समाज

थरुहट तराईका २२ जिल्लामा आजदेखि ६ दिने आमहड्ताल

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले ६ दिने आमहडतालको घोषणा गरेको छ। साउन २७ गते बुधबारदेखि साउन ३२ गतेसम्म तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको हो। थारु कल्याणकारिणी सभाको संयोजनमा रहेको समितिले कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने मागसहित तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको केन्द्रीय संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ।

थारूवान

थरुहट/थारुवान संयुक्त  संघर्ष समितिले मंगलबार साँझ राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ। बागबजारबाट निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको हो। बागबजारको भित्री गल्लीबाट निस्किएको र्‍याली बाहिरी सडकमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेर तितरवितर पारेको थियो। पद्यमकन्या क्याम्पस हुँदै र्‍याली पुतलीसडकतर्फ अघि बढेको थियो।

थारूवान

कारी महतो थारु थारु कल्याणकारिणी सभा (थाकस) चितवन प्रगन्न नं. १ (माडी प्रगन्ना)मा अगुवा थारुहरुको समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय सभापति टुमराज महतोको अध्यक्षता तथा केन्द्रीय सदस्य सन्तबहादुर महतो र जिल्ला सभापति विश्राम महतोको उपस्थितिमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा एक निश्कर्ष निकालिएको छ।

थारूवान

मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), थरुहट तराई पार्टी नेपाल लगायत विभिन्न थारु समूदायका सातवटा संगठनले मंगलबारदेखि बर्दियामा अनिश्चितकालीन बन्दको  आह्वान गरेको छ। बन्दले बिहानदेखि यातायात सेवा प्रभावित भएका छन्।

थारूवान

सन्तोष दहित/दाङ प्रमुख चार राजनीतिक दलहरुले गरेका ६ प्रदेशको सीमाकंनमा थारु समुदायको अधिकार स्थापित हुन नसक्ने थारु अगुवाहरुले बताएका छन्। थारु कल्याणकारिणी सभा दाङले सोमबार घोराहीमा आयोजना गरेको ६ प्रदेशको सीमाकंनमा थारु समुदायको धारणा विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने थारु अगुवाहरुले यस्तो बताएका हुन्।

थारूवान

लखन चौधरी/लम्की आदिवासी जनजातिहुक्रे प्रमुख चार राजनीतिक दलबीच शनिच्चरके आधारातमे हुइल ६ प्रदेशके सहमतिहे धोखाके रुपमे लेले बाटै। ‘पहिचानसहितके संघीयता आदिवासी जनजातिके अडान, समानुपातिक समावेशी धर्म निरपेक्षतासहितके लौव संविधान’ कना मूल नाराके साथ २१ औं विश्व आदिवासी जनजाति दिवशके अवसरमे कैलालीके लम्कीमे आयोजित सभामे आदिवासी जनजाति नेताहुक्रे उ सहमतिके...

थारूवान

शनिबार राति शीर्ष नेताहरुबीच सहमतिको भइरहँदा थारु सभासद्हरु संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिको बैठकका लागि कुरी बसेका थिए। ११ बजे बोलाइएको बैठक अबेर रात ११ बजेसम्म नहुँदा जति आक्रोशित थिए थारु सभासद्हरु त्यति नै धेरै संघीयताको नयााँ खाकालाई लिएर थिए। संघीय प्रदेशमा चित्त नबुझाएका र बेलैमा बैठक नगरेको...

थारूवान

कञ्चनपुर- अखण्ड सुदूरपश्चिम र थरुहट स्वायत्त प्रदेश माग गर्दै गरिएको बन्दको दोस्रो दिन आज कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दूरीका यात्रुबाहक सवारीसाधन बन्द छन्।

थारूवान

कैलाली र कञ्चनपुरसहित थारुवान प्रदेश हुनुपर्ने माग राख्दै थरुहट थारुवान संयुक्त संघर्ष समितिले शनिबारदेखि आमहडताल घोषणा गरेको छ। आमहडताललाई विभिन्न ११ दलका नेताले समर्थन गरेको संघर्ष समितिका सचिव माधव चौधरीले बताए।

थारूवान

धनगढी- सङ्घीय प्रदेशमा कैलालीलाई टुक्र्याएर अन्य प्रदेशमा गाभ्न लागिएको भन्दै त्यसको विरोधमा आजबाट अनिश्चितकालीन सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ।  अखण्ड सुदूरपश्चिम पक्षधरको आह्वानमा भएको बन्दको कारण यातायात, उद्योग–व्यवसाय, शैक्षिक संस्था ठप्प हुँदा जनजीवन प्रभावित भएको छ।

थारूवान
1 36 37 38 39 40 99