघी साँस्कृतिक कार्यक्रम नहुने”

बुबाको पार्थिव शरीरमा छोरी अञ्जु चौधरीले दिइन् दागबत्ति

दिवंगत बुबाको पार्थिव शरीरमा छोरी अन्जु चौधरीले दागबत्ति दिएकी छन्। घोराही उपमहानगपालिका १७ गुलरिया निवासी ५७ वर्षीय दिवंगत प्रकाश चौधरीकी कान्छी छोरी अन्जुले दागबत्ति दिएकी हुन्। Continue reading “बुबाको पार्थिव शरीरमा छोरी अञ्जु चौधरीले दिइन् दागबत्ति”

अन्नु चौधरी र खेम चौधरीको नयाँ गीत सार्वजनिक, केप र मोनिकाको रचियो विवाह