देश

पूर्वमाओवादी नेताहरुले दिएको निवेदन खारेज, माओवादी केन्द्र वैधानिक रहेको आयोगको निर्णय

निर्वाचन आयागले नेकपा माओवादी केन्द्र खारेज गर्नुपर्ने मागसहित दर्ता भएको निवेदन नै खारेज गरिदिएको छ। माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै असार २३ गते निवेदन दिएका थिए।

थारूवान

दाङको राप्ती नदीमा निर्मित नेपालकै दोस्रो लामो पुलको ‘एप्रोच’मा बाढीले क्षति पुर्‍याएपछि यातायात ठप्प बनेको छ। अविरल वर्षातपछि आएको बाढीका कारण पुलको ‘एप्रोच’मा क्षति पुगेपछि यातायातका साधन सञ्चालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

थारूवान

जनता समाजवादी पार्टी (जसपा) नेपालको वैधानिकताको विवाद अन्ततः कानुनअनुसार अगाडि बढ्ने भएको छ। निर्वाचन आयोगले छलफलका लागि मंगलबार दुवै पक्षलाई डाकेको थियो। निर्वाचन आयोगमा निवेदकको पक्षबाट उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए।

थारूवान

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच न्यायाधीश रहेको संवैधानिक इजलासले असार २८ गते फैसला गर्ने भएको हो।

थारुवान संबाददाता

र्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ। एक अधिकारीका अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ। जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो।

थारूवान

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी तथा सार्वजनिक सवारी सधानमा लगाएको जोरबिजोर प्रणाली हटाएको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने गरी स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ।

थारुवान संबाददाता

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिडेटले अन्तर्राष्ट्रिय स्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट (प्रमाणपत्र) प्राप्त गरेको छ। अमेरिकाको वासिंगटन डिसीमा मुख्य कार्यालय रहेको स्मार्ट क्याम्पेनले नेपालको बाँके जिल्लाको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट प्रदान गरेको हो।

टिकाराम चौधरी

नेकपा माओवादी केन्द्र छाडेर एमाले गएका १४ जनप्रतिनिधि पदमुक्त भएका छन्। निर्वाचन आयोगले सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो। पद रिक्त हुनेमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन्।

थारूवान

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो प्रमुखको रुपमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप कुमार चौधरीलाई बिदाई गरिएको छ ।

थारूवान

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो।

थारूवान
1 72 73 74 75 76 78