समाज

नेपालको संविधान २०७२ का धारा १, २ र ३ पारित, थारु सभासद्ले संशोधन प्रस्ताव फिर्ता लिए

संबिधान सभाले नेपालको संविधान २०७२ को परिमार्जित विधेयकको धारा १, २ र ३ पारित गरेको छ। तीमध्ये धारा १ र २ मा कुनै पनि संशोधन नपरेकाले सर्वसम्मत तथा धारा ३ मा प्रमुख तीन राजनीतिक दलद्वारा संशोधन प्रस्तावलाई बैठकमा उपस्थित सभासद्को दुईतिहाईले स्वीकृत गरेपछि संविधानको अङ्ग मान्दै पारित गरिएको हो।

थारूवान

ट्युसन सकिएपछि रोहन चौधरी घरतिर हिँडे। बाटोमा भेटिएका मामा विनोद चौधरीले ‘झडप हुँदैछ छिटो घर जाऊ’ भनेपछि उनले हिँडाइको गति बढाए। तर महेन्द्र चोक काट्नै पाएनन्। प्रहरीले चलाएको गोलीले उनलाई भेट्यो। उनी ठाउँका ठाउँ ढले।

थारूवान

गृह मन्त्रालयले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा तराईमा जारी आन्दोलनमा नृशंस र हिंस्रक गतिविधि भइरहेको बताएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयले शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातना दिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने कलङ्कजन्य क्रियाकलाप भएको जनाएको छ।

थारूवान

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले राजविराज–८ स्थित नेकपा (संयुक्त)का सभासद् मिथिला चौधरीको घरमा आज साँझ ढुङ्गामुढा प्रहार गरी क्षति पु¥याएका छन् । बीस-पच्चीस जनाको सङ्ख्यामा आएका प्रदर्शनकारीले तराई-मधेसमा जारी आन्दोलनमा सभासद् चौधरीले सहयोग नगरेको भन्दै घरमा ढुङ्गामुढा गरेको जनाइएको छ।

थारूवान

थरुहट संयुक्त संघर्ष समितिले शनिबारदेखि बन्दमा कडाइ गर्ने भएको छ। बाँकेमा बन्द खुकुलो पारेको तथा बर्दियामा केही दिनका लागि बन्द फिर्ता लिएको संघर्ष समितिले शनिबारदेखि बन्दमा कडाई गर्ने बताएको छ। कैलालीका थारु अगुवालाई पक्राउ गरेको बिरोधमा २६ गतेदेखि नै विद्यालयबाहेक सबै बन्द गर्नुपरेको थारु संघर्ष समिति बर्दियाका प्रवक्ता देवमान थारुले जानकारी...

थारूवान

देउखुरीमा जीपको ठक्करबाट ड्यूटीमा खटिएका एक प्रहरी जवानको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। भालुवाङबाट लमही आउँदै गरेको बा १० च ५२३१ नम्वरको टाटा सुमो जीपले बिहीबार राती ठक्कर दिँदा दाङ डुरुवा गाविस वडा नं. ९ निवासी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत २७ वर्षीय प्रहरी...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विक्रम चन्दले बताए।

थारूवान

राष्ट्रिय मानवअधिकार आयोग र नेपाल बार एसोसिएसनले संविधानको मस्यौदा र प्रादेशिक सीमांकनमा असहमति राखेर भइरहेको अन्दोलन हिंसात्मक बन्दै गएकोमा प्रति चिन्ता व्यक्त गरेका छन्।

थारूवान

थरुहट/थारुवान संघर्ष समितिका जिल्ला संयोजक तथा थारु कल्याणकारिणी सभा कैलालीका जिल्ला सभापति लाहुराम थारु पक्राउ परेका छन्। टीकापुर घटनबारे सोधपुछ गर्न भन्दै थारुलाई उनकै निवासबाट पक्राउ परेको समितिका प्रवक्ता माधव चौधरीले बताए।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारूसहित ४ जना पक्राउ परेका छन्। प्रहरीले थारूलाई भैरहवा र विकास चौधरी, दिलीप चौधरी र लिखाराम चौधरीलाई टीकापुरबाट प्रहरीले बुधबार पक्राउ गरेको हो।

थारूवान
1 25 26 27 28 29 99