समाज
रसुवामा केबुलकार राख्न पार्टीले पहल गर्ने : नेपाल
रसुवा- पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले नेता माधवकुमार नेपालले धुन्चे र गोसाइँकुण्ड जोड्ने केबुलकार निर्माण गराउन आफ्नो दलले प्रयास गरिरहेको बताएका छन्। रसुवा जिल्लाको वस्तुस्थिति अध्ययन गर्न रसुवा यहाँ आएका नेता नेपालले केबुलकार निर्माण गरी रसुवाको गरिमा उच्च पार्न सिङ्गो पार्टी पङ्क्तिले पहल सुरु गरिसकेको बताए।
थारूवानकाठमाडौं- वैदेशिक रोजगारीका लागि सरकारबाट स्वीकृति प्राप्त एभर ग्रीन इम्प्लाइमेन्ट सर्भिस प्रालिले नक्कली कागजात बनाई एक महिला कामदारलाई दुबई पठाउन लागेको अवस्थामा वैदेशिक रोजगार विभागको विमानस्थलस्थित लेबर डेस्कले आज पक्राउ गरेको छ। विभाग स्रोतका अनुसार ओमानका लागि तीन नेपाली पुरुष कामदारको संस्थागत अन्तिम श्रम स्वीकृति निकाली कागजात हेरफेर गरेर एक...
थारूवानविराटनगर- पूर्वाञ्चल क्षेत्रीय प्रशासक जनार्दन नेपालले नेपाल सरकारबाट प्राप्त स्रोत र साधनको दुरूपयोग नगर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। क्षेत्रीय प्रशासन कार्यालयद्वारा आज जिल्ला प्रशासन कार्यालयमा गरिएको क्षेत्रीय कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
थारूवानश्रीनिबास चौधरी, बुटवल- कपिलबस्तृमा थारु समाज उत्थान सामाजिक संस्था गठन भएको छ। श्रीनिबास चौधरीको अध्यक्षतामा ११ सदसीय नयाँ समिति गठन भएको हो। समितिको उपाध्यक्षतामा जगतवीर चौधरी, सचिवमा पवन चौधरी, सहसचिवमा राजेश चौधरी, कोषाध्यक्षमा सरिता चौधरी चुनिएका हुन्। त्यस्तै सदस्यमा रोशन चौधरी, प्रदीप थारु, चन्द्रावती थारु, रञ्जित थारु, दीपक चौधरी...
थारूवानदाङ- महटवा, बरघर भल्मन्सा महटावासंका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले सबैको भाषा र संस्कृतिलाई एक आपसमा साटासाट गर्नसके थारु समुदायको भाषा, संस्कृतिको पनि विकास गर्न सकिने बताएका छन्। थारु पत्रकार संघ दाङले तुलसीपुरमा ‘थारु समुदायको भाषा, संस्कृतिको विकासका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरिक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
थारूवानकाठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक विद्यालयहरूमा स्नातकोत्तर नगरेका व्यक्तिलाई पनि प्राचार्य (प्रधानाध्यापक) मा नियुक्ति दिने कार्य रोक्न आज उच्च माध्यमिक शिक्षा परिषद्लाई निर्देशन दिएको छ। आयोगले उच्च माध्यमिक परिषद्को विद्यमान कानुनी व्यवस्थाविपरीत कतिपय उच्च माविमा स्नातकोत्तर नगरेका शिक्षकहरूलाई प्रधानाध्यापक बनाइएको उजुरीका आधारमा त्यस्तो निर्देशन दिएको हो।
थारूवानकाठमाडौं- राजधानी काठमाडौँ लगायत देशभर अहिले साँझ भूकम्पको धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाका अनुसार भूकम्पको तीव्रता ५.७ मापन गरिएको छ। उनका अनुसार सिन्धुपाल्चोकनजिकै चीनसँग जोडिएको सिमानामा केन्द्रबिन्दू बनाई साँझ ६ बजेर ५२ मिनेटमा भूकम्प गएको हो।
थारूवानसिरहा- सिरहाको सीमावर्ती गाविस इनर्वाबाट १७ दिन अगाडि अपहरणमा परेका दुईजना अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका छन्। इनर्वा गाविस–२ का २० वर्षीय दिनेश महतो र उहाँको बहिनी ज्वाइँ सप्तरीको राजविराज घर भएका सुशील महतो कात्तिक २ गते राति अज्ञात समूहको अपहरणमा परेका थिए। उनीहरू अपहरणकारीको कब्जाबाट भागेर भारतको बिहारमा...
थारूवानलहान- सिरहाको लहानस्थित सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका एक विद्यार्थीले रोवोट बनाएका छन्। लहानस्थित पशुपति आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत लहान–४ का श्रीकान्त पण्डितले उपयोग सकिएर फालिएका सामान जोडेर रोवोट बनाएका हुन्। ‘मसी सकिएका डटपेन, भाँच्चिएका प्लास्टिक कुर्सीका खुट्टा, खेलौनाको विद्युतीय मोटर र पेनियन चक्का, मोबाइलको पुरानो ब्याट्री,...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश