3
थारु फिल्म निर्मातालाई फिल्मको नाम पठाउन अपिल
आदिवासी जनजाति चलचित्र महासंघले थारु फिल्म निर्माताहरुलाई आ-आफ्नो फिल्मको नामवलाी पठाइदिन आह्वान गरेको छ। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म विसं २०६५ सालपछि थारु भाषामा निर्माण भएका फिल्महरु सूचीकृतका लागि नाम पठाइदिन आग्रह गरेको हो।
थारूवानकिशोरीलाई भारत हुँदै खाडी मुलुक विदेश लैजान लागिएका तीनजना किशोरीलाई बर्दिया प्रहरीले उद्धार गरेको छ। कुबेत र दुबई पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। निःशुल्क भिसाको बहानामा भारत हुँदै कुबेत र दुबई लैजान लागिएका तीनजना नेपाली किशोरीलाई बर्दियाको कालिका र जमुनी नाकाबाट उद्धार गरेलगत्तै प्रहरीले दुईजनालाई...
थारूवानजिल्लाको बड्की गाविसमा भएको मिनी ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। नेपालगञ्जदेखि मुगुतर्फ जाँदै गरेको ना६ख ९३७२ नम्वरको उक्त ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लले जानकारी दिए।
थारूवानप्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्। चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन्।
थारूवानधनगढी उपमहानगरपालिका–१२ जगेडाबाट छ दिनअघि बेपत्ता भएको भनिएकी १६ वर्षीया अञ्जली सिंहलाई मङ्गलबार मृत फेला पारिएको छ । हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मङ्गलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए।
थारूवानस्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले आज सिरहा, धनुषा र महोत्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ । सिंहरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफलमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका सम्बन्धमा जिल्लामा देखिएका गुनासो हल...
थारूवाननागेन्द्र चौधरी/बारा। बाराको सिमरास्थित पब्लिक इंलिस स्कुल पढ्ने चार जना छात्रा भारतको सीतामढीमा भेटिएका छन्। छुट्टिपछि घर फर्किएका उनीहरु घर नगई वीरगन्ज रक्सौल हुँदै सीतामढी पुगेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कुमार कार्कीका अनुसार रातभरिको खोजीपछि उनीहरु त्यहाँ रहेको जानकारी पाएका थिए।
थारूवाननागेन्द्र चौधरी/बारा। बाराको कलैयामा भएको तीन दिने मत्स्य तथा कृषि महोत्सवमा ३६ लाखको कारोबार भएको आयोजकले जनाएको छ। नेपाल मत्स्य ब्यवसायी संघको आयोजनाका भएको तीन दिने महोत्सवमा ४० वटा स्टलहरु राखिएको थियो। माछा मर्ने विभिन्न प्रविधिका समानहरु, अक्सिन मसिन, भेक्टर मेसिन, कृषि, विभिन्न प्रकार जाल, औषधिहरु, समाग्री, माछाका दाना,...
थारूवाननागेन्द्र चौधरी/बारा। त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधि जितेको छ। सिमरा रंगशालामाभएको फाइनलमा आर्मीलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै संकटाले गोल्डकपको उपाधि उचालेको हो। उपाधिसँगै संकटाले ट्रफिसहित पाँच लाख ५१ हजार नगद हात पारेको छ। उपविजेता आर्मीलेदुई लाख ५१ हजारमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश