
Author: Madan Kumar
रितु चौधरी




कोरोना संक्रमित सांसद अमनलाल मोदीको स्वास्थ्यबारे सभामुखको चासो
संघीय संसद् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसद अमनलाल मोदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। गत ३० भदौमा काठमाडौंबाट बिराटनगरस्थित आफ्नो निवास पुगेका मोदीलाई असोज ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा व्यस्त भएका बेला ज्वरो आउन थालेपछि गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएपछि उनलाई बिराट नर्सिङहोममा राखिएको थियो। त्यसलगत्तै उनको परिवारका सदस्यहरु आमा, श्रीमती र २ छोरामा पनि कोरोना संक्रमण देखिएको उनका स्वकीय सचिव ताजिम अन्सारीले जानकारी दिए। Continue reading “कोरोना संक्रमित सांसद अमनलाल मोदीको स्वास्थ्यबारे सभामुखको चासो”
सुनिता दहित





बर्दियामा कोरोनाबाट वडाध्यक्ष सूर्यबहादुर थारुको मृत्यु
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सूर्यबहादुर थारु कमलको आज कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमण भएर भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा ३९ बर्षीया वडा अध्यक्ष थारुको मृत्यु भएको हो ।
एक साता देखि नै भेरी अस्पतालमा उपचार गराईरहेका वडा अध्यक्ष थारुको आज बिहान करिब साढे १० बजेको समयमा मृत्यु भएको अस्पताल प्रसाशनले घोषणा गरेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी गराउनु भएको छ ।
करिब एक साता देखि नै घरमा बिरामी रहेका अध्यक्ष थारुलाई उपचारका लागि भदौ २९ गते भेरी अस्पताल लगिएको थियो । अस्पतालमा कोरोना परिक्षण गर्दा भदौ ३० गते नै कोरोना पोजेटिभ रहेको पुष्टी भएको थियो । कोरोनाका कारण गम्भिर अबस्था भएको कारणले अपस्तालको आईसोलेशनमा उपचार क्रममा वडा अध्यक्ष थारुको मृत्यु भएको हो ।
बर्दियामा वडा अध्यक्ष थारु सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ भने बर्दियामा कोरोना संक्रमितको संख्या ५ सय ९५ जना रहेको छ ।
थारू कला सिनेमामा जोड : निर्देशक मदन चौधरी
माघीको छेको पारेर थारू गायकहरुले धमाधाम थारू गीत अपलोड गरिरहेका छन्। यही मेसोमा थारू सिनेमा ‘भुरभुरा रहर’को थरुहटका विभिन्न जिल्लामा च्यारिटी सो भइरहेको छ। प्रस्तुत छ, उक्त सिनेमाका निर्देशक मदन चौधरीसँग अन्नपूर्ण पोस्ट् प्रतिनिधिले गरेको कुराकानी : Continue reading “थारू कला सिनेमामा जोड : निर्देशक मदन चौधरी”
टीकापुर सम्मेलनमा बाबुरामले भने- ‘तपाइँहरु विद्रोह नरोक्नुस्, हामी साथ दिन्छौं’
घाँटीमा गम्छा अनि निधारमा ‘थरुहट/थारुवान जिन्दावान’ लेखिएको सेतो फेटा बाँधेका बाबुराम भट्टराई। टीकापुरमा शनिबार सुरु थरुहट/थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएका उनी तीन घण्टासम्म मञ्चमा बसेर थारु अनि गैरथारु नेताहरूको भाषण सुने। Continue reading “टीकापुर सम्मेलनमा बाबुरामले भने- ‘तपाइँहरु विद्रोह नरोक्नुस्, हामी साथ दिन्छौं’”




