देश

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष सजाय हुने

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन्। सर्वोच्च अदालतले मंगलबार मनाङेलाई ५ वर्ष कैदको फैसलासमेत सुनाएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको हो। उच्च अदालत पाटनले ५ वर्षको कैद सजाय सुनाएपछि...

थारूवान

कोशी प्रदेशमा लगातार ४ दिन सार्वजनिक बिदा परेको छ। आगामी बिहीबारदेखि आइतबारसम्म बिदा परेको हो। तिहारको ५ दिन लामो बिदा सोमबार मात्रै सकिएको छ। मंगलबारदेखि सरकारी कार्यालयहरू खुलेका छन्। मंगलबार र बुधबार २ दिन कार्यालय खुल्ने छन्। सार्वजनिक बिदाका कारण बिहीबारदेखि आइतबारसम्म बन्द रहने छन्। छठ पर्व मनाउनका लागि...

थारूवान

देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने...

थारूवान

थारु साहित्य-संस्कृति प्रतिष्ठानको आयोजनामा थारु सुमदायको बरघर प्रणालीमा महिला र युवा सहभागितारे अन्तरक्रिया भएको छ। कात्तिक १४ गते दाङदेउखुरीस्थित होटल ६९, लमहीमा भएको कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिकाका मेयर जोगराज चौधरीले भने, ‘विकासको लागि बरघर प्रणाली आवश्यक छ। त्यसैले, लमही नगरपालिकाले बरघर ऐन पारित गरेको छ। अब छिट्टै विधेयक...

थारूवान

ब्राजिलले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)मा हस्ताक्षर गर्न इन्कार गरेको छ। ब्राजिलले हालै बिआरआई परियोजनामा सामेल नहुने निर्णय गरेको हो। उसले चिनियाँ लगानीकर्तासँग सहकार्य गर्न वैकल्पिक मार्ग अपनाउने तर बिआरआईमा सहभागी नहुने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय मामिलाका लागि राष्ट्रपतिका विशेष सल्लाहकार सेल्सो अमोरिमले उक्त खुलासा गर्दै ब्राजिलको अखबार...

थारूवान

नेपाललाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा नेपाललाई २-१ गोलले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो। बंगलादेशले खेलको ५२औं र ८१औं मिनेटमा गोल गरेको थियो। पहिलो हाफ बराबरीमा रोकिएको खेल त्यसपछि रोमाञ्चक बनेको थियो। खेलको ५२औं मिनेटमा बंगलादलेशले गोल गर्दै अग्रता लिएको...

थारूवान

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची बनाउन थालेको छ । मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगर्ने क्रम बढेको छ । यस्ता कर्मचारीहरुको नामावलीसहितको विवरण संकलन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताए । विवरण...

थारूवान

सरकारले भूमि समस्या समाधान गर्न फेरि आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले प्युठानका एमाले नेता हरिप्रसाद रिजालको अध्यक्षतामा आयोग गठन गरेको हो। रिजाल लुम्बिनी प्रदेशको पार्टी अध्यक्षमा २ मतले पराजित भएका थिए। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन भएको जानकारी दिए।...

थारूवान

समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको सत प्रतिशत बचत फिर्ता भएको जनाएको छ। मंगलबार काठमाडौंमा समितिले आयोजना गरेको समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ताको कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीबाट हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको १ अर्ब...

थारूवान

सरकारले स्थगित गरेको म्यानपावर कम्पनीमार्फत सीपयुक्त श्रमिक कोरिया पठाउने प्रक्रिया फेरि ब्यूँतिएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० को पहिलो संशोधन गर्दै फेरि ई–७ भिसामा म्यानपावरमार्फत श्रमिक कोरिया पठाउन दिने व्यवस्था ल्याएका छन् । श्रमिक आपूर्तिको स्पष्ट विधि, मापदण्ड...

थारूवान
1 14 15 16 17 18 75