समाज

लक्ष्मण चौधरीसहित २० जनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

कैलाली जिल्ला अदालतले टीकापुरमा भदौ ७ गते वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नवालक हत्या गरेको अभियोगमा मधेशी अधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण चौधरीसहति २० जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश गरेको छ।

थारूवान

लखन चौधरी/कैलाली निरन्तर दुई महिनादेखि आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी जिल्लाभर यातायातका सबै साधनहरु चल्न दिने र बजार–व्यवसाय पनि खुला गर्ने जनाएको छ। हिन्दुधर्मवलम्बीहरुको महान पर्व दशैंलाई मध्यनजर गरी कैलाली जिल्लाबाट बाह्य जिल्लामा जाने यातायातका साधनहरुबाहेक जिल्लाभित्र चल्ने साधनहरुमा कुनै रोकटोक नगर्ने जनाएको हो।

थारूवान

भारतीय पक्षको आडमा आन्दोलन चर्काएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमि सुनौलीमा ए जनामाथि साङ्घातिक आक्रमण गरेका छन्। आन्दोलनकारीबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका घर बताउने कृष्ण क्षेत्रीको दायाँ हातको चार वटा औँला काटिएका छन्। क्षेत्रीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।

थारूवान

मधेसी मोर्चाका कार्याकर्ताले रौतहटको गरुडामा धोती जुलुस प्रर्दशन गरेका छन्। मोर्चाले आह्वान गरेको अनिश्चितकालिन आमहड्तालको ५४ दिन बितिसक्दा पनि राज्यले मधेसीको समस्या सामाधान नगरेको भन्दै नागरिक समाज गरुडाको अगुवाइमा हजारौंको संख्यामा रहेका कार्यकर्ताले धोती जुलुस प्रर्दशन गरेका हुन्।

थारूवान

  सुकदेब चौधरी/विरटनगर तराईका आदिवासी जनजाति थारु, मधेशी तथा मैथल समूदायका महिलाहरुले सन्तानको दिर्घायु तथा परिवार सुखशान्तिको लागि मनाउने जितिया पर्वको अवसरमा सोमबार यहाँ विविध कार्यक्रम गरी मनाएको छ। विराटनगरको विरेन्द्र सभा गृहमा थारु महिला सभाको आयोजनामा जितिया महोत्सव २०७२ कार्यक्रम गरी पर्व मनाएका हुन। जितिया पर्वमा थारु समुदायका...

थारूवान

 विवेकशील थारु युवा समूहले थरुहट आन्दोलनका घाइतेलाई उपचारार्थ सहयोग गरेको छ । साउदीमा बस्दै आएका थारुहरुको सो समूहले एक लाख एक सय एक रुपैयाँ सहयोग गरेको थारु एराउन्ड दी वल्र्डका अध्यक्ष महावीर चौधरीले जानकारी दिए । सो रकम थरुहट आन्दोलनमा घाइते भएकाहरुलाई उपचारार्थ सहयोग गरिने उनले बताए ।

थारूवान

काठमाडौं उपत्यकामा बस्ने थारु महिलाहरुले जितिया पर्व मनाउने भएका छन् । जितिया मूल आयोक समितिले सोमबार राजधानीको जमलस्थित नाचघरमा विशेष साँस्कृतिक कार्यक्रमसहित जितिया पर्व मनाउन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । कार्यक्रमको उद्घाटन पूर्व उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले गर्नेछन् ।

थारूवान

पूर्वमन्त्री तथा बर्दिया क्षेत्र नम्बर ४ का पूर्व सभासद रामचरण चौधरी आरसीको निधन भएको छ। लामो समय देखि आन्द्रमा घाउ भई आमासयमा क्यान्सर भएका चौधरीको ५८ वर्षको उमेरमा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा निधन भएको हो।

थारूवान

प्रहरीले कैलालीको नेपाल–भारत सीमानाकाको दशगजा क्षेत्रमा धर्नामा बसेका थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडक चौधरीसहित तीन जना पक्राउ परेका छन् ।

थारूवान

रौतहटको चन्द्रपुर नगरपालिकामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा थारु अान्दाेलनका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक प्रहरी र १२ प्रदर्शनकारी घाइते भएका छन्।

थारूवान
1 21 22 23 24 25 99