समाचार

थारू गाउँ नै भूमाफियाको कब्जामा

राजकरण महतो/अन्नपूर्ण पोस्ट् महोत्तरीको भंगहा-४ बनरा टोललाई बीचबाटै चिरेर गएको छ बर्दिबास-रौजा-जलेश्वर सडक। सडकको वरिपरि फैलिएको छ थारूटोल बनरा। जहाँ थारू, मुसहर, बाँतर, तत्मा, चमार र यादव जातिको १ सय ८७ घरपरिवार बस्छन्। उनीहरूको पाँच पुस्ताले यहीँ जीवन बिताए। तर, अहिले आएर उनीहरू भूमाफियाको कारण लालपुर्जाविहीन बनेका छन्। गाउँ...

थारूवान

कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अपरेशनका क्रममा आइतबार मृत्यु भएको छ । पत्थरीको अप्रशेनका क्रममा मृगौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव भएपछि डाक्टरले फेरि अपरेशन गरेर बायाँ मृगौला नै झिकिदिएका थिए । हालसम्म दर्ता प्रमाणपत्र प्राप्त नगरेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल प्रालिमा उक्त घटना...

थारूवान

ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको आवासको निर्माण पूरा भएर आइतबार हस्तान्तरण गरिएको छ। ठेक्का भएको चार वर्षमा आवास निर्माण सम्पन्न भएको हो । हाल अपार्टमेन्टमा बस्दै आएका मुख्यमन्त्री र प्रदेश प्रमुख अब भैंसीपाटी आवासमा बस्ने छन्।

थारूवान

संघीय संसदका समितिका सभापति थारूविहीन हुने भएको छ। यसअघि प्राकृति स्रोतसाधन समितिमा एमालेबाट शान्ता चौधरी र विधायन समितिमा तत्कालीन थरुहट तराई पार्टीबाट गंगा चौधरी सत्गौंवा सभापति बनेका थिए। तर प्रतिनिधिसभामा १४ जना थारू सांसदको प्रतिनिधित्व रहे पनि समितिमा भने कुनै पनि दलले थारू सांसदलाई सभापति बनाएनन्। नागरिक उन्मुक्ति पार्टी...

थारूवान

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले ललिता निवास प्रकरणमा जग्गासम्बन्धी विषय भौतिक योजना मन्त्रालयसँग सम्बन्धित नरहेको बयान दिएका छन्। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेस गरेको अभियोगमा पत्रमा तत्कालीन भौतिक योजनामन्त्री समेत रहेका गच्छदारले जग्गासम्बन्धी बिषय भूमिसुधार मन्त्रालयसँग सम्बन्धित रहेको बताएका छन्।

थारूवान

करोड जोडीका रूपमा चिनिएका नरेश चौधरी र मधु चौधरी अभिनित थारू म्युजिक भिडियो सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीको प्रस्तुती रहेको हेर्ती हेर्ती मोहनी लगैना गीतको म्युजिक भिडियो आइतबार झुम्की प्रोडक्सनले सार्वजनिक गरेको हो।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा भइरहेको गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपील गरेका छन्। शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको उल्लेख गरेका...

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस)ले महाधिवेशनको तयारी स्वरुप वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। शनिबार काठमाडौंमा भएको केन्द्रीय कमिटीको बैठकले असोज २५ गते काठमाडौंमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो।

थारूवान

चार देश सम्मिलित महिला टी-२० सिरिजको उपाधि नेपालले जितेको छ। आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो। नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको हो।

थारूवान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी उपस्थित एक सामाजिक कार्यक्रममा विदेशी गीत बजाएर सुरु गरिएपछि कार्यक्रम नै बहिस्कार गरेका छन् । किवानीज इन्टरनेशनल नेपालको पाँचौं डिष्ट्रिक सम्मेलन शुक्रबार रुपन्देहीको भैरहवामा गरिएको थियो । सम्मेलन उद्घाटनको प्रमुख अतिथि मुख्यमन्त्री चौधरी थिए ।

थारूवान