प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ। विशेषगरी प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ। Continue reading “प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव दुई तिहाइले पारित”
Author: Madan Kumar
देउखुरी थारु, मगर र मधेसी समुदायको सभ्यताको संगम हो : मुख्यमन्त्री पोखरेल
काठमाडौं- प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका रुपमा प्रस्ताव गरिएको देउखुरी क्षेत्रले प्रदेशकै साझा मनोविज्ञको प्रतिनिधित्व गर्ने बताएका छन्।
सरकारले प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन्। Continue reading “देउखुरी थारु, मगर र मधेसी समुदायको सभ्यताको संगम हो : मुख्यमन्त्री पोखरेल”
नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको हो।
उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्। Continue reading “नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण”
उदयपुरको बेल्हामा बन्यो थारु संग्रहालय
उदयपुरको बेलका नगरपालिका वडा नम्वर-२ बेल्हामा थारु संग्रहालयको स्थापना गरिएको छ। बेलका नगरपालिका वडा-२ बेल्हामा नगर स्तरीय थारु उत्थान विकास समितिको सक्रियतामा स्थापना भएको हो।
बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीको पहलमा उक्त संग्रहालयको स्थापना भएको संग्रहालयका अध्यक्ष मिश्रीकान्त चौधरीले बताए। Continue reading “उदयपुरको बेल्हामा बन्यो थारु संग्रहालय”
थारु भाषाको कथा संग्रह ‘सँप रजुवा’ सार्वजनिक
लामो समय शिक्षण पेशामा बिताएकी नेपालगञ्ज उपमहानगरपालिका–१२ की किरण आचार्यको तेस्रो कृति सँप रजुवाको सार्वजनिक भएको छ।
थारु भाषामा लिखित सँप रजुवा (बट्कुही संग्रह–२०७७) सोमबार सार्वजनिक गरिएको हो। यसअघि उनको लघु कविता संग्रह–२०६१ र अस्तित्व (लघु कविता संग्रह–२०६५) प्रकाशित भएको छ। Continue reading “थारु भाषाको कथा संग्रह ‘सँप रजुवा’ सार्वजनिक”
कांग्रेस सांसदलाई दाङको विपक्षमा मतदान गर्न ह्वीप, कुनै हालतमा ह्वीप नमान्ने डिल्ली चौधरीको घोषणा
नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बुटवलमै राजधानी यथावत राख्ने पक्षमा छ। Continue reading “कांग्रेस सांसदलाई दाङको विपक्षमा मतदान गर्न ह्वीप, कुनै हालतमा ह्वीप नमान्ने डिल्ली चौधरीको घोषणा”
देउखुरीलाई प्रदेश राजधानी बनाउनु थारुको देशभक्ति र समर्पणको सम्मान
सर्वोच्च अदालतले भर्खरै राष्ट्रपतिव्दारा सरकारको सिफारिशमा, खाली रहेको राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतम बिरुध्द को मुद्दालाई सर्वोच्च अदालतले “हेर्दाहेर्दै” मा राख्न थालेपछि राष्ट्रिय राजनीतिमा अनेकौं संशयले जन्म लिएका छन् । Continue reading “देउखुरीलाई प्रदेश राजधानी बनाउनु थारुको देशभक्ति र समर्पणको सम्मान”
प्रदेशसभामा कांग्रेस सांसदको विरोध, कांग्रेसकै चार थारु केन्द्रीय सदस्यद्वारा भालुवाङको स्वागत
प्रदेश ५ को राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने प्रस्तावको कांग्रेसकै केही सांसदले विरोध गरिरहेका बेला त्यस क्षेत्रका आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यले भने स्वागत गरेका छन्। Continue reading “प्रदेशसभामा कांग्रेस सांसदको विरोध, कांग्रेसकै चार थारु केन्द्रीय सदस्यद्वारा भालुवाङको स्वागत”
राजधानीको विषयलाई लिएर प्रदेशसभा बैठकमा नेकपाकै सांसद तुल्सी चौधरीको विरोध
प्रदेश ५ को स्थायी राजधानी र नामबारे प्रदेश सरकारले राखेको प्रस्तावलाई अघि बढाउन सोमबार सुरु भएको प्रदेश सभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदले अवारेध गरेकाका छन्। Continue reading “राजधानीको विषयलाई लिएर प्रदेशसभा बैठकमा नेकपाकै सांसद तुल्सी चौधरीको विरोध”
थारु आयोगद्वारा लोक गीत संकलनका लागि संकलनकर्ताको आह्वान, उचित पारिश्रमिक दिइने
थारु आयोगले मातृभाषाका लोक गीतहरु संकलन गर्ने भएको छ। आयोगले त्यसका लागि प्रस्ताव पेस गर्न संकलनकर्तालाई आह्वान गरेको छ। Continue reading “थारु आयोगद्वारा लोक गीत संकलनका लागि संकलनकर्ताको आह्वान, उचित पारिश्रमिक दिइने”