2

शनिबार हुने भनिएको थाकसको नगर अधिवेशन स्थगित

सुनिल चौधरी/सुनसरी। थारु कल्याणकारीणी सभा इटहरी नगर अधिवेशन मंसिर २५ गते हुने भनिए पनि विभिन्न कारणले स्थगित भएको छ। इटहरीका सबै वडा इकाईहरु समयमा अधिवेशन हुन नसक्दा स्थगित गर्नुपरेको आयोजक अधिवेशन समितिका संयोजक दुखिलाल चौधरीले बताए। संयोजक चौधरीका अनुसार अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको  छ। 

थारूवान

थारु कल्याणकारीणी सभाले दुई जनालाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको छ। बिहीबार बसेको केन्द्रीय सचिवालयको लामो समयदेखि सभामा योगदान गर्दै आएका सुनसरी झुम्का निवासी अधिवक्ता रामराज चौधरी र प्रवासी थारु समाज युएईमा लामो समयदेखि सामाजिक योगदान गर्दै आएका सप्तरी लटियाही निवासी रामभुवन चौधरीलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरेको हो।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु दुर्घटनामा परेका छन्। गएराति उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ। उनको उपचार अहिले बाँकेस्थित कोहलपुर मेडिकल अस्पतालमा भइरहेको छ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाएर चुनावमा जाने ध्येयले व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताएका छन्। सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कसैलाई विभेद र बहिष्करणमा पार्ने तथा अपमानित गर्ने मनसायले संशोधन प्रस्ताव दर्ता नगरिएको स्पष्ट पारे। 

थारूवान

धनगढी- गतवर्ष टीकापुरमा भएको हिंसात्मक घटनापछि सुस्ताएको थारु आन्दोलन संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै कैलालीमा फेरि सुरु भएको छ। सरकारले कैलाली, कञ्चनपुरलाई नसमेटी संशोधन प्रस्ताव ल्याएको विरोधमा कैलालीका थारु सडकमा उत्रेका छन्। थारु समुदायलाई फेरि पनि उत्पीडनमा पारिराख्ने नियतका साथ सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै विरोध जनाएका छन्। संशोधन...

थारूवान

काठमाडौं- नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न माग गर्दै थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। थारु कल्याणकारी सभा नवलपरासीले राजधानीमा पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो।

थारूवान

कृष्णराज सर्वहारी। २०६९ मंसिर २१ गते निधन भएका परशुनारायण चौधरी बिर्सिएका नेताको रुपमा दरिएका छन्। निधन भएको ४ बर्ष पुग्दा पनि उनका बारे औपचारिक, अनौपचारिक कुनै कार्यक्रम गरिएको सुनिएको छैन। कुनै समय नेपाली काँग्रेसका महामंत्री परशुनारायणको पञ्चायत प्रवेश र जीवनको अन्तिम कालमा राजसभा स्थायी समितिको सभापति पदबारेको चर्चालाई ठाँटी...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) नवलपरासीको एक टोली प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउन काठमाडौं आएको छ। अध्यक्ष गणेशमान महतोको नेतृत्वमा एक दर्जन टोली काठमाडौं आएका हुन्।

थारूवान

मधेसी मोर्चालाई सहमतिमा ल्याउन सरकारले ल्याएकमो संविधान संशोधन प्रस्तावले अर्को आन्दोलनरत समूह ‘थरुहट’ लाई भने थप असन्तुष्ट बनाएको छ। संविधान संशोधनमार्फत माग पूरा हुने आशामा मौन बनेको ‘थरुहट’ पछिल्लो संशोधन प्रस्तावले फेरि आन्दोलनमा लाग्ने रणनीतिमा छ।

थारूवान

मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दान बहादुर चौधरीले पार्टीबाट राजिनामा दिएका छन्। आईतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै उनले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरे।

थारूवान
1 89 90 91 92 93 131