समाज
यातना दिने पतिविरुद्ध प्रहरीमा उजुरी
गौर- रौतहटका दुई महिलाले साहस गरी आफ्नै पतिको दुर्व्यहारविरुद्ध प्रहरीमा उजुरी गरेका छन्। रौतहट जिल्लाका धरमपुर गाविस–६ घर भई हाल डुमरिया गाविसको नयाँबस्ती टोल–८ बस्ने सुरेश गुप्ताविरुद्ध उनकी श्रीमती बिमा देवीले जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिएकी हुन्।
थारूवानबुटवल- नेकपा-माओवादी अवद्यराज्य समितिले आह्वान गरेको लुम्बिनीका तीन जिल्ला बन्द साझ ४ बजेपछि खुलेपछि जनजीवन सामान्य भएको छ। प्रहरी नियन्त्रणमा आफ्ना नेताको मृत्यु भएको घटनाको विरोधमा विभिन्न माग राख्दै नेकपा माओवादीले गरेको बन्दले तराईका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको बन्द आह्वान गरेको थियो।
थारूवानकञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र शङ्करपुरका बासिन्दा पाँच वर्षदेखि बाढीको डरले वर्षात सुरु हुनु अगावै जीउधनको सुरक्षा गर्न लाल झाडी वनतर्फ लाग्छन् भने वर्षातको मौसम सकिएपछि गाँउका घरमा फर्कने गरिएका छन्। दोदा नदीमा आउने बाढीले बर्सेनि बस्ती डुबाउन थालेपछि बासिन्दाले जङ्गलमा कच्ची घर बनाएर बस्ने गरेका छन्।
थारूवानभद्रपुर- झापाको दमकमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन्। चारजना युवकले एक १९ वर्षीया युवतीलाई बुधबार साँझ जबर्जस्ती नियन्त्रणमा लिइ दमक-९ स्थित चिया बगानमा लगेर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनामध्ये तीनजनालाई आज बिहान ५ बजे पक्राउ गरेको...
थारूवानबाँके- जंग्रार साहित्यिक बखेरीले थारू अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनका लागि चिन्तन गरेको छ। नेपालको बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर थारू साहित्यकारहरुको बखेरीले पुस १० गते गाभर भ्यालीको होम स्टेमा एक कार्यक्रम गरी उक्त चिन्तन गरेका हुन्। साहित्यकार कृष्णराज सर्वहारीले साहित्यिक बखेरीलाई अन्तर्राष्ट्रियरुपमा चिनाउनुका साथै भाषा संस्कृतिको संरक्षण एवं प्रबर्द्धन...
थारूवानलहान- सिरहाकी एक युवती बाख्रा चराउन गएको समयमा बलात्कृत भएकी छन्। वडा प्रहरी कार्यालय लहानका अनुसार सोमबार दिउँसो घरबाट बाख्रा चराउन गएकी ती युवतीलाई गाउँकै दुई युवकले बलात्कार गरेका हुन्। प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले बलात्कारी फरार भएकाले मातहतको इलाका प्रहरी कार्यालय धनगढीलाई समेत परिचालन गरी खोजी भइरहेको जानकारी दिए।
थारूवानकाठमाडौं- देशव्यापीरुपमा भएको महिला हिंसाका घटनाहरुलाई महिला हिंसाविरुद्धको अनुगमन समितिले अनुगमन सुरु गरेको छ। आज प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजुमानसिंह मल्लको संयोजकत्वमा गठित अनुगमन समितिले त्यस्ता घटनालाई नियन्त्रण गर्नका लागि कडाइपूर्वक अनुगमन सुरु गरेको जानकारी दिइयो।
थारूवानसप्तरी, पुस १७- सप्तरीको जण्डौल गाविसमा एक दम्पतीको रहस्यमय हत्या भएको छ। जण्डौल गाविस–८ निवासी ४५ वर्षीय डम्बर भट्टराई र उनकी ३५ वर्षीया पत्नी कौशीलादेवीको रहस्यमय हत्या भएको हो।आफ्नै घरमा घाँटीमा डोरीले बेरिएर हत्या भएको अवस्थामा ती दम्पतीको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।...
थारूवानबारा- घरपरिवारले नै विन्दु ठाकुरको हत्या गरेको सोमबार कलैयामा प्रहरीले दाबी गरेको छ। विभिन्न प्रमाण प्रस्तुत गर्दै उपस्थित पत्रकारहरुलाई जिल्ला प्रहरी कार्यालय बाराका नायब उपरीक्षक विप्लव अधिकारीले भने, “बिहान पढ्न निस्केकी भनिएकी विन्दुका बारेमा परिवारजनको भनाइ बाझिएको, पढ्नका लागि भनेर विन्दु घर बाहिर निस्केको देख्ने कोही नभएको, मट्टीतेलको भाँडो...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश