समाज

थारु भाषा, साहित्यबारे अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड

सोम डेमनडौरा, नेपालगञ्ज- जंग्रार साहित्यिक बखेरी नेपालको आयोजनामा नेपालगञ्जमा साहित्यिक बखेरी सम्पन्न भएको छ। साहित्यकार तथा लेखक कृष्णराज सर्बहारीको प्रमुख आतिथ्यमा सम्पन्न सो बखेरीमा साहित्यिक बखेरीको औचित्यता र यसको दिगोपनाको बारेमा छलफल तथा साहित्यबाचन समेत गरिएको थियो।

थारूवान

दाङ- असार ६, ७ र ८ गते तीन दिन लमही थारू साहित्यमय भयो। थारू राष्ट्रिय साहित्यकारहरूको भेला भई थारू साहित्यक पत्रकारिता तालिममा त्यस्तो अवस्था जुरेको हो। थारू भाषाको लावा डग्गर त्रैमासिकको अयोजना तथा थारु भाषा तथा साहित्य संरक्षण मञ्चको सहआयोजनामा सम्पन्न भएको कार्यक्रममा बारा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ–देउखुरी, बाँके,...

थारूवान

काठमाडौं- थारु भाषा साहित्यिक शृङ्खलाको १६औं भागको अवसरमा आयोजित कार्यक्रममा ‘परगा’नामक कविता संग्रहको विमोचन गरिएको छ। थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित, थारु कवियत्री शान्ति चौधरी, थारु साहित्यकार कृष्णराज सर्वहारी, सुशील चौधरी, नन्दुराज चौधरीलगायतले किताबो बिमोचन गरे।

थारूवान

काठमाडौं- आदिवासी जनजाति महासंघले पहिचानसहितको संघीयता माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। संविधान सभामा संघीय संरचनाबारे बहस भइरहँदा आदिवासी जनजातिको पहिचान मेटाउने प्रयास गरेको भन्दै महासंघले शुक्रबार र्‍यालीसहि प्रदर्शन गरेको हो। महासंघका अध्यक्ष नागेन्द्र कुमार कुमालले आदिवासी जनजातिको पहिचानलाई मेटाउने प्रायस गरेको भन्दै प्रदर्शन गरेको बताए। उनले हाम्रो...

थारूवान

धनगढी- जोर्नी र छाती दुख्न थालेपछि ३१ वर्षीय बालकृष्ण कठरिया विभिन्न अस्पताल धाए। भारत पनि पुगे। कसैले जन्डिसको औषधि दिए, कसैले रक्तअल्पताको। तर, बीसको उन्नाइस भएन। दस वर्षपछि आएर उनलाई ‘सिकलसेल एनिमिया’ भएको पत्ता लागेको छ। उनी मात्रै होइन, पश्चिम नेपालका थारू समुदाय वंशानुगत रूपमै यसको सिकार हुँदै आएको आशंका...

थारूवान

रुबी रौनियार, चरिकोट (दोलखा)-बिहान आठै बजे उनीहरु सेतो कुर्ता सुरुवाल, कालो स्विटर र सेतो सलमा छात्रावासबाट निस्कन्छन्। दोलखा जिरीस्थित जिरी प्राविधिक शिक्षालयमा हाजिर गरेर जिरी अस्पताल दगुरिहाल्छन्। शिक्षालयमा अनमी तहको प्राविधिक शिक्षा लिइरहेका ४० जना पूर्वकमलरी कहरको विगत बिर्सिएर दिनभर बिरामीको सेवामा जुट्छन्।

थारूवान

काठमाडौं- पत्रकार तथा साहित्यकार लक्की चौधरीद्वारा लिखित ‘नेन्धर’ कविता संग्रहको एक कार्यक्रमका बीच शुक्रबार यहाँ लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार तथा नेपाली गजलनायक ज्ञानुवाकर पौडेल, सभासदहरु तेजुलाल चौधरी, वैजनाथ चौधरी, गोपाल दहित, रुक्मिणी चौधरी, थारु बुद्धिजिवी भुलाई चौधरी, महेश्वरप्रसाद चौधरी, रामलाल चौधरीले सो पुस्तकको संयुक्तरुपमा लोकार्पण गरेका हुन्।

थारूवान

काठमाडौं– शिक्षामन्त्री चित्रलेखा यादवले मुक्त कमलरीको मागलाई तत्काल सम्बोधन गर्ने बताएकी छन्। सिंहदरबारस्थित कार्यालयमा सोमबार मुक्त कमलरीहरूको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले शिक्षा मन्त्रालयअन्तर्गतका माग तत्काल पूरा गर्ने प्रतिबद्धता जनाइन्।  ‘मेरो मन्त्रालयअन्तर्गत शिक्षा निर्देशिका संशोधन गरी छात्रवृत्ति वृद्धि गर्ने र मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्ने काम चाँडै पूरा गर्ने प्रतिबद्धता...

थारूवान

काठमाडौं– सरकारसँग भएको दस बुँदे सहमति कार्यन्वयन नगरे आन्दोलन गर्ने मुक्त कमलरी विकास मञ्चले जनाएको छ। मध्य तथा सुदूरपश्चिमबाट आएका दुई दर्जन मुक्त कमलरीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारसँग भएको सहमति यथाशिघ्र कार्यन्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

थारूवान

काठमाडौं- थारु पत्रकार संघले प्रेस चौतारी र क्रान्तिकारीबीच भएको सहकार्यप्रति समर्थन जनाएको छ। नेपाल पत्रकार महासंघको वैशाख २० र २१ गते हुने २४औं महाधिवेशनले महासंघको विधानलाई थप समावेशी चरित्रको बनाउने प्रतिवद्धताप्रति थारु पत्रकार संघ खुसी रहेको अध्यक्ष लक्की चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार...

थारूवान
1 54 55 56 57 58 99