समाज

थरुहट स्वायत्त प्रदेश लेख्ने अभियान सुरु

दुई हप्तादेखि आमहडताल गर्दै आएको थारुहरुको जातिय संगठनले सडकमा उत्रिन खतरा भएपछि सरकारी निकायमा थरुहट स्वायत्त प्रदेश लेख्ने अभियान सुरु गरेको छ । थारुहरुको बाहुल क्षेत्रमा लगातार बन्द गर्दै आएको थारुहरुको जातिय संगठनहरुले स्थानीय निकायमा थरुहट राज्य लेख्न थालेका हुन् ।

थारूवान

पूर्वकमलरी तथा पूर्व सभासद् शान्ता चौधरीले आन्दोलनको नैतिक जिम्मेवारी थारुहरुले लिनुपर्ने बताएकी छन्। थारुहरु बौद्धका सन्तान भएको र त्यस्तो हर्कत थारुले गर्न नसक्ने भन्दै उनले भनिन्- ‘हामी पहिल्यै यस्तो घटनाबाट सजग हुनुपर्थ्यो। त्यो हुन सकेन। घटना घटिसकेपछि नैतिक जिम्मेवारी लिनुपर्छ।’ अडियो सुन्नुस्:

थारूवान

थारु कल्याणकारिणीसभा र आम मूलनिवासी मुक्तिमोर्चा नेपालबीच आज कार्यगत एकता भएको छ। सभा र मोर्चाका पदाधिकारीको सप्तरीको कदमाहामा सम्पन्न संयुक्त बैठकले कार्यगत एकता गरी जारी अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो।

थारूवान

नवलपरासीमा निषेधित क्षेत्र तोडेर सदरमुकाम परासी बजार छिर्न खोजेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। ५० बर्षीय विहडी धोबी र ४० बर्षीया महिला मुन्नी कलवार गोली लागेर घाइते छन्।अान्दोलनकारीले निषेधित क्षेत्र तोडेर सदरमुकाम अाउन खोजेपछि रोकिएको प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले...

थारूवान

सुनसरीको दुहबीमा थारु आन्दोलकारीले गृहमन्त्री बामदेव गौतमको पुतला बनाई दाहसंसकार गरेका छन्। थारु आन्दोलनकारीमाथिको बर्बर दमनविरुद्ध गौतमको पुतला दाहसंस्कार गरेका हुन्। 

थारूवान

कैलालीको टीकापुरमा एसएसपीसहितका सात सुरक्षाकर्मीको हत्यामां संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० जना पक्राउ परेका छन् । प्रहरीले फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ वर्षका रामप्रसाद चौधरीलाई पक्राउ गरेको हो ।

थारूवान

कैलालीको घटनापछि परिचालन भएको नेपाली सेनाले टिकाप’रमा गस्ती गरिरहेको छ । पहिचानसहितको स्वायत्त थरुहट प्रदेशको माग राखी गरिएको आन्दोलन हिंसामा परिणत भएपछि नेपाली सेना परिचालन भएको थियो । सोमवारको घटनापछि दङ्गाग्रस्त क्षेत्र घोषाणा गरी परिचालन भएको नेपाली सेनाले थारुहरुको बाक्लो बस्ती भएका क्षेत्रहरुमा छापा मारिरहेको बताइएको छ ।

थारूवान

टीकापुरमा भएको हिंसात्मक घटना घटाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाइएको छ। मंगलबार धनगढीमा सुदूर पश्चिम क्षत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जनालाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भैरहेको जनाएका हुन्। तर उनले नाम भने खुलाउन चाहेनन्।

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित दुईवटा कार्यालयमा तोडफोड गरी लाखौँको क्षति पुर्याएका छन्। बन्दका बेला कार्यालय सञ्चालन गरेको भन्दै मोर्चाका कार्यकर्ताले जलेश्वरमा रहेको जनताको तटबन्ध फिल्ड कार्यालय २ मा गएर कम्प्युटर एक थान, प्रिन्टर तीन थान, फोटोकपी मेसिन एक थान, फ्याक्स एक थान,...

थारूवान

सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए।

थारूवान
1 30 31 32 33 34 99