थारू समाचार

थरुहट थारुवान राष्ट्रिय मोर्चाले साउनभित्रै राष्ट्रिय सम्मेलन गर्ने

थरुहट थारुवान राष्ट्रिय मोर्चाले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। ललितपुरमा बसेको मोर्चाको बैठकले साउनभित्रै राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो। त्यसअघि मोर्चाले साउन १५ गतेभित्र केन्द्रीय कमिटीको बैठक बस्ने जनाएको छ।

थारुवान संबाददाता

थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या रुपन्देहीमा बढ्दै गएको छ। जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो।

थारुवान संबाददाता

सर्वोच्च अदालतका कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीले लोकसेवा आयोगको परीक्षासम्बन्धी मुद्दा चाँडै निष्कर्षमा पुग्ने बताएका छन्।

थारुवान संबाददाता

दाङको घोराही उपमहानगरपालिकाको सामुदायिक विद्यालयमा थारू भाषाको पढाइ हुने भएको छ। उपमहानगरपालिकाले पठनपाठनका लागि पाठ्यपुस्तक तयार गरिसकेको छ। 

सन्तोष दहित

नेपाली कांग्रेस बाँकेको अनुशासन समितिले सहसचिव विनोद थारुलाई स्पष्टीकरण सोधेको छ। स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधिएको उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्। स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउन आफूले कुनै कसर बाँकी नराखेको उनले बताएका छन्। ‘पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन म पार्टीकै निर्देशनअनुसार क्षेत्र...

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस) द्वारा सरकारी विज्ञापनमा संविधानको व्यवस्थाअनुसार थारु आरक्षण कोटाको माग गर्दै सरकारलाई विपक्षी बनाएर दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आगामी साउन १८ गतेका लागि अर्को पूर्ण सुनुवाई तोकेको छ ।

थारुवान संबाददाता

थारू पत्रकार संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा चर्चित गायक संजय चौधरी पितृशोकमा परेका छन्। गायक चौधरीका पिता लक्ष्मीप्रसाद चौधरीको ६१ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको हो।

थारुवान संबाददाता

नेपाली कांग्रेसको बर्दिया जिल्ला कमिटीका उपभासपतिसहित २० जनाले पार्टीको जिल्ला अनुसाशन समितिको विरोध गरेका छन्। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले राजनीति प्रतिशोध साध्नेगरी नेता कार्यकर्तामाथि स्पष्टीकरण सोधेर मानमर्दन गरैको आरोप लगाएका छन्।

थारुवान संबाददाता

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बन्द रहेको ठुम्रार साहित्यिक बखेरी पुनःसञ्चालमा आउने भएको छ। राष्ट्रिय थारु कलाकार मञ्चको पहलमा असार ३२ गतेबाट ठुम्रार साहित्यिक बखेरी पुनःसञ्चलनमा आउन लागेको हो।

थारुवान संबाददाता

कैलालीमा चट्याङमा परी कैलारी गाउँपालिका-१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

थारुवान संबाददाता