प्रदेश ५ को प्रदेशसभा बैठकमा कुर्सी तोडफोड

प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ । Continue reading “प्रदेश ५ को प्रदेशसभा बैठकमा कुर्सी तोडफोड”

थारु पहिरनमा सजिइन् पूर्व मिस नेपाल शृंखला खतिवडा

पूर्व मिस नेपाल शृंखला खतिवडा थारु पहिरनमा सजिएकी छिन्। उनी मोरंगिया थारु पहिरनमा सजिलएकी हुन्। उनले इन्स्टाग्राम पोस्टमार्फत् केही तस्बिरसमेत सार्वजनिक गरेकी छन्। उनले इन्स्टा स्टोरीमा थारु बच्चाहरुसँग खेल्दै गरेको थारु खाना खाएको भिडियो समेत सेयर गरेकी छन्। Continue reading “थारु पहिरनमा सजिइन् पूर्व मिस नेपाल शृंखला खतिवडा”

राज र सोनु कुश्मीको हुर्दुङ‍्वा गीतको भिडियो सार्वजनिक

आरकेसी डिजिटलले हुर्दुङवा गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। राज कुश्मीको शब्द संगीत रहेको गीतमा राज र सोनु कुश्मीको स्वर रहेको छ। गणेश चौधरीको संगीत संयोजन रहेको गीतमा राजले मन्दरा र नन्दुराज चौधरीले मञ्जिरा बाजा बजाएका छन्। Continue reading “राज र सोनु कुश्मीको हुर्दुङ‍्वा गीतको भिडियो सार्वजनिक”

वृद्ध तर जोश युवाको जस्तै

चन्द्रकान्त लगातार ३० वर्ष प्रधानपञ्च भएर नेतृत्व गरे । २०४६ सालको क्रान्तिपछि भने उनी कांग्रेसमा आबद्ध भए । ०४९ सालको स्थानीय चुनावमा कांग्रेसबाट उनी सप्तरीको पाता गाविस अध्यक्षमा निर्वाचित भए । अहिले राजपाबाट प्रतिनिधि सभाको सदस्य चुनिएका उनी राजनीतिमा हार्न जानेका छैनन् ।

लालसा हुनुपर्छ, राजनीति गर्नलाई उमेरले छेक्दैन । उनले ७१ वर्ष पूरा गरे । तर देश र समाजलाई समृद्धितर्फ डो¥याउने उनको इच्छा मरेको छैन । हुन त उनी पञ्चायतकालमा प्रधानपञ्च हुँदै गाउँ ठाउँको विकासमा लागेका थिए । त्यो क्रम अहिले पनि कायमै छ ।

देशमा भएका विभिन्न कालखण्डका राजनीतिक घटनाक्रमका साक्षी चन्द्रकान्त चौधरी २००४ सालमा सप्तरीको पातो गाउँमा बुबा उमाकान्त चौधरी र आमा युदामणि चौधराइनको कोखबाट जन्मिएका थिए । राम्रो पारिवारिक वातावरणमा जन्मिएका उनको लालन पोषण पनि राम्रोसँग भयो । बुबाले छोरालाई पढ्नुपर्छ भनेर राम्रो शिक्षा दिन छिमेकी देश भारत पठाए । चन्द्रकान्तले भारतबाट म्याट्रिक पास गरे । उनी नेपाल आएको केही समयमै सो क्षेत्रका प्रधानपञ्च भए ।

प्रधानपञ्च भएपछि उनले समाज परिवर्तन गर्ने उपायहरुबारे चिन्तनमनन गर्न थाले । शिक्षा नै त्यस्तो चिज हो, जसले मानिसलाई ज्ञानगुनका कुरा मात्र सिकाउँदैन, आत्सम्मान र व्यक्तिगत क्षमताको पनि विकास हुने भन्दै उनले गाउँमा स्कुल खोल्ने निर्णय गरे । त्यसका लागि चाहिने जमिन र पूर्वाधारहरुको खोजी पनि उनी आफैँले गरे । त्यसबेला उनले स्कुलका लागि ४७ विघा जमिन दान गरेको सम्झिन्छन् । ‘त्यतिबेला नेपाली जनताका छोराछोरीले पनि पढ्न पाउनुपर्छ भनेर शिक्षामा लगानी गरेँ । ती दिन अहिले सम्झिँदा बडो खुसी लाग्छ,’ चन्द्रकान्त विगत सम्झिन्छन् ।

चन्द्रकान्त लगातार ३० वर्ष प्रधानपञ्च भएर नेतृत्व गरे । २०४६ सालको क्रान्तिपछि भने उनी नेपाली कांग्रेसमा आबद्ध भए । सामाजिक अभियन्ता र राजनेताको परिचयसमेत बनाएका उनलाई ०४९ सालको स्थानीय चुनावमा कांग्रेसले टिकट दियो । उक्त चुनावमा पनि उनी पाता गाविस अध्यक्षमा निर्वाचित भए । त्यसपछि पनि उनले जनताप्रतिको आफ्नो जिम्मेवारी बहन गर्ने प्रयास गरे ।

पार्टीभित्र पनि उनी जिल्ला कमिटी हुँदै केन्द्रीय नेतृत्वसम्मै पहुँच बनाए । ०६२–०६३ को जनआन्दोलनपछि धेरै नयाँ अनुहारहरु आए । लगत्तै भएको पहिलो संविधान सभा चुनावमा उनी तथस्त बसे । एक दसकको विश्रामपछि उनमा पुनः चुनाव लड्ने इच्छा जागेर आयो । सरकार र जनताबीचको तिक्तताका कारण पनि उम्मेदवारी दिन उनलाई कर लाग्यो । २०७४ को स्थानीय चुनावका लागि उनले पार्टीमा लबिङ गरे, तर टिकट पाएनन् । उनले पार्टी छाडेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिए । पराजित भएपनि उनले उक्त चुनावमा सम्मानजनक मत ल्याए ।

त्यहीबेला चन्द्रकान्त मधेसी दलको नजरमा परेका थिए । उनलाई पार्टीभित्र भित्र्याउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम दुवैतर्फका नेताले तीव्र लबिङ गरेको उनी सम्झिन्छन् । उनले अन्त्यमा भने राजपाबाट चुनाव लड्ने मनसाय बनाए । त्यसका लागि राजपाले पनि प्रतिनिधिसभाकै लागि उनलाई टिकट दियो । त्यतिबेला आफ्नै सहोदर भाइको उम्मेदवारी पनि सो क्षेत्रबाट प¥यो । भाइ ताराकान्त चौधरीले एमालेबाट उम्मेदवारी दिएका थिए । त्यसका बावजुद पनि चन्द्रकान्तले हरेस खाएनन् । जनताबीच आफ्नो असल म्यान्डेड बोकेर गए । नभन्दै उनी प्रतिनिधिसभा चुनावमा निर्वाचित पनि बने । त्यसको श्रेय उनले जनतालाई दिन चाहन्छन् ।

‘यो क्षेत्रमा मैले इमानको राजनीति गरेको छु । जसको परिणाम यहाँका स्थानीयले मलाई दिनुभएको छ । यहाँका जनताको भरोसा मैले तोड्नु हुँदैन । यहाँका जनतालाई समृद्धिको बाटो डो¥याउने जिम्मेवारी मेरो काँधमा आएको छ । जुन मैले शिरोपर गर्नेछु,’ उनले भने ।

 

समाजसेवामै दुई बिघा बेचेका रामलाल महतो

हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा चितवनको प्रदेश ३ (ख) बाट बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रही भारी मतले विजयी भएका रामलाल महतोले आफूमात्र जितेनन्, सोही क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)लाई समेत भारी मतले विजयी गराए । Continue reading “समाजसेवामै दुई बिघा बेचेका रामलाल महतो”

थारु गाउँमा के गर्दैछिन् पूर्वमिस नेपाल शृंखला खतिवडा?

दुई नयाँ म्युजिक भिडियो र एउटा अडियो गीत सार्वजनिक

रेशम चौधरीको तेस्रो कृति ‘परिबन्द’ आउँदै, प्रवासी थारूहरुले सहयोग गरे दुई लाख

रेशम चौधरीको तेस्रो कृति ‘परिबन्द’ आउने भएको छ। टीकापुर घटनामा जेलजीवन विताइरहेका रेशम चौधरीले यही साता परिवन्द नामक कृति सार्वजनिक गर्ने भएका हुन्। Continue reading “रेशम चौधरीको तेस्रो कृति ‘परिबन्द’ आउँदै, प्रवासी थारूहरुले सहयोग गरे दुई लाख”

सांसद अमनलाल मोदी १३औं दिनमा कोरोनामुक्त

सांसद् अमनलाल मोदी कोरोनामुक्त भएका छन्। ४ असोजमा कोरोना संक्रमण पुष्टि भएका सांसद मोदी शनिबार कोरोनामुक्त भएका हुन्। Continue reading “सांसद अमनलाल मोदी १३औं दिनमा कोरोनामुक्त”

दाङमा स्थायी राजधानी प्रस्ताव गरेपछि रुपन्देहीका सांसद तुल्सीप्रसाद चौधरीले लेखे ‘नोट अफ डिसेन्ट’

बुटवलबाट प्रदेश राजधानी सारेर दाङ लैजाने संसदीय दलको निर्णयविरुद्ध सांसद तुल्सी प्रसाद चौधरीसहित नेकपाका १६ जना संसदहरुले फरक मत अर्थात् ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। Continue reading “दाङमा स्थायी राजधानी प्रस्ताव गरेपछि रुपन्देहीका सांसद तुल्सीप्रसाद चौधरीले लेखे ‘नोट अफ डिसेन्ट’”