समाज
बलत्कार गरी हत्या गर्ने बस्नेतविरुद्ध मुद्दा दायर
विराटनगर- जिल्ला प्रहरी कार्यालय मोरङले उर्मिला राजवंशीको बलात्कारपछि हत्या गरेको आरोपमा व्यापारी किरणसिंह बस्नेतविरुद्ध मुद्दा दर्ता गराएको छ। विराटनगर–४ निवासी व्यापारी बस्नेतको घरमा गत असोज २२ गते मृत फेला परेकी राजवंशीको बलात्कारपछि हत्या भएको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ।
थारूवानजनकपुरधाम- मधेस क्रान्ति फोरम नेपाल जिल्ला समितिद्वारा आज धनुषा जिल्ला बन्द गरिएको छ। जिल्ला विकास समिति धनुषाको भ्रष्टाचार प्रकरणमा निलम्बनमा परेका कर्मचारीलाई समितिका कर्मचारी सङ्घ र गाविस सचिव हकहित संरक्षण केन्द्रद्वारा पुनः समितिमा हाजिर हुने सन्दर्भमा उत्पन्न विवादपछि जिविस र गाविसको कामकाज अनिश्चितकालका लागि बन्द गरेको विरोधमा जिल्ला बन्द...
थारूवानरौतहट- रौतहटको धन्सरखोला नजिकै रहेको पूर्वपश्चिम राजमार्गको लच्कामा आज दिउँसो बस र ट्रक ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। रौतहटको पौराइ गाविसस्थित माझीटोलबाट रिजर्व गरेर यात्रु लिएर नवलपरासी जाँदै गरेको ना ३ ख २७१५ नम्बरको मिनी बस र पश्चिमबाट पूर्वतर्फ विद्युत् प्राधिकरणको...
थारूवानकाठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रसङ्घीय मिसन (अनमिन) द्वारा अयोग्य प्रमाणित गरिएका करिब तीन हजार पूर्वलडाकुलाई जनही रु दुई लाख दिने वर्तमान सरकारको निर्णयप्रति आफ्नो पार्टीको विरोध रहेको जनाएका छन्। उनले प्रेस विज्ञप्ती जारी गरी ‘विस्तृत शान्ति सम्झौता, नेपाल सरकार र अनमिनबीच भएको सहमतिसमेतका आधारमा बाल सैन्य भर्ती...
थारूवानभोजेन्द्र बस्नेत, सोलुखुम्बु- भिर र जङ्गलको नजिक रहेको बारीमा लगाइएको बाली जोगाउनका लागि बालबालिका बिहान उज्यालो भएदेखी साँझसम्म बारीमै बस्छन्। “गाउँभरका साथीभाइ जम्मा हुन्छौँ, बारीमै खैल्छौँ, घरबाट लगेको खाजा उतै खान्छौँ, अनि साँझ परेपछि मात्र घर फर्कन्छौँ,” सोताङ–६ का करिब १२ वर्षीय नौकुबीर नाछिरिङले भने।
थारूवानहेटौँडा- मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने फापरवासी गाविस–६ का गन्जाबहादुर थिङको घरमा गएराति ५/६ जना लुटेराको एक समूहले गोली प्रहार गर्दा थिङको २० वर्षीय छोरा प्रदीप थिङ र छिमेकी बुद्धिमान स्याङ्तान गम्भीर घाइते भएका छन्। गम्भीर घाइते दुवैको भरतपुर अस्पतालमा स्वास्थ्योपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ।
थारूवानधनगढी- माओवादी सेनाका लडाकुको सातौँ डिभिजन कार्यालय (तालबन्द) कैलालीबाट स्वेच्छिक अवकाश रोजेका लडाकुलाई आजबाट दोस्रो किस्ताबापतको रकम वितरण गर्न सुरु गरिएको छ। लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति सचिवालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालयमा डेस्क स्थापना गरी रकम वितरण थालेको हो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश