प्रवास
‘थारु सोसाइटी अष्ट्रेलिया’ गठन
अष्ट्रेलियामा बस्ने थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’नामक संस्था गठन गरेका छन्। सिड्नीमा भएको प्रथम भेलाले दीपनारायण चौधरीको अध्यक्षतामा संस्था गठन भएको हो। जसको उपाध्यक्षमा साइमान चौधरी, निमेष चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोपिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी छन्।
थारूवाननेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको २४ औं विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न भएको छ। २४ औं विश्व आदिवासी दिवसमा स्वागत मन्तव्य राख्ने क्रममा उपाध्यक्ष चौधरीले दिवस मलेसियामा आयोजना गर्नु उद्देश्यबारे प्रष्ट पार्नुको साथै आदिवासी दिवसको नारा समेत सुनाएको थियो।
थारूवानकारी महतो/चितवन। वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपालका थारु युवाहरुको सक्रियातामा गठन भएको थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरियाको दोस्रो अधिवेशन शनिवार सउलमा सम्पन्न भएको छ। अधिवेशनबाट चितवनको शिव चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
थारूवानअष्ट्रेलियामा बस्दै आएका सञ्जीव चौधरीले आइसिएन एनएसडब्लु प्रतियोगिताको पुरुषतर्फ दुई गोल्ड र एक सिल्भर मेडल जित्दै स्टेट च्याम्पियन बन्न सफल भएका छन्। अष्ट्रेलियाको सिड्नीमा भएको स्पर्धामा उनले पुरुषतर्फ इन्टरमेडियट र ३० प्लस उमेरमा गोल्ड मेडल जितेका हुन्। पुरुषतर्फको खुल्ला स्पर्धामा भने उनले सिल्भर मेडल जिते।
थारूवानअमेरिकास्थित सिकागोल्यान्ड थारु समाजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। इन्द्रकान्त चौधरीको अध्यक्षमा समाजले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो। समाजको उपाध्यक्षमा मनोज चौधरी र मुकेश चौधरी, सचिवमा ललित चौधरी, सहसचिवमा इन्देश चौधरी र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।
थारूवानआदिवासी जनजाति महासंघ मलेसियाको तेस्रो अधिवेशनले मिङ्मा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिले चयन गरेको छ। मलेसियामा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नरबहादुर पुन मगर, उपाध्यक्षमा आरएन चौधरी, राम तामाङ, पि. टि. शेर्पा र महिला उपाध्यक्षमा दोर्जीमा शेर्पा र सरिता चौधरी छन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश