समाज

प्रहरीमाथि गोली चलाउने मारिए

नेपालगन्ज- प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका कुख्यात अपराधी सुखी लोनिया प्रहरीसँगको दोहोरो मुठभेडमा मारिएका छन्। बाँके जिल्ला हिरिमिनिया गाविस निवासी लोनिया लुकेको स्थान गनापुरमा हिजो साँझ पुगेको प्रहरीमाथि बन्दुकले फायर गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

थारूवान

रत्ननगर- पूर्वी चितवनको रत्ननगरमा रहेका एक हार्डवेयरबाट करिब रु २५ लाखको सामान चोरी भएको छ। रत्ननगर– ८ मा रहेको शिखर हार्डवेयर पसलमा करिब रु २५ लाख मूल्य बराबरको सामान हिजो चोरी भएको हार्डवेयर पसलका सञ्चालक राधाकृष्ण खनालले जानकारी दिए। पसलको च्यानलगेट र ढोका फुटाएर बाथरुम फिनिसिङका सामान चोरी लगेको सञ्चालक...

थारूवान

काठमाडौं- चीनका विभिन्न विश्वविद्यालयमा एमबिबिएस तथा एमडी पढ्न गएका ६० भन्दा बढी विद्यार्थी अलपत्र अवस्थामा रहेको तिनका अभिभावकले बताएका छन्। चीनको साउदर्न विश्वविद्यालयमा एमबिबिएस गर्न गएका आठ, लाउनिङ विश्वविद्यालयमा एमडी गर्न गएका १७, चाउचाङ विश्वविद्यालयमा एमबिबिएस गर्न गएका छ, सोही विश्वविद्यालयमा एमडी गर्न गएका आठ, जिङ्दाओ विश्वविद्यालयमा एमबिबिएस गर्न...

थारूवान

काठमाडौं- सरकारले पाँच विकास क्षेत्रका दस स्थानमा नयाँ सहर विकासको अभियान अगाडि बढाएको छ। निर्माणाधीन पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको छेउमा विकास गर्न लागिएको १० वटा नयाँ सहरको भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको छ। यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, जनसङ्ख्या आदिको आधारमा प्रस्तावित सहरको...

थारूवान

परासी- नवलपरासीको सुनवल गाँउ विकास समिति–८ बैरागनाथमा रहेको शिवमन्दिर निर्माणका लागि जग खन्ने क्रममा बुद्धकालका ऐतिहासिक तथा पुरातात्विक इँटा फेला परेका छन्। गत कात्तिक १३ गते शिलन्यास गरिएको उक्त मन्दिरको अहिले भवन निर्माणका लागि जग खन्दा जमिनदेखि पाँच फिट तल उक्त इँटा भेटिएका हुन्।

थारूवान

काठमाडौं- नदीहरुमा पानीको स्तर घटेको भन्दै नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि दिनमा ११ घण्टासम्म लोडसेडिङ गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार हप्तामा चार दिन बिहान ६ घण्टा र दिउँसो/राति एकै पटक ५ घण्टा गरी कूल ११ घण्टा लोडसेडिङ हुनेछ।

थारूवान

काठमाडौं- इजिप्टका लागि नेपाली राजदूत श्यामलाल तबदारको शव भोलि स्वदेश ल्याइने भएको छ। हृदयाघातबाट हिजो बिहान निधन भएका उनको शव ल्याउने आवश्यक व्यवस्थाका लागि सरकारले इजरायलको तेलअभिवस्थित नेपाली दूतावासका उपप्रमुख रमेश खनाललाई कायरोतर्फ पठाइसकेको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता दुर्गाबहादुर सुवेदीले बताए। ‘सम्भवतः उनको शव भोलि बिहान आइपुग्नेछ,’ सुवेदीले भने। वि.सं.२०४६...

थारूवान

मुकेश टेंर्रा, कैलाली- आदिवासी जनजाति समुदायले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सव बहिष्कार गरेका छन्। नेपाल आदिवासी जनजाति महासंघ कैलाली, थारु कल्याणकारिणी सभा कैलालीलगायत १८ वटा संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरी बहिष्कारको घोषणा गरेका हुन्।

थारूवान

काठमाडौं- गुणस्तरीय शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले गेस पेपर प्रकाशन र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिस्तरीय निर्णयले गेस पेपर प्रकाशन तथा बिक्री वितरणमा रोक लगाएको हो। गुणस्तरीय शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले गरेको उक्त निर्णय कार्यान्वयनका लागि त्यस्ता सामग्री उत्पादन तथा प्रकाशन गर्ने प्रकाशकलाई प्रकाशन नगर्न,...

थारूवान

काठमाडौं- विश्वमा भ्रष्टाचार हुने १७४ मुलुकमध्ये नेपाल यो वर्ष १३९औं स्थानमा परेको एक प्रतिवेदनले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा सन् २०१२ को भ्रष्टाचार अवधारणा सूचकाङ्क प्रतिवेदनमा कूल १०० अङ्कमा २७ अङ्क प्राप्त गरेको जनाइएको छ। परिवर्तित अनुसन्धान विधिअनुसार तयार पारिएको सूचकाङ्कमा १०० अङ्कले न्यून र...

थारूवान
1 87 88 89 90 91 99