समाज
प्रधानमन्त्रीले पिताबाट टीका थापे
काठमाडौं- विजयादशमीका अवसरमा प्रधानमन्त्री बाबुराम भट्टराईले आज आफ्ना ८२ वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाए। प्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमी र छोरी मानुषी भट्टराईका साथमा आफ्ना भाइ शिवप्रसाद भट्टराईको कोटेश्वरस्थित निवासमा पुगी टीका लगाएका हुन्।
थारूवानकाठमाडौं- दशैँको नवौँ दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ। यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत देशका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र...
थारूवानमहोत्तरी- महोत्तरी जिल्लाको सोनामाई शक्तिपीठमा आजदेखि भूतमेला सुरु भएको छ। सोनामाई गाविस– ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ। हरेक वर्ष बडादसैँको सप्तमीदेखि सोनामाईमा भूतमेला लाग्छ। सप्तमीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा हजारौँ दर्शनार्थीको भिड लाग्ने गर्छ।
थारूवानकाठमाडौं, कात्तिक ४- प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारको अभियोग लागेका श्रममन्त्री कुमार बेल्वासेलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। म्यानपावर दर्ताको विषयमा खुलमखुल्ला घुस मागेको देखिएकाले बेल्वासेलाई तत्काल पद त्याग्न आफूले निर्देशन दिइसकेको प्रधानमन्त्री डा बाबुराम भट्टराईले बताए। उनले भने- भ्रष्टाचारको अभियोग लागेपछि नैतिकताको हिसाबले पनि राजीनामा दिनुपर्दछ, मैले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश