स्थानीय

‘लडाकु कमाण्डर’ दुर्गाबहादुर थारूले बनाएको नमूना नगरपालिका

संघीयता कार्यान्वयनमा गएसँगै बनेको बारबर्दिया नगरपालिका बर्दिया जिल्लाकै निम्ति नयाँ नाम थियो। नाम नै नयाँ भएकाले यसलाई आफ्नो पहिचान स्थापित गर्न सजिलो थिएन। साविकका बानियाभार, पद्नाहा, धधवार र मगरागढी गाविसलाई मिलाएर जन्मिएको स्थानीय तह हो, यो।

बीपी अनमोल

बाँकेमा एक जना वडाध्यक्ष र बाँकी तीन जना ब्राउन सुगरसहित पक्राउ परेका छन्। जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष ६४ वर्षीय रामचरण थारु तीन सय दश मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। उनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको कपिलवस्तु क्षेत्र नं. १ (क) को प्रदेश क्षेत्रीय सभापतिमा वाणगङ्गा नगरपालिकाका मेयर मंगल थारू पराजित भएका छन्। मेयर थारूलाई दुर्गा केसीले ४० मतको अन्तरले पराजित गरेका हुन्। निवर्तमान नगर सभापतिसमेत रहेका थारूलाई रामचन्द्र पौडेल समूहको समर्थन रहेको थियो।

थारुवान संबाददाता

माओवादी केन्द्रका प्रदेश सांसद दीपेश थारु कोरोनाबाट संक्रमित भएका छन्। एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ। त्यस्तै राजापुर नगरपालिकाका मेयर शिवप्रसाद चौधरी पनि कोरोनाबाट संक्रमित भएका छन्।

थारुवान संबाददाता

कैलाली जिल्लाको कैलारी गाउँपालिकाले बाढी प्रभावितहरूका लागि तत्काल ३ करोडको खाद्य बैंक स्थापना गर्ने भएको छ। बाढीले गर्दा भित्र्याउन लागेको ठूलो मात्रामा धानबालीमा क्षति भएपछि सो गाउँपालिकाले भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो।

लखन चौधरी

कैलालीबाट तीन जना उपप्रमुख, १२ जना वडा अध्यक्ष, नौ जना कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिका उपाध्यक्षसहित ६५ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। दल रोज्न पाउने अन्तिम दिन मंगलबारसम्म कैलालीका ६५ जनाले नेकपा (एस) रोजेका हुन्।

थारुवान संबाददाता

उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनाले नेकपा एकीकृत समाजवादी रोज्दै आइतबार सनाखत गरेका छन्। जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भएर उनीहरुले सनाखत गरेका हुन्। यसअघि नेता बलदेव चौधरी पहिल्यै समाजवादी पार्टीको केन्द्रीय सदस्यमाा खुलिसकेका छन्।

थारुवान संबाददाता

एमाले नेता एवं सुनसरीको गढी गाउँपालिका वडा १ का अध्यक्ष शंकर प्रसाद चौधरीको मृत्यु भएको छ। उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ। एमाले नेतृ भगवती चौधरीले हृदयघातका कारण अस्पताल भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएकी छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश तरुण विभागको सदस्यमा दुई जना थारु मनोनीत भएका छन्। कोहलपुर नगरपालिकाकी उपमयरसमेत रहेकी सन्जु कुमारी चौधरी र बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीतारम चौधरी सदस्यमा मनोनीत भएका हुन्।

थारूवान

बर्दियाको अग्रनी गैर सरकारी संस्था युनिक नेपालले राजापुर नगरपालिकालाई आर्थिक सहयोग गरेको छ। अव्यवस्थित शव व्यवस्थापनका लागि युनिक नेपालले राजापुर प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)लाई सामग्री खरिद गर्न आर्थिक सहयोग गरेको हो।

थारूवान