समाज

राहत माग्दै बर्दियाका थारुहरु प्रशासनमा

द्धन्द्धकालमा सुरक्षाकर्मीद्धारा जवरजस्ती बेपत्ता पारिएका ८ ब्यक्तिका आफन्तले सरकारले दिने भनेको थप एक लाख राहत रकमको माग गर्दै मंगलवार जिल्ला प्रशासन कार्यालय बर्दियामा निवेदन दर्ता गराएका छन् ।

थारूवान

गत वर्ष वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पनबाट दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आज बेलुका सरकारले दीप प्रज्वलन गरेको छ । मृत आत्माको चिरशान्तिको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय चित्रबहादुर केसी र टोपबहादुर रायमाझी, गृहमन्त्री शक्तिबहादुर बस्नेत, वन तथा भू–सरंक्षणमन्त्री अग्नि सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक...

थारूवान

कैलाली उदासीपुर–९ पूर्व टेढीका स्थानीय प्रदेशु चौधरीले आफ्नी २५ वर्षीया वहिनी मेनिका चौधरीको आत्महत्यालाई लिएर पीडक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी गर्न पुगेका थिए । तर अपशोच प्रहरीेले मुद्धा दर्ता गर्नै मानेन । कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक राजेन्द्र विष्टले ठाडै अस्वीकार गरेपछि निवेदन फिर्ता लिएका पीडितले...

थारूवान

कैलालीको एक सय भन्दा वढी घरधुरी रहेका एक गाउँका स्थानीयहरुले एकै ठाउँमा भन्सा बनाई संगै खानपान गरेका छन् ।जिल्लाको उदासीपुर–१ नुक्लीपुरका स्थानीयहरुले एउटै स्थानमा भन्सा बनाई सामूहिक खानपान गरी विभिन्न कार्यक्रम गरी रमाएका छन् । 

थारूवान

छोरालाई ‘सिकलसेल एनिमिया’ देखिएपछि बाँके, टिटिहिरीया–३ निवासी भग्गुलाल थारुको परिवार यतिखेर तनावमा छ। परिवार भित्रै रोग देखिएपछि सबै सदस्यको रगत अनिवार्य जँचाउनु पर्ने बाध्यता छन्, उनी। रगत जँचाउन प्रतिव्यक्ति कम्तिमा पनि २ हजार रुपैयाँ शुल्क लाग्छ। प्रत्येक सदस्यको रगत जँचाउन ३० हजार भन्दा कम नलाग्ने भएपछि भग्गुलालले आँट्न सकेका छैनन्।

थारूवान

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्किबास ५, ज्यामिरेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट आउँदै गरेको लु १ ख ७८४५ नम्बरको ट्रकको ठक्करबाट दुई जनाको घटना स्थलमै ज्यान गएको हो ।

थारूवान

नवलपरासीको कावासोतीका १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने मध्येका मुख्य योजनाकार भनिएका कृष्ण महतो पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट गएको प्रहरीको टोलीले विशेष अपरेशनको क्रममा महतोलाई मोरड्डको विराटनगरबाट शुक्रबार दिउंसो पक्राउ गरेको हो ।

थारूवान

गोरखापत्रकर्मी लक्की चौधरी सक्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शनिबार एक कार्यक्रमकाबीच पत्रकार चौधरीलाई सम्मानित गरे। 

थारूवान

थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले खोलिएको संस्था (लुज फोरम) सखी सञ्जालले धनगढी-६ को जाली गाउँमा शाखा विस्तार गरेको छ। जालीको वसन्त टोलमा भएको भेलाले रीता चौधरीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ। जसको उपाध्यक्षमा सविना चौधरी, सचिव सीता चौधरी र कोषाध्यक्ष अनिता चौधरी छन्।

थारूवान

धनगढी बजारमा एक मोबाइल पसलमा काम गर्दै आएकी बहिनी २५ वर्षीया मेनिका चौधरी बिहीबार पसलमै मृत भेटिएपछि उदासीपुर–९ का परदेशु चौधरी हत्या आशंकामा किटानी उजुरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगे। तर, प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गर्यो।

थारूवान