2

उपप्रधानमन्त्री गच्छदारलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजय गच्छदारसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ। शनिबार बसेको आयोगको बैठकले उपप्रधानमन्त्री गच्छदारसँग आचारसंहिता उल्लंघन गरेकाले किन कारबाही नगर्ने भन्दै २४ घण्टाभित्रमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

थारूवान

धनगढी- कैलालीको धनगढीमा भएको थरुहट आन्दोलनसम्बन्धी राष्ट्रिय राजनीतिक सम्मेलनले विगतमा भएको सम्झौता कार्यान्वयन गराउनका लागि आन्दोलनमा जाने निर्णय गरेको छ। ११ सुत्रीय अधिकारपत्र घोषणा गर्दै आइतबार सम्पन्न सम्मेलनले अधिकार प्राप्तीको माग पूरा गराउन आन्दोलनको आवश्यकता रहेको ठहर गरेको हो।

थारूवान

राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । राजपाले सार्वजनिक गरेको घोषणापत्रमा स्थानीय तहको निर्वाचनका बेला पनि सांकेतिक विरोध नै जारी रहने उल्लेख गरिएको छ । त्यस्तै अन्य पार्टीहरुप्रति राजपाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेस संघीयताविरोधी भएको टिप्पणी गरेको छ ।

थारूवान

स्थानीय तहको चुनावमा उम्मेदवार छनौटको बिषयलाई लिएर राष्ट्रिय जनता पार्टी (राजपा) भित्रको विवाद चुलिएको छ। उम्मेदवार छनौटमा थारु, आदिवासी, जनजाती लगायतलाई उपेक्षा गरिएको भन्दै महासचिव राजकुमार लेखीले विज्ञप्तिमार्फत असन्तुष्टि जनाएका छन्।

थारूवान

अमेरिकास्थित सिकागोल्यान्ड थारु समाजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। इन्द्रकान्त चौधरीको अध्यक्षमा समाजले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो। समाजको उपाध्यक्षमा मनोज चौधरी र मुकेश चौधरी, सचिवमा ललित चौधरी, सहसचिवमा इन्देश चौधरी र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।

थारूवान

विसं २०६८ सालको जनगणनाअनुसार नेपालको कूल जनसंख्याको ६.६ प्रतिशत थारु समुदाय छन्। यो संख्या देशकै बाह्रमण, क्षेत्री, मगरपछि चौथो ठूलो जनसंख्या भएको जाति पनि हो। अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा दलहरुले थारु समुदायबाट ६.६ प्रतिशत उम्मेदवार निर्वाचन आयोगमा पेस गर्नुपर्ने हुन्छ।

थारूवान

नेपाल आयुर्वेद चिकित्सक संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको नवौँ राष्ट्रिय सम्मेलनले डा प्रकाश ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

थारूवान

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संविधान संशोधन फेल कसका कारण भयो भन्ने नेपाली जनताले राम्रोसँग बुझेको बताएका छन्। आज रेडियो नागरिकसँग कुराकानी गर्दै उनले एमालेले नै विपक्षमा भोट गरेका कारण संशोधन विधेयक फेल भएको प्रष्ट पारे। दुई नम्बर प्रदेशको चुनावमा नेपाली जनताले यो कुरा राम्रोसँग बुझ्नपर्ने उनले बताए। ‘उत्पीडन...

थारूवान

एनपिस अवार्डमा यसवर्ष पनि थारु समुदायबाट एक जना महिला अन्तिम छनौटमा परेकी छन्। अन्य ८ जना नेपालीसहित बर्दियाकी प्रिज्मा सिंह थारु अन्तिम छनौटमा परेकी हुन्। उनी थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक हुन्।

थारूवान

दाङबाट सुरु भएको मुक्त कमलरी परिचय पत्र वितरण कार्यक्रम बर्दिया पुगेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले शुक्रबार बर्दियाको गुलरियास्थित जिल्ला विकास समितिको भवनमा २९ जना मुक्त कमलरीलाई परिचय पत्र वितरण गरेका छन्।

थारूवान
1 51 52 53 54 55 131