समाज

नवलपरासीमा बस दुर्घटना हुँदा ९ को मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा आज बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मृत्यु हुनेमा दाङ विजौरी–२ का ३२ वर्षका जीवन खड्का, नवलपरासी कावासोती–८ की २३ वर्षीया सुमित्रा लामा, सुमित्रा लामाकी सात महिनाकी छोरी अंशु लामा, नवलपरासी बर्दघाट–६ की ५० वर्षीया...

थारूवान

काठमाडौँ- संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव लिन सरकारले यही साउन ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सभासद्हरुको आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित भई सुझाव सङ्कलन गर्ने कार्यलाई मध्यनजर गरी सुझाव सङ्कलन कार्य र अत्यावश्यक सेवामा प्रत्यक्षरुपमा संलग्न कर्मचारीबाहेकलाई साउन ४ र ५ गते सार्वजनिक...

थारूवान

गएराति परेको अविरल वर्षाका कारण बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले बर्दियाका विभिन्न स्थानका करिब ७०० घर डुबानमा परेका छन्। गएराति निरन्तर वर्षा भएपछि बिहान करिब ३ बजे बबई र कर्णाली नदी गाउँ पसेको हो। कर्णाली नदीका कारण राजापुर क्षेत्रको गोला, मनाउँ, सूर्यपटुवा गाविस र राजापुर नगरपालिकाका नदी...

थारूवान

बाँके, बनकटवा–३ पेडारीकी सीता थारू वर्षमा मुस्किलले दुई बाली मात्र खेती लगाउँछिन्। कारण हो– सिँचाइ सुविधा पर्याप्त नहुनु। विगतमा राष्ट्रिय गौरव आयोजना सिक्टा सिँचाइले कृषिक्षेत्रको मुहारै फेरिने आश्वासन पाएकी उनी दशक बित्दा पनि गाउँमा आयोजनाको नहर नपुग्दा अन्योलमा छिन्।

थारूवान

सरकारले थारु समुदायमा मात्र भेटिएको सिकेलसेल एनिमियाका लागि कार्यक्रम बनाउन तयार रहेको बताएको छ। राष्ट्रपति रामवरण यादवले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सिकेलसेलबारे कुनै कार्यक्रम नसमेटिएपछि थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितलगायतका सभासद्हरुले यसबारे प्रश्न उठाएका थिए।

थारूवान

बर्दियाको सूर्यपटुवा गाविसस्थित खौरहवा खोलामा माछा मार्ने क्रममा आज खोलाले बगाउँदा श्रीमान् श्रीमती बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सूर्यपटुवा गाविस–४ डल्ला गाउँका सरजु थारु र उनकी श्रीमती फूलकुमारी थारु रहेको बर्दियाका प्रहरी उपरीक्षक गोविन्द परियारले जानकारी दिए।

थारूवान

थारु समुदायमा कलिलै उमेरमा विवाह गर्ने प्रचलन पुरानै हो। यसको प्रमुख कारण शिक्षा हो। तर आज त्यो अवस्था छैन। थारु समुदाय पनि शिक्षित जमात बढेको छ। बालविवाह भने अझै उस्तै छ। दाइजो र बालविवाह मौलाउँदै गएपछि थारु महिला सभाले यसविरुद्ध अभियान थालेको छ। अभियानअन्तर्गत उनीहरुले भइरहेको बालविवाह रोक्न सफल...

थारूवान

थारु कल्याणकारिणी सभाले नीतिविपरीत कार्य गर्ने तीन जिल्लाका सभापतिसँग स्पष्टीकरण माग गरेको छ। बुटवलमा बसेको केन्द्रीय कार्यसमिति बैठकले मोरङ, सुनसरी र कैलालीका सभापतिहरुसँग स्पष्टीकरण माग गरेको छ। सभाले पूर्वअध्यक्ष चन्द्रकुमार चौधरीले बरबुजारत नबुझाएको भन्दै अन्तिमपटक १५ दिने म्याद दिएको छ। यो अवधिमा पनि नबुझाए प्रचलित नियमअनुसार कारबाही प्रकृया अगाडि...

थारूवान

अदालतले ३ जना युवाविरुद्ध जबर्जस्ती करणी सम्बन्धी झुठा मुद्दा दिएकी थारु समुदायकी एक महिलालाई १५ दिन कैदको सजाय गरेको छ। संगीन किसिमको हुँदै नभएको जाहेरी दिएर ती युवाहरुलाई फसाउन खोजेको भन्दै ३५ वर्षकी ती महिलालाई अदालतले सो सजाय गरेको जनाएको छ।

थारूवान

थारु पत्रकार संघले पूर्वअध्यक्ष विनिता चौधरी र पूर्वकोषाध्यक्ष रत्‍ना  चौधरीलाई संस्थाको साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेको छ। शनिबार बसेको कार्यसमिति बैठकले रकम हिनामिना गरेको भन्दै निलम्बन गरेको संस्थाका अध्यक्ष लक्की चौधरीले बताए।

थारूवान
1 38 39 40 41 42 99