2

पाँच नम्बर प्रदेशको सीमांकन यथावत राखेर संविधान संशोधनको तयारी

सरकारले पेस गरेको संविधान संशोधनका प्रस्तावित बुँदामध्य सीमांकनको विषयलाई छाडेर अन्य विषय पारित गर्ने तयारी सुरु भएको छ। स्थानीय तह निर्वाचनको वातावरण बनाउन भन्दै सत्तारूढ दल माओवादी केन्द्र, कांग्रेस तथा प्रमुख प्रतिपक्षी एमालेका शीर्ष नेता बीचमा यसबारे छलफल भइरहेको छ ।

थारूवान

राजधानीमा बस्ने थारुहरु फागु पुर्णिमाको अवसरमा होलिका दहन गरेका छन्। राजधानीको कीर्तिपुरमा ‘कला संस्कार रंगिन होली मनाई, अपन पुर्ख्यौली थारु पहिचान संस्कृती बचाई’ नारा दिएर बर्दियाली थारु विकास मञ्च, चम्पन साँस्कृतिक समूह, निसराउ बचत समूहलगायतको पहलमा होलिका दहन गरिएको हो।

थारूवान

सरकारमा आउन प्रधानमन्त्री पुष्ककमल दाहालको अनुरोधलाई अन्तिम समयमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले अस्वीकार गरेका छन्। प्रधानमन्त्रीले गच्छदारलाई बिहीबारै राप्रपा नेपालका अध्यक्ष कमल थापासँगसँगै उपप्रधानमन्त्रीको शपथ खुवाउन चाहेका थिए। प्रधानमन्त्रीले बुधबार दिउँसो गच्छदारलाई प्रधानमन्त्री निवास, बालुवाटार बोलाएर छलफल पनि गरेका थिए।

थारूवान

सप्तरीको राजविराजमा सशस्त्र प्रहरीले चार जनालाई गोलिहानी हत्या र दर्जनौंलाई गम्भीर घाइते बनाएको घटनाविरुद्व देशभर विरोध प्रदर्शन भएको छ । संघीय गठबन्धनको आह्वानमा घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै राजधानी काठमाडौंसहित बिहीबार मुलुकभर विरोध प्रदर्शन भएको हो ।

थारूवान

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहितको ‘पोर्टफोलियो’मा सरकारमा सहभागी हुने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्तिको तयारी गरेका हुन्।

थारूवान

मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकारलाई सात दिनको सयमसीमा दिएको छ। उसले समयसीमा भित्र माग पूरा नभए समर्थन फिर्ता लिने जानकारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराएको छ। मोर्चाका नेताहरूले बुधबार प्रधानमन्त्रीलाई पाँचबुँदे मागपत्र बुझाउँदै यस्तो अल्टिमेटम दिएको हो। मागपत्र बुझाउन मोर्चाका नेता प्रधानमन्त्री निवास बालुबटार पुगेका थिए।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गृहजिल्ला सप्तरीमा घटनाप्रति दुःख ब्यक्त गरेका छन्। सप्तरीका क्षेत्र नम्बर ५ का निर्वाचित सांसद चौधरीले घाइतेहरुको निशुल्क उपचारको माग गरेका छन्।

थारूवान

नयाँ शक्ति नेपालका नेता सुरेन्द्र चौधरीले अन्तर्राष्ट्रिय निकायहरुलाई तराई मधेसमा रोक लगाउनुपर्ने बताएका छन्। उनले तराई मधेसका घटनामा दुःख ब्यक्त गर्ने काममात्र गरेको भन्दै संयुक्त राष्ट्र संघका एजेन्सीहरुलाई तराई मधेसमा रोक लगाउनुपर्ने बताएका हुन्।

थारूवान

राष्ट्रिय मानवअधिकार आयोगले कैलालीको टीकापुरमा घटनाको विषयलाई लिएर सशस्त्र प्रहरीका डीआईजी खडानन्द चौधरी र एसपी लक्ष्मणबहादुर सिंहलाई कारबाही गर्न सिफारिस गरेको छ । सप्तरीमा तीन जनाको ज्यान जाने गरी घएको घटनाको भोलिपल्ट मंगलबार आयोगले टीकापुर घटनामा क्षति रोक्न प्रयास नगरेको भन्दै डीआईजी चौधरी र एसपी सिंहलाई विभागीय कारबाही गर्न सिफारिस...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीमा भएको घटनाप्रति भर्त्सना गरेको छ। सोमबार बेलुका सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको आकस्मिक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरीमा जनताले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले दमनकारी कार्य गरी सञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर लाल मण्डल र आनन्द साहलाई गोली हानेर हत्या गर्नुका...

थारूवान
1 73 74 75 76 77 131