यस वर्ष उत्कृष्ट ठहरिएका १९ तस्बिर
फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदिमा बगाउँदै गरेको फोटो यो वर्षको आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित हुन सफल भएको हो । हेरौं यसपाली विजेता हुन सफल तस्बिर ।

न्युज विधाको उपाधि जित्न सफल तस्बिर । यो तस्बिर कान्तिपुरकर्मी अंगद ढकालले खिचेका हुन्।

न्युज विधामा दोस्रो बन्न सफल संजोग मानन्धरको फोटो ।

न्युज विधामा तेस्रो हुन सफल स्कन्द गौतमको तस्बिर

दिपेन्द्र रोक्काको यो फोटो नेपाल स्माइल विधामा पहिलो हुन सफल भयो ।

नेपाल स्माईलमा दोस्रो हुन सफल नरेन्द्र श्रेष्ठको फोटो ।

नेपाल स्माइलमा तेस्रो हुन सफल सुरज श्रेष्ठको फोटो ।

डेली लाइफ’ विधामा सुनिता डंगोलको फोटो पहिलो बन्न सफल भएको छ ।

डेली लाइफ अन्तर्गत दोस्रो हुन सफल दुर्गा राना मगरको फोटो ।

केशव थापाको फोटो डेली लाइफ विधामा तेस्रो भयो ।

कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारेका छन् ।

कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठको फोटोले दोस्रो स्थान हात पार्यो ।

कल्चर एण्ड टुरिजममा अजय मानन्धरको फोटो तेस्रो बन्न सफल भयो ।

एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते ।


एक्सन स्पोर्टसमा उज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो ।

नेचर एण्ड वाइल्डलाइफको पहिलो पुरस्कार श्रीराम खत्रीले जिते ।

नेचर एण्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता बन्यो ।

नेचर एण्ड वाइल्ड लाइफमा कान्तिपुरकर्मी हेमन्त श्रेष्ठको फोटो तेस्रो हुन सफल भयो ।
Facebook Comment