समाज

भ्रष्टाचारविरुद्ध भोकहडताल

सप्तरी- भ्रष्टाचारविरुद्ध आन्दोलनरत नेपाल सद्‍भावना पार्टी (गजेन्द्रवादी)ले भोकहडताल सहितका नयाँ चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। भ्रष्टाचारीलाई कारबाही गर्न सम्बन्धित निकायले आलटाल गरेको र भ्रष्टाचार बढ्दै गएका कारण उक्त पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। जिविस सप्तरीमा भएको अनयमितता छानबिन भए पनि राम्रोसँग नगरिएको तथा भ्रष्टाचारीलाई उन्मुक्ति दिँदै पेस्की...

थारूवान

विराटनगर- विराटनगरस्थित बी एफएममा कार्यरत एक महिला पत्रकारमाथि यौन दुर्व्यवहारको प्रयास भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सो एफएमका समाचार प्रमुख भक्त राईले एफएमको समाचार कक्षमा २२ वर्षीया पत्रकार महिलामाथि दुर्व्यवहारको प्रयास गरेको किटानी उजुरी परेको जनाएको छ।

थारूवान

विराटनगर- विपक्षी दलको संयुक्त आह्वानमा सुरु भएको विरोध कार्यक्रमअनुसार नेपाली कांग्रेस सुनसरीको अगुवाइमा इनरुवामा बृहत् र्‍याली र कोणसभा सम्पन्न गरेको छ। लोकतन्त्रको संस्थागत विकास गर्न र वर्तमान सरकारलाई सत्ताबाट बाहिर ल्याई राष्ट्रिय सहमतिको सरकार बनाउने उद्देश्यले नेपाली कांग्रेस पार्टी कार्यालयबाट निस्किएको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गरी बजारमा कोणसभामा...

थारूवान

परासी- नवलपरासीको शुक्रौली गाउँ विकास समितिमा रहेको तुरीया खोलामा झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ। स्थानीयबासीको लामो प्रयासपछि पुल निर्माणको कार्य सुरु भएको हो। वर्षात्मा सदरमुकाम परासी आउन–जान निकै समस्या भएपछि पुल निर्माण सुरु गरिएको हो। जिल्ला विकास समितिको रु आठ लाख ८० हजार, गाविसको रु ८३ हजार, हेल्भेटास...

थारूवान

झापा- जन्ती बोकेर पश्चिमतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। बिहीबार बिहान ५ बजे झापाको दमकतर्फबाट पश्चिमतर्फ आउँदै गरेको को१झ ३५३९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत डाँगीहाट–४ भाउन्नेमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार टायर पन्चर भएर राजमार्गमा रोकिराखेको उखु बोकेको...

थारूवान

वीरेन्द्र कर्ण, जनकपुरधाम- धनुषा यदुकुहाकी दुलारी सदायले जनकपुरको एक अस्पतालमा हालै दोस्रो पटक गर्भपतन गराइन्। गर्भमा छोरी देखिनासाथ गर्भपतन गराएकी उनको स्वास्थ्यमा अहिले असर देखिन थालेको छ। गर्भमा छोरी भएकै कारण गर्भपतन गराउने उनी एक्ली महिला होइनन्। गर्भमा छोरी रहेको थाहा पाउनासाथ गर्भपतन गराउनेहरुको सङ्ख्या अत्यधिक रहेको चिकित्सकहरु बताउँछन्।

थारूवान

सप्तरी- राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तोडफोड हुन थालेपछि आज बिहानैदेखि क्याम्पसमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ। क्याम्पसमा आन्दोलनरत आंशिक शिक्षक तथा स्ववियु पदाधिकारीबीच भएको झडपपछि हिजो क्याम्पसमा तोडफोड भएको थियो।  आन्दोलनरत आंशिक शिक्षक र स्ववियु पदाधिकारीहरुबीचको विवादको क्रममा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका सम्पूर्ण फर्निचर तोडफोड भएको थियो। तोडफोडका...

थारूवान

दैलेख- बिहानैदेखि तनावग्रस्त रहेको दैलेखमा विपक्षी दलका नेता-कार्यकर्ताले एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीको यहाँ स्थित दलको कार्यालय तोडफोड गर्दै आगजनी गरेका छन्। यहाँ आएका माओवादीका शीर्ष नेताहरु काडमाडौं फर्किएका छन् भने प्रशासनले कर्फ्यु लगाउने सम्भावना बढेको छ। यसअघि सरकार विरोधी दलहरुको सभा गर्दै माओवादी सभालाई ओझेलमा पार्दिएका थिए। … एकीकृत...

थारूवान

सर्लाही- महोत्तरीको बर्दिबास स्थित देउराली माविका शिक्षकले पढाउने बेला विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरोधमा पूर्व-पश्चिम राजमार्ग चक्का जाम गरिएको छ। विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने २८ वर्षीय शिक्षक राकेश चौधरीलाई कारबाहीको माग गर्दै स्थानीयहरुले बर्दिबासमा दुई घण्टा राजमार्ग अवरुद्ध पारेका हुन्। अंग्रेजी विषयका निमावि शिक्षकले कक्षा ६ मा पढने बालिकालाई...

थारूवान

दाङ- लुटेराको एक समूहले अपराह्न चलाएको गोलीबाट सल्यान कपुरकोटमा ‘आइएमइ’ सञ्चालन गरिरहेका काठमाडौँ चाबहिल–७का ३२ वर्षीय मनोहर सापकोटा गम्भीर घाइते भएका छन्। लुटेराले उनीसँग भएको रु छ लाख ४७ हजार पनि लगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक गणेशविक्रम शाहले जानकारी दिनुभयो। सञ्चालक सापकोटाले तुलसीपुरमा रहेको इन्भेस्टमेन्ट बैंकबाट सो रकम...

थारूवान
1 78 79 80 81 82 99