2
थरुहट तराई पार्टी नेपालको महाधिवेशन दोस्रोपटक स्थगित
थरुहट तराई पार्टी नेपालको कैलालीमा हुने भनिएको महाधिवेशन स्थगित भएको छ। चैत २३, २४ र २५ गते घोषित महाधिवेशन विशेष कारणले स्थगित भएको महासचिव मिनराज चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। थरुहटले यो दोस्रोपटक महाधिवेशन स्थगित गरेको हो।
थारूवानमधेसी जानअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। पार्टी कार्यालयमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले ‘थरुहट मधेसको मुद्दा सम्बोधन गर्न नसक्ने सरकारलाई समर्थन गरिरहन उपयुक्त नहुने’ निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
थारूवानथारु समुदायका महिलाहरुले मनाउँदै आएको चिरै भजहर, गुरही, अस्टिम्की र अट्वारीलाई प्रवर्द्धन गर्दै आएको सखी सञ्जालले थारु भाषालाई कामकाजी भाषा बनाउन सुरु गरेको छ। सो सञ्जालले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई थारु भाषामै ज्ञापन पत्र बुझाउँदै स्थानीय विदाको माग गरेको छ। सञ्जालकी अध्यक्ष इन्दु थारु नेतृत्वको टोलीले नारी स्वतन्त्रको प्रतीकको...
थारूवानथारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)का पदाधिकारीहरुले लाखौं रकम तिर्नुपर्ने देखिएको छ। राजधानीमा आयोजित दुई दिने बैठकमा पूर्व र हालको कन्द्रीय समितिका पदाधिकरीहरुले लाखौं रकम तिर्नुपर्ने देखिएको हो। बैठकमा सार्वजनिक गरिएको लिस्टमा सबैभन्दा बढी पूर्वअध्यक्ष चन्द्रप्रसाद चौधरीले एक लाख ३२ हजार तिर्नुपर्ने देखिन्छ। त्यसपछि हालका उपत्यका समिति सभापति...
थारूवानस्थानीय निर्वाचनको विरोध गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस)को केन्द्रीय सभा बैठकले सत्याग्रह, भद्र अवज्ञा र असहयोगको कार्यक्रम गर्ने भएको छ। राजधानीमा आयोजित दुई दिने बैठकले वैशाख ५ देखि ३१ गतेसम्मको दबाबमूलक कार्यक्रम सार्वजनि गरेको हो। सभाका अध्यक्ष धनीराम चौधरीले सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको एकसाथ विज्ञप्ती जारी गर्दै...
थारूवानप्रवासी थारु समाज युएईको तेस्रो अधिवेशन वैशाख १ गते (अप्रिल १४) हुने भएको छ। दुबईको जेबल पार्कमा हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। दुबईमा रहेका थारुहरुको साझा संस्था बनेको प्रवासी थारु समाजले विभिन्न समाजिक काम पनि गर्दै आएको छ। यो संस्थाले थारुहरुको नयाँ वर्ष माघी पनि प्रवासमै मनाउँदै आएको छ।...
थारूवाननयाँ शक्ति नेपालका केन्द्रीय संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई धनगढीमा पुगेका छन्। नयाँ शक्ति नेपालको आइतबार धनगढीमा आयोजना हुने आमसभालाई सम्बोधन गर्न उनी शनिबार नै धनगढी पुगेका हुन्। उक्त पार्टीको हिमाल, पहाड, तराई, मधेस राष्ट्रिय अभियान अन्तरगत धनगढीमा आमसभाको आयोजना भैरहेको कैलाली जिल्ला संयोजक कृष्णकुमार चौधरी कुन्दनले बताए।
थारूवाननेकपा एमालेका सांसद वैजनाथ चौधरीका पिता स्वर्गीय तेतरप्रसाद चौधरीको १३औँ दिनको पुण्य तिथिमा नेकपा एमाले परासी जिल्ला संगठन कमिटिले श्रद्धान्जली सभा सम्पन्न गरेको छ। चौधरीको निवास सरावल गाउँपालिका वडा नं. २ स्थित तिलकपुर मगरमुडाहामा भएको श्रद्धान्जली सभा जिल्ला सहसंयोजक थानप्रसाद गैरेको अध्यक्षता तथा केन्द्रीय सदस्य लिला गिरीको प्रमुख आतिथ्यमा...
थारूवानरुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले स्थानीय निकायको चुनाव र स्थानीय निकयको पुनःसंरचनाको विरोध गरेको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकले जनताको स्वशासन र सुविधालाई लत्याएर चुनाव घोषणा गरेको भन्दै विरोध जनाएको हो। ‘संघीय व्यवस्थामा स्थानीय तह स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्रहरु, प्रादेशिक सरकारको मातहत हुनुपर्नेमा संघीय...
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू नेपाली कांग्रेसमा पुनः प्रवेश गर्न लागेको हल्ला निराधार भएको प्रष्ट पारेका छन् । फोरम लोकतान्त्रिक मोरङले बिराटनगरमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले भने, ‘मेरो कांग्रेसमा प्रवेश गर्ने कुनै सोच अहिले छैन । बजारमा फैलिएको हल्ला अफवाह मात्र हो।’
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश