समाज

दुई आन्दोलनकारीको मृत्युपछि सप्तरीमा कर्फ्यू आदेश, स्थिति तनावग्रस्त

स्थानीय प्रशासनले आन्दोलनकारीले गोली र पेट्रोल बम प्रहार गरेपछि जवाफी कारबाही गरेको बताएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा परिषद्को बैठकपछि जारी विज्ञप्तीमा सुरक्षाकर्मीमाथि चौतर्फी आक्रमण भएको उल्लेख छ।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्व घोषणा अनुसार शनिबारदेखि राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ । आन्दोलनकारीले पूर्व पश्चिम राजमार्गको सप्तरीको विभिन्न खण्डमा धर्ना दिएका छन् । भारदहको तीन ठाउँमा उनीहरुले धर्ना दिएका छन् । धर्ना दिन अधिकांश आन्दोलनकारी हातमा लाठी बोकेका छन् ।

थारूवान

थारु समुदायलाई मात्र लाग्ने वंशानुगत रोगबारे सरकारी तवरबाट अध्ययन अनुसन्धान गर्न थारु समुदायका अगुवाहरुले सरकारसँग माग गरेका छन्। स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई शुक्रबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै कैलाली र कञ्चनपुरका थारु अगुवाहरुले संयुक्तरुपमा अनुसन्धानको माग गरेका हुन्। कैलाली र कञ्चनपुरका गरी सातवटा थारु संघ संस्थाहरुको तर्फबाट संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै थारु...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिले पूर्वघोषित कार्यक्रमअनुसार आज तराईका सबै जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ। केही जिल्लाको अगुवाइ केन्द्रीय नेताले गरेका थिए भने केही जिल्लाको नेतृत्व जिल्ला संयोजकले गरेका थिए।

थारूवान

वार्ताका लागि सरकार उदासिन बनेको निष्कर्ष निकाल्दै थरुहट थारुवान संयुक्त संघर्ष समितिले फेरि कडा आन्दोलनको घोषणा गरेको छ। हालसम्म आफूहरुसँग वार्ता गर्न चासो नदेखाइएको भन्दै थरुहटले अबको एकमात्रै बिकल्प ‘कडा आन्दोलन’ रहेको घोषणा गरेको हो।

थारूवान

काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको निर्णायक वार्ता पनि सहमतिमा पुग्न सकेन। सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यालयमा आज भएको वार्तामा मोर्चासहितका नेताहरु सम्मिलित संसदीय समिति वा राजनीतिक समिति बनाएर विवादित जिल्लाको सीमाङ्कनको विषय टुङ्ग्याउने प्रस्ताव सत्तारुढ दलले राखेपनि मोर्चाले त्यसलाई अस्वीकार गरेको थियो।

थारूवान

लखन चौधरी/धनगढी पौने तीन महिनासे जारी थरुहट/थारुवान आन्दोलन दशैंपाछे एकदमे सुस्त गतिमे निरन्तरता पैले बा। कैलाली–कञ्चनपुरसहितके तराई भूगोलहे थरुहट प्रदेश बनाइक पर्ना प्रमुख मागसहित सुरुवात हुइल उ आन्दोलन दशैंपाछे भर एकाएक मथ्थर हुइटी रहल देखगिल हो। जौनकारण थरुहट आन्दोलन विसर्जनके संघारमे ते नाई जाईठो? कना प्रश्न चिन्ह फेन उठल...

थारूवान

थारु कल्याणकारिणी सभाको नेतृत्वमा आजदेखि भारत-नेपालका साना ठूला सबै नाकामा थारुहरुले धर्नासहित नाकाबन्दी गर्ने भएका छन्। नवलपरासीमा भएको दुई दिने राष्ट्रिय भेलाले नाकाबन्दी र राजमार्ग केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेसँगै थारुहरुले सीमाकेन्द्रीत आन्दोलन सुरु गरेका हुन्।

थारूवान

नवलपरासीमा आयोजित थारु कल्याणकारिणी सभा (थाकस)को दुई दिने राष्ट्रिय भेलमा राजकुमार लेखीको विरोध भएको छ। नवलपरासीका प्रतिनिधि आरके महतोले थारु कल्याणकारिणी सभाको लेखीको पेवा हो भन्दै विरोध गरेका थिए। भेलाको बन्द सत्रमा बोल्ने क्रममा महतोले विगत दस वर्षदेखि लेखीले एक्लौटीरुपमा सभा चलाएको आरोप लगाए। ‘विगत दस वर्षदेखि लेखी एक्लैले...

थारूवान

संघीय मधेशी मोर्चा र सरकारी वार्ता टोलीबीच मंगलबार पहिलो औपचारिक वार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा सरकारी वार्ता टोलीले संघीय मधेशी मोर्चासँग निकै लामो वार्ता गरेको हो ।

थारूवान
1 19 20 21 22 23 99